परिस्थितिको अबस्था र परिवेस बिभिन्न समय, बिभिन्न देशमा फरक फरक हुन्छ, भन्नेकुरालाई पुराना विचारहरले ख्यालै गरेको देखिदैन । एक देशको परिस्थिति, चेतनास्तर, साधन स्रोत, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेस फरक, फरक हुदा कुनै पनि विचार सोचेअनुसार लागु गर्न सकिदैन । दार्शनिकहरुले त्यस शताब्दीमा भोगेको परिस्थिति अनुसारका विचार लेखे, जो अहिलेको समयमा ठ्याम्मै मेल खादैनन् । सुर्य आÏनै देसमा उदाउने र अस्ताउने सोभियत रुस, र जर्मनीको अबस्थालाई हेरेर संसारभरि सबै समय र सबै ठाउमा एकै प्रकारको अबस्था रहदैन, तर हालसम्म यी वादहरु पुरानै सोचबाट परिचालित भएकोले राजनैतिक रूपमा नयाँपन देखिएको छैन, बरु संसारभरि पुरानै सोच र विचारलाई हुबहु लागुगर्दा उल्टो परिणाम देखिएको छ ।
 
पहिलेको जस्तो परिस्थिति, अहिले छैन । पहिलेको समय युगमा नापिन्थ्यो, अहिलेको समय प्रति पल, प्रति सेकेन्डमा नापिन्छ । त्यसैले पुरानो समय, सोच विचार अहिलेको परिस्थिति संग बिलकुल मेल खादैन । माक्र्सले भनेअनुसार त्यतिबेला गरेका क्रियाकलापहरु अहिले  गर्दा उल्टो परिणाम देखिदै आएको छ । त्यतिबेला, मजदुर र मालिक बिचको अन्तरद्वन्द्व प्रमुख थियो, तर अहिले धेरै देशमा नोकरसाह दलालहरुले राष्ट्रिय पूँजी कब्जा गरीरहेको अबस्था छ । अबको द्वन्द्व नोकरसाह दलालहरुले कब्जागरी निष्कृय राखेको पूजि, र नागरिकलाई सुविधा दिनुको बदला भ्रष्टाचारको प्रमुख मामला सामुन्ने आएको छ । मालिक र ज्यामीको विचारको परिवेस नयाँ प्रविधि तथा नयाँ विकासको चरणले परिबर्तन गरिदिएको छ । 

चेतना र विकासः

चेतना र विकासको अन्तर सम्बन्धको बारेमा कुनै पनि वादले विचार गरेको देखिएको छैन, चेतना बुझाई हो, परंपरा रीतिरिवाज, कल्चर आदिले चेतनालाई प्रतिबिम्बित गर्ने हुनाले सोचे अनुसार लागु गर्न सकिँदैन । फेरि वर्ग र चेतनाको कुनै साईनो देखिदैन, धनी वर्गकोे चेतनास्तर र गरीब वर्गकोे चेतनास्तरमा फरक पर्दछ भनी समग्रतामा विचार बनाउनु हास्यास्पद कुरा हुन जान्छ । दार्शनिकहरु ,बैज्ञानिकहरु सबै वर्गबाटै आएकाछन् । चेतना र विकास वर्गसंग साईनो राख्दैन । चेतना केबल कामसंग साइनो राख्दछ । पहिले सत्रौं, अठारौँ शताब्दी सम्ममा मानवको चेतना र विकासको स्तर अनुसार विचारको लेखन भएको पाईन्छ, तर अहिलेको प्रविधिको प्रयोग र विकासको स्तर हेर्दा मानवमा धेरैठूलो अन्तर आएको छ ।
 
विकासको स्तर धेरैमाथि पुगिसकेको छ तर हामीले दर्शन, विचार भने, पुराना थोत्रा पढाईरहेका छौ । यति लामो अबधिमा आएको परिबर्तनलाई आत्मसात गरेको देखिदैन । समाजको सँरचना पनि विकासको गतिसंगै बदलिरहेको हुन्छ, सोहि अनुसार समाजमा पनि चेतनाको विकास विकिसत भएको हुन्छ । यस परिबर्तित समाजमा पुराना राजनैति दर्शन पढाउनु, दन्त्यकथा पढाउनु जस्तै हो । कथा कहानी सुनेर रमाईलो गर्ने सिवाय अरु केही पनि हुनसक्दैन, किनकि समाजको चेतना र विकास अगाडि पुगिसकेको छ । अहिलेको प्रविधि अनुसारको चेतना र विकास अनि, विकास अनुसारको विचार, योजना र तरिकाले मात्र समाजलाई अगाडि बढाउन सक्दछ ।

अहंभावनाः

विचार, राग, द्धैश, यौन, अहंभावना, भूत र वर्तमान प्रतेक व्यक्ति, व्यक्तिमा फरक पर्दछ,  तर समग्रमा लागूगर्न खोज्नु सरासर गलत हुन्छ । यो कुराको भावना त्यतिबेला पलाएको देखिएन । अहं आत्मसम्मानको रूप हो, अहंलाई केबल मारकाट, एकले अर्कालाई निषेध र घमण्ड स्थापित गर्ने माध्यम, तानाशाहा र फासीवादको रूपमा मात्र बुझियो । अहँ जीवनपद्धतिको आत्मसम्मान प्रदान गर्ने महान् तत्व हो, जसले सामाजिक सम्बन्ध र जीवन तत्वको अन्तर सम्बन्ध स्थापित गर्दछ ।
 
दया, करूणा, माया, सहयोग, सदभाव आदि पनि अहं भावनामा पर्दछन्, तर अहँ ंभावनालाई केबल घमण्ड र त्रासको रुपमा मात्र प्रस्तुत ग¥यो । निषेधको रुपमा मात्र लागु गरियो, जसको कारण राजनैतिक क्षेत्र सकारात्मक र सृजनात्मक कार्यमा अगाडि बढ्न सकेन । अव अहं भावनालाई दया, करूणा, माया, सहयोग र सदभावको पक्षबाट विकिसत र परिभाषित गरेर लैजानु पर्दछ । यही भावमा मात्र मानवताको महाजीवन छ । ईष्र्र्या,  द्वेश, मानवीय भावना विपरितका पक्ष हुन ।
 
पुराना दर्शनले यस तत्वलाई मध्यनजर गरेको छैन, मानवीय संवेदना समावेस गरेको छैन ।

मुख्य कुरा राजनीतिमा मानवीय पक्षको महत्वपूर्ण भूमिका रहन्छ, तर हालसम्मका यी दर्शनहरुमा यस महत्वपूर्ण पक्षको ख्यालै नगरी केवल ईष्र्र्या, द्वेश, मारकाटको आधारमा राजनीति गरीएकोले नागरीकमा भ्रम सृजनाभई राजनीति भनेको मारकाट हो, लुट हो, शक्तिआर्जन गर्न जवरजस्त गरिने गुन्डागर्दी हो भन्ने सस्कृति स्थापित गरेको छ ।  अहिले जसले बढी जनतालाई दुःख दिनसक्यो, हैरानीगर्न सक्यो ,जसले बढी मानिस मार्नसक्यो त्यही नै  शक्तिशाली राजनीति हो, भन्ने भ्रम स्थापित गरेको कारणबाट दर्शनमा भएका राम्रा पक्षहरु समेत ओझेलमा परेको अबस्थामा मानवीय पक्षलाई प्रमुखताका साथ अगाडि ल्याउनु पर्दछ ।

मानव यो धर्तीमा आएको दुःखी हुनहोईन, खुसी हुनलाई हो ।