सिन्धुपाल्चोक - जिल्लाको बलेफी गाउँपालिका जलबिरेका सडकहरु वर्षाको कारणले क्षतिग्रस्त भएका छन् ।
कतै हिलो त कतै पहिरो झरेर बाटो साँघुरो हुँदा बलेफी बजारबाट नौबिसेसम्मको बाटो धेरै जोखिम मलेरै हिँडनु पर्छ । सदरमुकाम चौतारा बलेफीबाट १५ किलोमिटर मात्र टाढा छ ।
हिजो अस्ति मात्र जङगारे आसपास पहिरो झर्दा जलबिरेबाट गाउँ-गाउँ जाने सवारी साधनहरु अवरुद्ध भएका थिए । यो बाटोले जुगल गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा सागाचोकगढी जोड्छ ।
२०२४ साल पछि खनिएको यो मोटर बाटो सुधार हुन सकेको छैन । बलेफीबाट जलबिरेसम्मको १० किलोमिटर सडक सडक बिभागको मातहतमा पर्छ । तर बाटो अवरुद्ध हुँदा खुलाउन घण्टौं लाग्छ ।
बलेफीबाट ४ किलोमिटर बाटो सुधार हुँदैछ । तर भौगोलिक अवस्थामा अध्ययन नै नगरी जथाभावी भिर पहरा काट्दा पहिरोको जोखिम झनै बढेको छ । कतिखेर पहिरोमा परिएला भनेर डर लिएर हिँडनुपर्ने बाध्यता छ ।
काठमाडौं जिल्लाले छोएको भएपनी सिन्धुपाल्चोक अहिलेसम्म राम्रोसँग बिकास हुन सकेको छैन ।
0 comment