काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो दिन गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५.७३ अङ्कले घटेर २ हजार ७३८.७२ को बिन्दुमा कायम भएको हो । आज ३४६ कम्पनीको एक करोड नौ लाख ७७ हजार ७८३ कित्ता शेयर ८० हजार ४२७ पटक खरिदबिक्री हुँदा रु ४ अर्ब ९१ करोड ६६ लाख २६ हजार ८४८ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा बैंकिङ ०.०२ र उत्पादन तथा प्रशोधन समूह ०.८४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । विकास बैंक ०.४८, वित्त ०.२०, होटल तथा पर्यटन ०.०४, जलविद्युत् ०.४० र लगानी समूह ०.४२ प्रतिशतले घटेको छ ।
त्यस्तै, जीवन बीमा ०.२६, लघुवित्त ०.३४, म्युचुअल फण्ड ०.५२, निर्जीवन बिमा ०.०२, व्यापार ०.६३ र अन्य समूह ०.९७ प्रतिशतले घटेको छ ।


0 comment