– दीर्घराज प्रसाई
काठमाण्डौं – नेपालका सांस्कृतिक परम्पराभित्र आवद्ध चाड पर्वहरु राष्ट्रिय जीवन पद्धतिका भण्डार भएका छन् । हजारौं बर्षदेखि यसक्षेत्रमा प्रचलित रहेका चाडपर्वहरुको निरन्तरता पौराणिक, ऐतिहासिक तथा किंबदन्तीका आधारमा आवद्ध हुँदैआएका छन् । हिमवतखण्ड–नेपालको पहिचान भनेको वेदिक सनातन हिन्दु धर्म हो । वैदिककालदेखि आवद्ध हिन्दु तथा बौद्ध संस्कारबाट अभिप्ररित उत्सव, काण्ड र ऐतिहासिक घटनाको आधारमा सिर्जिएका हुन् ।
हाम्रा चाडपर्वहरुको उठान जहिलेदेखि प्रारम्भ भएता पनि यिनीहरुको आ–आप्mनै मौलिक मान्यता छ । हाम्रा हिन्दु शास्त्रमा ब्रम्हा, विष्णु महेश्वर वैदिक हिन्दु जीवनका मार्ग प्रदशृन मानिन्छन् । वैदिक हिन्दु सनातन धर्महरुमा सर्वश्रेष्ठ महासागर हो जहाँ जो जसरी पनि पौढन सक्छ । वैदिक हिन्दु सनातन धर्म पञ्चदेवका उपाशक हुन्छन् । ॐ कार जगत नै वैदिक हिन्दु पञ्चदेवका उपाशक हुन् । पाञ्चायन् अर्थात गणेश, देवी, सूर्य, शिव, बिष्णुको पूजाआजा हो । विश्वका सबै धर्म सुर्यको पुजा गर्छन् । हामी हिन्दुहरु पनि सूर्यको पुजा गर्छौं । वैदिक सनातन हिन्दु धर्मको आडमा रहेर हामी एकले अर्कोका सम्मान गछौं । हामी हिन्दु तथा बौद्धहरुको चासो समान छ । संसारमा सबै सुखी रहुन्, संसारमा कोही पनि रोगी र दुःखी नहऊन् । तेरो र मेरो भन्ने भावना कसैमा नरहोस् । सबै उदार हऊन् । विश्वका सम्पूर्ण मानव हाम्रा आफन्त हुन्– ‘वशुदैव कुटुम्वकम्’ । सबैले खाना, नाता र छानाको समान व्यवस्था पाउनु । सम्पूर्ण विश्वको कल्याण होस् । यसको लागि वैदिक श्रृषिहरुले संसारका अनेकौं भूभागहरुको पैदल भ्रमण गरेर वैदिक सभ्यता र मानव जीवन पद्धतिको प्रचार गरे । श्रृषिहरु भन्थे–‘कृण्वन्तो विश्वमार्यम्’ अर्थात विश्वलाई सभ्य बनाऔं भन्ने नीतिले विश्वभर वैदिक हिन्दु भावनाले मार्गदर्शन गर्न सकेको थियो ।
नारायण शाहले सूर्य र चन्द्रमाको झण्डा फहराएर एकीकरणगर्दै हिन्ुदु, बौद्ध लगायत यसक्षेत्रका नरनारीहरुको अस्मिता बचाएका थिए । दक्षिणतर्फ अंग्रेजी साम्राजयले आँखा गाडिरहेको अवस्थामा सबै स–साना राज्यहरुलाई समिटेर एक बनाउन सजिलो थिएन । तर यसक्षेत्रका बासिन्दाहरु अधिकांक्ष नेपाली भाषा बुझ्न सक्ने र हिन्दु, बौद्धका अनुयाई भएकाले राष्ट्रिय एकीकरणमा पृथ्वीनारायण शाहलाई सजिलो हन पुगेको थियो । हिमवतखण्ड नेपालको एकीकरण भएको अवस्थामा अहिलेको विश्वका धेरैजसो प्रभावशाली कहलिएका राष्ट्रहरु टुक्रा टुक्रामा विभाजित थिए । नेपालको एकीकरण भएको १०० बर्ष पछाडि टुक्रा–टुक्रामा विभाजित जर्मनीलाई विस्मार्कले एकीकरण गरेका थिए । नेपालको एकीकरण हुनुभन्दा १०० बर्ष पछाडि इटाली पनि ससाना राज्यमा विभाजित थियो जसलाई कबुर र ग्यालिभर्दि जस्ता सपुतहरुको नेतृत्वमा विशाल इटालीमा परिणत हुन गयो । त्यस्तै नेपालको एकीकरण भएको १०० बर्ष पछाडि अन्धकारमा गुज्रिरहेको जापान मेजी रेष्टुरेसनपछि राजाको नेतृत्वमा विश्वको नजरमा प्रभावशाली राष्ट्रको रुपमा देखाप¥यो । नेपालको एकीकरण हुनुभन्दा दुईदशक भन्दा पछाडि, अहिलेको महाशक्ति राष्ट्रकोरुपमा परिचित अमेरिका बेलायतको उपनिवेश थियोे । त्यो समयभन्दा १०० बर्ष पहिला हिमवत्खण्ड नेपालको एकीकरण हुन सकेको थियो । अंग्रेजी साम्राज्य भन्दा अगाडि भारतबर्ष पच्चिसौं राष्ट्रमा विभाजित थियो । एकीकृत भारतलाई उुबेला हिन्दुस्थान भनिदैथ्यो । भारतलाई हिन्ुस्थान भन्नुुभन्दा अगाडि नैं विक्रम संवत् १८०० तिर नैं राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले– ‘नेपाल तखत किल्ला हो– ‘असल हिन्दुस्थाना’ भनेका थिए ।
नेपालको हिन्दु तथा बौद्ध सांस्कृतिक परम्परालाई यहाँका विभिन्न चाड, पर्वहरुले निरन्तरता दिइआएका छन् । यी सबै चाड पर्वहरुमा– मेष संक्रान्ति, बिस्केट जात्रा, मातातिर्थे ओसी, बुद्ध जयन्ती, साउने संक्रान्ति, गुरु पूर्णिमा, कुसै औंसी, नाग पञ्चमी, जनै पूर्णिमा, कुसे औसी, तीज– ऋषि पञ्चमी, इन्द्रजात्रा, कृष्ण अष्ठमी, गाईजात्रा, इन्द्रजात्रा, दशैं, तिहार, षटपर्व, कार्तिक नाच, चण्डिनाच, बिवाह पञ्चमी, शिवरात्री, स्वस्थानी ब्रत, धान्य पूर्णिमा, फागुपूर्णिमा, रामनवमीलाई ठूलो मान्यताकासाथ मनाइन्छ । नेपालभित्र र विश्वमा छरिएर बसेका नेपालीहरु तथा भारत, बर्मा, श्रीलंका, इण्डोनेशिया,लगायत विश्वका अनेकौं देशहरुका हिन्दु बासिन्दाहरुले नेपालमा प्रचलित चाडपर्वहरुलाई आआफ्नै प्रकारले मनाउँछन् । दशै, तिहार, तीज, बुद्धजयन्ती, शिवरात्री, इन्द्रजात्रा आदिजस्ता चाडपर्वहरु हिन्दु र बौद्धका जीवनपद्धति बनेका छन् । नेपालका चाडहरु मध्ये दशैलाई ठूलो महत्वकासाथ मनाइन्छ । निधारभरी टिका लाउने चलन दक्षिणबाट यहाँ आएको होइन । लिम्बु, राई, मगर, गुरुङ, तामाङ, थारु जतिले निधारभरी दहीसँग सेता अक्षता मुछेर सेतो अक्षताको टिका लाएर विजयदशमीदेखि पूर्णिमाको दिनसम्म बडो हर्षाेल्लासपूर्वक आफूभन्दा ठूला आम, बाबु, ससुरा, सासु, गुरु र अन्य मान्यजनसमक्ष टिका थापेर आसिरवाद ग्रहणगर्ने गर्छन् । आजभोलि पनि जनजातिहरु चाड–पर्व अथवा शुभसाहितहरुमा सेतै चामलका टिका लाउने गर्दछन् ।
टुप्पी र धोती लगाएको साधु भेषमा छ । नेपालमा ६ बर्ष बसेर योगसाधना र बोद्ध दशृन सिकेकाले क्राइष्टलाई निरंकुश अन्धा धर्मभिरु सत्ताले इजरायलमा किला ठोकेर मारिएको अवस्था्मा वैदिक योगका प्रतापले मरेको जस्तो अभिनय गरेर गाडिएको चिहानबाट उठेर ईशु भारततिर लागेको र पछि उनको मृत्यूपछि कास्मिरमा राखिएको ईशाको समाधि देख्न सकिन्छ । ईशा १३ बर्षदेखि ३० बर्षसम्म धार्मिक शिक्षा लिनका लागि हिन्दु सन्यासीको भेषमा नेपाल र भारतमा आएका र काशी, जगन्नाथ, बिहार, नालन्दा आदिमा वैदिक धर्मशास्त्र पढ्ने गरेका तथ्यहरु छन् । नेपालमा लम्विनी कपिलवस्तु, आदि हेर्दै तिब्बतको दक्षिणमा पर्ने कम्भकर्ण गौरीशंकर, माउन्ट एभरेस्टसँग साक्षात्कार गरेको कुरा भविष्य पुराणको प्रसर्ग सम्पादनमा संस्कृत भाषामा उल्लेख गर्दै मेरी बारेमा– ‘ईशापुत्रञ्च मा विद्धि कुमारी गर्भसम्भवम्’ (अनुवाद) अगागि गर्भधारणा गरेको थियो, भन्ने उल्लेख छ । महाभारतमा कुन्तीले पनि विवाह भन्दा अगाडि वीर कर्ण जन्माएकी थिइनन् । भनिन्छ– सूर्यको संभोगबाट कुन्तीले गर्भधारण गरेकी थिइन् । यसैगरी क्राइष्टकी आमालाई पनि एउटा सिकर्मीबाट गर्भवती भएकी थिइन् भनिन्छ ।
यसैगरी एक विद्वान एमके श्रेष्ठले समाचार पत्रमा पटक पटक लेख्नु भएको छ –‘जिसज् क्रायष्टकी आमा मेरी विवाह नहुँदै गर्भवती भएकी थिईन् । एक सिकर्मी युसुफ (जोसेप) लाई पतिको रुपमा ग्रहण गरेपछि समस्या टुङ्गियो । ईशु १२।१३ बर्षको अवस्थामा ब्यापारीहरुसँग भारत आए । केहीदिन राजस्थानका जैनमुनीसँग बिताए । त्यसपछि कासी, जगन्नाथपुरीमा वेदको अध्ययन गरे । भारतमा बसेर उनले योग साधनाबाट सिद्धी प्राप्त गरे । ईशुले वैदिक हिन्दु सनातन धर्मबाट सिकेर पे्रम,उपकार, करुणा र दयाको शिक्षा दिएका हुन् । उनले लेखेका ग्रन्थहरुमा वेदलाई सम्मान गरेको पाइन्छ । उनी ब्रम्हा, बिष्णु महेश्वर र ॐ मा विश्वास गर्थे । ॐ को अपभ्रम्स ‘आमेन’ हो । ईशाका पाण्डुलिपी फान्सको समिट विश्वविद्यालयमा पढ्न सकिन्छ ।’ चर्चहरुमा पादरी, पाष्टरहरुले जन्म मृत्यू, न्वारन्, विवाहको रीति हिन्दु परम्परा जस्तै छ । इजरायलमा यहुदीहरुले राष्ट्रिय झण्डा र चिन्हमा हिन्दु भगवती सरस्वतीको षडकोणको चिन्ह राखेका छन् । सन् १८३५ तिर लर्ड मेकाले र सन् १८५६मा पादरी काल्डवेलले भारतमा साम्राज्य स्थापना गर्नको लागि हतियार प्रयोग गरेर क्रिस्चियन धर्म लाध्न हिन्दु संस्कृति छिन्नभिन्न पार्ने कार्य गरेकोले क्रिस्चियन धर्म कलंकित हुँदै आएको हो ।
इसाई धर्म प्रचारकहरु भने आपसमा झगडा गर्ने ठूलो सानो भन्ने भेदभादको दृष्टिकोणबाट ग्रसित छन् । हिन्दुदेखि आफूहरुलाई पृथक देखाउन हिन्दुले लगाउने टीका नलगाउने, सिंदुर पोते हटाउने, पूजाआदि नगर्ने वैदिक, बोद्ध हिन्दु अचारसंहिता जलाउने, मूर्ति भए फोड्ने कार्य गरेर क्रिस्चियन धर्मले अहिले धार्मिक आतंकवादको रुप लिएको छ । वैदिक परम्परा त्याग्ने, क्रिस्चियनहरुले लोभ लालच, राज्य शक्ति हत्याउने कुटिल दाउमा लागेर ईशुको भावना विपरित अधर्मको बाटो अपनाउँदै छन् । यो अत्यन्त घातक कुरा हो । नेपालमा केही समयदेखि अज्ञानताले ईसाई मिसनको पैसामा बिकेर ईसाई बन्न पुगेकाहरुले आफ्नै पहिचान माथि वलत्कार गरिरहेका छन् । आफ्नो आमाको हत्या गर्ने वा मात्रृ संस्था– वैदिक सनातन हिन्दु धर्मलाई चिहानमा पु¥याएर क्रिस्चियन सम्राज्य स्थापना गर्नमा कृत्रिम मार्ग अवलम्वन गरेकोमा हामी त्यसको भ्रत्सना गर्छौं । आफ्नो धर्मलाई त्यागेर इसाई बनेकाहरुको मनस्थिति कति खल्बलिदो रहेछ भन्ने कुरा ताप्लेजुङ्ग फङलिङमा डम्बर श्रेष्ठका परिवार क्रिस्चियन भएकाले आप्नो बाबु मर्दा नजिकैको नर्सरीमा लगेर गाडेका थिए । तर मरेको बाबुले राती राती आएर दुःख दिन थालेपछि चार बर्षपछि उनीहरुले हिन्दु संस्कार अनुसार काजक्रिया गरे । नेवार समाजबाट बहिस्कृत भएका डम्बर श्रेष्ठले हिन्दु संसकार अनुसार काजक्रिया गरेपछि समाजले स्वीकारेको थियो भन्ने खबर २०७० साल असोज २० गतेको गोरखापत्रमा प्रकाशित छ ।
दोस्रो विश्वयुद्धको बेला यहुदी विद्वान वैज्ञानिक एन्सटाइन्बाट निर्माण गरिएको अणुवमबाट जापानको हेरोशिमा र नागाशाकीमा अमेरिकाले ध्व्स्त बनाएको थियो । अमेरिकी राष्ट्रपति रुज्वेल्टले एन्सटाइन्सँग प्रभावित भएर– तपाई के माग्छौं भन्दा एन्सटाइन्ल–े मलाई एउटा यहुदी राज्य चाहिन्छ, भनेर मागेकाले अमेरिकाको प्रयासबाट इजरायललाई यहुदी राज्य घोषण गराइयो । एन्सटाइन्लाई राष्ट्रपति बन्ने आग्रह गर्दा राष्ट्रपति हुन चाहेनन् । इजरायल–यहुदी राष्ट्रमा, सरस्वतीको चिन्हलाई यहुदीको चिन्ह बनाइयो । यो हिन्दुधर्मकै पे्ररणाको द्योतक हो । अमेरिकी न्यूज्उइकमा क्रिस्चियनमूलकी लीशा मिलरले मार्च १३ २०१० मा लेखेकी थिइन्– हामी सबै हिन्दु हौं । ऋग्वेद हिन्दुहरुको सबैैभन्दा पुरानो ग्रन्थले भन्छ– सत्य एउटा छ । ॐ नैं एक सत्य हो । पुरातनवादी क्रिस्चियनहरु यस्तो कुरा बुझ्न र सुन्न चहादैनन् । आइतबार हिन्दुहरुले सूर्यलाई मान्छन्, सोही अनुरुप चर्चमा सूर्यबार अर्थात सन् डे हिन्दुहरुले ज्योतिस्वरुप शिवजीलाई माने जस्तै चर्चमा क्राइष्टलाई मान्न जान्छन् । यी तथ्यहरु बुझेर क्रिस्चियन मुलक र क्रिस्चियन मिसनहरुले हिन्दुत्वको महानता र हिन्दुहरुका सिद्धहस्त विचार मान्न वाध्य हुनुपर्ने अवस्था छ । तर त्यसको वदलामा क्रिस्चियन्का भरियाहरुले जहाँ भेट्यो उही हिन्दुहरुलाई झम्टने, पैसाको लालचा देखाएर हिन्दुहरुलाई क्रिस्चियनमा परिणत गराएर जसरी भएपनि हिन्दुको अस्तिव समाप्त गर्नेमा छन । तर यो क्रिस्चियनहरुको लागि पराजय हो । किनकि जवरजस्त गरेर मानवको इच्छालाई नियन्त्रणमा राख्ने कुनै धर्म हुनसक्तैन । ईशु को थिए,उनी कहाँ, कुन धर्मबाट प्रभावित थिए र क्रिस्चियन धर्मको उद्गम कहाँ हो भन्ने कुराको अध्ययन गरेर अनुसन्धानात्मक रुपले प्रस्तुत गरेको यो विचारलाई सबैपक्षबाट मनन् गर्ने कार्य गरियोस् । हामी हिन्दुहरु इजरायललाई विश्वको एक मात्र यहुदी राज्यको सम्मान गर्छौ । अतः त्यसरी नैं क्रिस्चियन मिसनहरु र क्रिस्चियनले विश्वको एक मात्र पवित्र हिन्दु राज्यकोे सम्मान गर्ने काम गरुन् । क्रिस्चियनहरुले आफ्नो उद्गम नबिर्सियून् ।
तर केहीबर्ष यता क्रिस्चियन्हरुको पैसाको लोभमा परेर नेपालका केही बुजु्क लोभी बाहुनहरु तथा जनजातिका केही अगुवाहरुले छानीछानी नेपालका गरिब बाहुन, क्षेत्री लगायत, आदिवासी जनजातिहरुलाई उचालेर अनेकौं काल्पनिक, झुठा किंवदन्तीका तर्कहरु अगाडि सारेर ‘दशैं बहिस्कार गरौं यो जनजातिको मौलिक चाड होइन’ भनेर भडकाउने कार्य गरेका छन् जुन नराम्रो हो । तर यसरी युगयुगदेखि आवद्ध रहिआएका यस्ता चाडपर्वहरुबाट नेपाली समाज पृथक हुन सक्तैन । पृथ्वीनारायण शाहबाट विशाल नेपालको एकीकरणको अभियानमा काठमाण्डौं उपत्यका विजयपछि दशैमा फूलपाती र जमरा गोर्खाकी गोरखकाली मन्दिरबाट काठमाण्डौं ल्याइन्छ । फूलपाती भित्रयाउँदा मगर जातिको पूजारीले मात्र भित्रयाउने चलन छ । यो चलनले अध्यावधि निरन्तरता पाएको छ । विदेशमा भएकाहरु पनि आआफ्ना ठूलाबडाको आसिरवाद थाप्न दशैंको निहूमा घर आउनेगर्छौं । आपसमा झगडा गरेर बोलचाल बन्दभएका नातागोता दशैंको निहुँमा टिकाथापेर बोलचाल फुकाउने साइँनो बन्नेगर्छ । मीठो मीठो खाने, राम्रो लाउने,खुसियाली मनाउने मान्यताले सालभरि अभावै अभावबाट पीडित र गरिबले पनि बर्षदिनको यो चाडको लागि गच्छे अनुसार साँचेर भएपनि राम्रो लाउने, राम्रो खाने र खुसी मनाउने गर्दछन् । दशैं परम्परागत साझा सांस्कृतिक मान्यता हो ।
नेपालका तीन विशेषता छन् । १) ऋषिमुनीहरुको जन्म र कर्मथलो– वेद, उपनिषद, पुराण तथा नीति शास्त्रहरुको पौराणिक वैदिक तथा बौद्धभूमि हिमवत्खण्ड नेपाल, २) विश्वका राष्ट्रहरुमा पुरानो सार्वभौमसत्तासम्पन्न देश, ३) विश्वको एक मात्र हिन्दु अभिराज्य । हिमवतखण्ड–नेपाल भनेको पूर्वमा ब्रम्हपुत्र, पश्चिममा हिन्दुकुश, उत्तरमा कैलास मान शरोवर र दक्षिणमा गंगानदी । अहिले त्यो पौराणिक भूमि खण्डित भएर पूर्वमा मेची र पश्चिममा महाकाली, उत्तरमा हिमालय र दक्षिणमा भारत रहेको छ । यो पूण्यभूमिलाई भारतीय हिन्दुहरु देशभूमि भन्छन् भने भारतलाई कर्मभूमि भन्छन् । नेपालले आफ्नो सार्वभौमसत्ता माथि कहिले पनि विदेशीहरुबाट बिटुलो गर्न दिएन ।
नेपाललाई हिन्दु तथा बौद्धअधिराज्यको रुपमा नेपालमा राई, लिम्बु, मगर, गुरुङ,नेवार, ब्राम्हण,क्षेत्री, कामी दमाईं, सार्की, मैथिली, भोजपुरी, अवघि जो जति छौं हामी सबै हिन्दु हौं । हामीहरु मध्येका कतिपय वौद्ध पनि छौं, जस्मा शेर्पा, तामाड र केही नेवार वौद्ध धर्म प्रति आवद्ध भएता पनि यो यहींको पशुपतिनाथ र स्वयम्भूनाथ भित्रकै उपज हो । किरातीहरु पनि हिन्दुहरु झैं महादेव र भगवतीको पूजा गर्छन्, टिका लाउँदछन् भने किराती, बुद्ध र हिन्दूधर्म एक अर्काका सहयात्री हुन् । हिन्दु धर्म–संस्कृति यति व्यापक र उदार छ कि मूर्ति पूजा गर्ने–नगर्ने, साकाहारी, मान्साहारी, जनै लाउने नलाउने, आआफ्नो इच्छा अनुसार हिड्नसक्ने कुराहरुमा हरेक हिन्दुहरु स्वतन्त्र हुन्छन् । विश्वभरीका धर्महरुमा यो अत्यन्त उदार र प्रजातान्त्रिक धर्म हो । अतः विश्वको यो सुन्दर स्वर्णभूमिको पहिचान बचाउन हामी सम्पूर्ण नेपालीहरु सँधै तत्पर रहिरहन सक्नुपर्छ । अतः नेपालका सबै जातीहरुलाई नेपालको भौगोलिक,जातीय र सांस्कृतिक विविधताभित्रको मूलधारमा राजसंस्थाको संरक्षणमा नेपालको हिमाल, पहाड, तराई र विश्वका हिन्दुहरुको आस्थाको केन्द्रको रुपमा स्थापित हिन्दु अधिराज्यभित्र एकतावद्ध भएर नेपालभित्रका सबै फूलहरु समानरुपमा फूल्न पाउनसक्ने सह अस्तित्व आधारबाट हाम्रो देश र प्रजातन्त्रको उज्वल भविष्य बन्न सकोस् ।
0 comment