काठमाडौं - सरकारले भोलि बिहानदेखि नदी किनाराका बाँकी सुकुमवासी बस्ती हटाउने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले वैशाख १८ गते शुक्रबार बिहान ७ बजेबाट काठमाडौं नदी किनाराका सुकुमवासी बस्ती हटाइने सूचना मार्फत जानकारी गराएको छ ।

प्रशासनको निर्देशनमा महानगर र पालिककाको सहयोगमा काठमाडौं जिल्ला भित्रका विभिन्न नदी किनाराका बस्ती एंव सरकारी, पर्ति, सार्वजनिक जग्गा अतिक्रमण गरी अनाधिकृत तबरबाट वर्षौदेखि बसोवास भई आएका बस्तीहरू धमाधम हटाउन थालेको छ । प्रशासनले सूचना निकालेसँगै बल्खु र वंशीघाट क्षेत्रका सुकुमवासीहरूले धमाधम सामान हटाउन सुरु गरेका छन् ।

सरकारले थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहराका बस्ती तीनदिन लगाएर खाली गराइसकेको छ । महानगरको सम्पर्कमा आएका सुकुमवासीलाई आश्रम,होटर र गेष्टहाउसमा लगेर राखेको छ ।