काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् ।

सरकारले पेस गरेका विभिन्न अध्यादेशहरु मध्ये  उनले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका हुन् । अन्य अध्यादेश स्वीकृत गर्ने या नगर्ने भन्नेबारेमा कानुनविद्हरुसँग छलफलकै क्रममा रहेका छन् ।