काठमाडौं - उपसभामुख रुविकुमारी ठाकुर स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट घर फर्केकी छन् ।

स्वास्थ्यमा सुधार आएपछि किस्ट अस्पतालमा उपचाररत उपसभामुख ठाकुर आज घर फर्केकी उनको स्वकीय सचिव तारा राईले जानकारी दिइन् । मधुमेहको समस्या देखिपछि उपसभामुख ठाकुर बुधबार अस्पताल भर्ना भएकी थिइन् । चिकित्सकले उनलाई घरमै आराम गर्न सल्लाह दिएका छन् ।