काठमाडौं - त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन्। विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्याल, शिक्षाध्यक्ष खड्ग केसी र रजिष्टार केदारप्रसाद रिजालले सामूहिक राजीनामा दिएका हुन्।
बालेन सरकारले अघिल्ला सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने तयारी गरेपछि उनीहरूले त्यसअघि नै राजीनामा दिएका हुन्। उनीहरूले विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा पठाएका छन् ।


0 comment