सन् १८५७ मा  मंगल पाण्डेको नेतृत्वमा भारतीय  सेनाद्वारा  विद्रोह  भयो।  सन् १८५७ अप्रिल ८ मा मंगल पाण्डेलाई फाँसी दिइयो।  त्यस घटना पछि  झन्डै १ महिना १८५७ मे १० बाट अंग्रेज बिरुद्ध बिद्रोह सुरु भयो। त्यस बिद्रोह अङ्ग्रेजको काबु बाहिर जान थाल्यो।   विभिन्न  दंगा तथा   हिंसात्मक स्थितिहरू उत्पन्न भयो ।  हुन् त् यी दंगा  स्वतन्त्रका लागि  थियन। इष्ट इन्डिया कम्पनि सरकारले इन्डियन सेनालाई गोरुको मासु दियो। हाकिमले गोरुको मासु खाने र  गाइ गोरुको मासु पकाको भाँडाहरुमा लतपत बनाएको बिरुद्ध थियो। त्यो एक किसिमको चलनचल्ती  मुल्या र मान्यता बिरुद्ध थियो । अंग्रेजको मनपरीका  बिरुद्ध बिद्रोह थियो। भलै पछि यसैलाई स्वतन्त्रताका लागि  बिद्रोह भनियो परिस्थिति त्यस्तै बन्दै गयो  ।  त्यस  सास्कृतिक रिति रिजाब बिरुद्धको  बिद्रोहलाई नियन्त्रण गर्न अंग्रेज असफल हुँदै थियो । यस्तो अबस्थामा अंग्रेज कम्पनि  सरकारले नेपालसंग सहयोगको अनुरोध गर्यो ।  त्यस अनुरोध पछि जंगबहादुर राणाले आफ्नो भारदारी बैठक डाके उक्त बैठकमा विभिन्न बिचारहरु आय संगै धिर सम्सेरले  अंग्रेजलाई सहयोग नगरी  अंग्रेजलाइनै   खेदी पुन त्याँहा नेपालले कब्जागर्नुपर्छ र त्यो सम्भब छ भनि आफ्नो तर्क  राखे।  यद्दपि त्यो स्वीकार भएन  । 

जंगबहादुर राणाले बैठकमा  विभिन्न तर्क प्रस्तुत गर्दै  अंग्रेजलाई सहयोग गर्नुपर्ने निर्णय सुनाए । भनिन्छ  पहलमान सिंह बस्न्यातको कमानमा  ६ हजार नेपाली सेना   ब्रिटिस इन्डिया तर्फ अंग्रेजलाइ सहयोग गर्न  लाग्यो। त्यस सेनाले  विभिन्न स्थानहरु माथि कब्जा गर्दै अगाडी बढ्यो  त्यसको झन्डै ६ महिना पछि जंगबहादुर दशौ  हजार सेना सहित आफै त्यस तर्फ लागे । थप नेपाली सेना इन्डिया  पुगेपछि  भारतीय सिपाही बिद्रोह सहजै नियन्त्रणमा गयो। 

बिद्रोह नियन्त्रण भए संगै जंगबहादुर राणा इलाहावादमा पुगे पश्चात लर्ड क्यानीड़ संग विभिन्न चरणमा वार्ता गरे ।  इस्ट इन्डिया कम्पनि सरकारलाई नेपालको फौजी तागत बारे महसुस भयो र यो तागत भोलि अंग्रेज माथि आइलाग्ला भन्ने डरका साथ  उसले नेपाल समक्ष   बिगतमा नेपालबाट  युद्ध मार्फत कब्जा गरेको भूभाग फिर्ता गर्नुनै बुद्धिमानी ठान्यो ।   अंग्रेजले  चलाकी पुर्बक उसले नेपाली भूभाग फिर्ता गर्ने  निर्णय गर्यो ।

उक्त भुमि फिर्ता गर्ने निर्णय  संगै उसले नेपालका श्री ५ महाराजाधिराजबाट सुगौलीको सन्धिद्वारा स्थापित शान्ति तथा मैत्री सम्बन्धलाई इमान्दारिपूर्वक कायम राखिबक्सेको    सीमान्त जिल्लाहरूमा व्रिटिस कानून स्थापना गर्न र  पुनः व्रिटिश नियन्त्रण कायम राख्न तथा विद्रोहीहरूलाई पूर्णरुपमा पराजित गर्न  मौसुफबाट कम्पनी सरकारलाई महत्वपूर्ण सहयोग प्रदान गरिबक्सियो । त्यसैले  सैनिक  अभियानहरूको  समाप्ति पछि नेपालले व्रिटिस सरकारलाई गरेको  महत्ववपूर्ण सहयोगप्रति सम्मान  जनाउने अभिप्रयाले व्रिटिश भायसराय तथा गर्भनर जनरलले  तत्काल महाकालीदेखि गोरपुरसम्मको १८१५  डिसेम्बर २ अघि नेपालको अधीनमा रही सोही वर्षमा भएको सुगौली सन्धिले व्रिटिश शासनमा गाभेको तराईको सबै भू–भूभाग नेपाललाई फिर्ता बुझाइदिने  अविचार गर्दछ  । त्यसैले   नेपाली भुमि नेपाललाई फिर्ता गरिने र  भूभाग छुट्याउने काम नोपल सरकारद्वारा खटाइएका अधिकारिहरुको सम्मान पुर्बक उपस्थितिमा  सोही प्रयोजनका लागि व्रिटिस सरकारद्वारा नियुक्त अधिकारीहरूद्वारा  गरिने छ भन्ने घोषणा गर्यो  ।   साथै उक्त भू–भाग नेपालालई औपचारिकरुपमा सुम्पने काम हुँदा   यो भू–भागलाई नेपालले पुनः प्राप्त गरेको अवसरलाई गरिमामय  पर्ब बनाउने   उद्देश्यले दुई देशमाझ यो मैत्री  सन्धि सम्पन्न गरिएको छ ।

धारा १

नेपालका महाराजाधिराज र व्रिटिस सरकारका बीच विद्यमान सबै सन्धि सम्झौताहरु र यस  सन्धिद्वारा परिवर्तन भएकोमा बोहक हाल  यथावत कायम रहिरहनेछ ।

धारा २

व्रिटिश सरकार  १८१५ पूर्व नेपालको अधिनमा रहेका र सोही वर्षको डिसेम्वर २ तारिखका दिन सुगौलीमा सम्पन्न सन्धिको धारा ३ अन्तर्गत व्रिटिश सरकारको भूभागमा गाभिएका महाकाली र राप्ति  नदी बीचको तराईको सम्पूर्ण भूभाग तथा राप्ति र गोरखपुरको बीचमा पर्ने तराईको भूभागमा नेपालका श्री ५ महाराजाधिराजको पूर्ण प्रभुसत्ता रहेन गरी ती भूभागहरू  हामि मौसुफमा टक्र्याउँछौ  ।

धारा ३

महाकाली वा नदीदेखि पूर्वमा पर्ने बगौरा तालको उत्तरी पहाडको फेदीसम्म ब्रिटिश आयुक्तहरूद्वारा निर्धारित सीमा रेखामा पर्ने सीमास्तम्भहरू नै नेपाल र ब्रिटिस अधिनमा रहेको अवधको सीमाना हुनेछ ।

धारा ४

ब्रिटिश  भायसराय तथा भारतका गभर्नर जनरल महामहिम तथा सम्माननीय चाल्र्स जोन अर्ल क्यानिङ को तर्फबाट लेफ्टिनेन्ट कर्णेल जर्ज रामजे र नेपालका श्री ५ महाराजाधिराज सुरेन्द्र वीर विक्रम शाहका  तर्फबाट श्री ३ महाराजा जङ्गबहादुर राणा को हस्ताक्षरबाट सम्पन्न यस सन्धिलाई हस्ताक्षर भएको मितिले तीस दिनभित्र दुवै पक्षबाट अनुमोदन गरिनेछ । दुवै मुलुकबाट अनुमोदन भइसकेपछि यस सन्धिलाई  दुई पक्षबीच काठमाडौँमा आदानप्रदान गरिनेछ । 

अंग्रेज सैनिक ब्यारेकमा भान्छाको विवाद ,मंगल पाण्डेको फाँसी। देसीसेनाहरूमा  बिद्रोह। बिद्रोह नियन्त्रण गर्न अंग्रेज असफल र नेपाली सेनाद्वारा  इन्डियन देसी सेनाको बिद्रोह नियन्त्रण आदि  एतिहासिक घटना द्वारा नोभेम्बर १ १८६० मा सन्धि गरि  बर्तमान नेपालको नक्सा सिमाना र क्षेत्रफ़ल काएम भएको हो । यसै  सन्धिले पुन नेपालको सिमाना महाकाली स्वीकारेको हो।  

यस्तो अबस्थामा  अहिले इन्डियन सरकार द्वारा नेपालको कालापानी,लिपुलेक ,र लिम्पियाधुरा भित्रका  धेरै गाउ र भूभाग कब्जा गरेको मात्र होइन उक्त भूभागबाट इन्डियाले एक तर्फी सडक नै बनाइ सक्यो। यस्तो अबस्थामा पनि नेपालका सरकार प्रमुख पर्तिपक्ष  रमिता हेरेर बसेका छन्। नेपाल  सरकार  यांहाका राजनैतिक दलहरु आफ्नो पुर्खाले आर्जेको भूभाग लाइ सुरक्षित गर्न सक्दैन भने यो भन्दा दुर्भाग्य के नै हुन्छ । त्यसैले आफुलाई राष्ट्रिय पक्षधर   मान्ने सम्पूर्ण आदरणीय  व्यक्तिहरु    विभिन्न  संघ  सस्थामा आबद्ध विद्वानहरु  , बिदेशमा बस्ने नेपालीहरु  शिक्षक ,शिक्षित  र सचेत बिद्यार्थी ,कर्मचारी  एक भै बर्तमान नेतृत्वको बिरोधमा राष्ट्रियताका पहरेदार बन्नका लागि एक ठाउमा उभिन अनुरोध छ ।  

रामशरण पाण्डे  
नँया पार्टी नेपाल