१) भुटान एक स्वतन्त्र राष्ट्र हो, संयुक्त राष्ट्रसंघको सदस्य पनि छ यद्यपि भारतसँग सन् १९४९ मा भएको सन्धी अनुसार भुटानको परराष्ट्र र सुरक्षा मामला भारतले हेर्छ । नेपालका राजा भारतीय इच्छा बमोजिम त्यहि भुटानी मोडेलमा जान नचाहेको र चीनसँग बढि सामिप्यतामा गएकै कारण राजा वीरेन्द्रको वंश विनाशमात्रै गरेन भारतले माओवादीलाई उचालेर नेपालबाट राजतन्त्रको जरोनै उखेलिदियो ।
२) २०४७ सालको नेपाल अधिराज्यको संविधान अनुरुप पहिलोपटक नेपाली जनतामा देशको सार्वभौमसत्ता आएपछि यस पंक्तिको लेखकको अगुवाइ भारतलाई टक्कर दिंदै विशाल नेपालको आन्दोलन अघि वढ्यो । झन त्यस आन्दोलनलाई जव तत्कालिन एमालेका महासचिव मदन भण्डारीले यस पंक्तिका लेखकले लिएको अन्तवार्ताहरु मार्फत खुला रुपमा समर्थन गरी जनमत संग्रहको माध्यमद्धारा विशाल नेपालको मुद्धालाई निक्र्योलमा पुर्याउनु पर्छ भनेपछि दिल्ली हल्लियो यद्यपि तत्कालिन प्रधानमंत्री गिरिजाले विशाल नेपालको अभियान छेड्नेहरु पागलहरु हुन भन्नसम्म भ्याए । यो मुद्धा प्रभावपूर्ण हुँदै जाँदा भारत टुक्रने देखि गिरिजा, रअ, सिआइए र विशाल नेपाल नचाहने एमाले भित्रका तत्वहरु एक जुट भइ मदन भण्डारीलाई त्रिशुली खसाली मार्ने प्रपंचमात्रै भएन भारतले भुटानलाई उचाली नेपालीहरुले महानेपाल बनाउन लागे भन्दै त्यहाँबाट एकलाख भन्दा बढी भुटानी नेपालीलाई खेदी तेश्रो देश नेपालमा शरणार्थी बन्न बाध्य बनायो ।
३) तिब्बती शरणार्थीहरु सधै नेपालमै वसुन र त्यहीबाट तिब्बत स्वतन्त्रताको आन्दोलन चलाउन भन्ने अमेरिकी खेमाको नेपालमा रहेका भुटानी शरणार्थी सम्वन्धी सोच अर्कै भएको कारण भुटानी शरणार्थीहरुलाई अमेरिका, क्यानडा लगाएत तेश्रो देशमा लग्ने कार्य भयो । यसमा नेपालीहरुलाई कमिशन खाई भुटानी बनाइ त्यस्ता देशमा पुर्याएको भ्रष्टाचारकाण्ड अहिले नेपालमा छताछुल्ल भइरहेको छ । आफ्नै देश भुटानै फर्कने भनेर अड्डी लिएर झापाको वेलडांगी शिविरमा अझै दश हजार जति शरणार्थी रहेका छन् र यिनीहरुको गासबासको जिम्मा लिदै आएको UNHCR र अन्य अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुले अहिले आएर यिनीहरुलाई अलपत्र छाडेको छ र नेपाल सरकार मुकदर्शक भएर बसेको छ ।
३) भुटानका राजा जिग्मेले आफु जिवित छदै गद्यी त्याग गरी आफ्ना छोरालाई राजपाठ सुम्पिएका छन् । यी नयाँ भुटानी राजा जिग्मे केशर नेपालको पाटन अस्पतालमा जन्मेको कुरा अहिले आएर खुलेको छ र नेपाल प्रति सद्भाव राख्ने राजा भनेर चिनिएको अवस्था छ । राजतन्त्र भएको देशले अन्य देशमा पनि राजतन्त्र नै होस भन्ने चाहन्छ । जस्तो फ्रान्समा आधुनिक युगको गणतन्त्र सन् १७८९ मा स्थापना भएको थियो । तर यूरोपेली सबै देशहरुमा राजतन्त्र भएको कारण फ्रान्सको एक्लो गणतन्त्र जोगाउन कठीन देखि गणतन्त्रका सैनिक जनरल नेपोलियन आफुलाई राजा घोषित गरी पहिलो फ्रेन्च गणतन्त्र खारेज गरेका थिए ।
४) नेपालमा गणतन्त्रवाहक शक्तिहरु एक पछि अर्को हुदै सबै अशफल भएको कारण राजतन्त्र पुनरस्थापना हुन पर्छ भन्ने आवाज दिन पर दिन चर्किरहेको वेलामा राजा ज्ञानेन्द्रले हालै भुटानको राजकीय स्तरको धेरै सुखद भनिएको भ्रमण सम्पन्न गरेका छन् । यो भ्रमण भारतीय स्वीकृति विना भएको होला भनेर मान्न मिल्दैन किनकी भुटानको परराष्ट्र मामला भारतले हेर्दछ । नेपालमा गणतन्त्र आई नेपाल राज्य संबैधानिक रुपमा धर्म निरपेक्ष भएपछि जसरी क्रिश्चियन धर्मको प्रभाव दिन दुइगुणा र रात चारगुणाले वढीरहेछ त्यस्मा भारतका हिन्दुहरु पनि चिन्तित छन र यसैले उनीहरु अन्ततोगत्वा नेपालमा राजालाई पुनरस्थापना गरी नेपाललाई पुन हिन्दुराष्ट्र घोषित गर्न चहान्छन भन्ने हल्ला अहिले ब्यापक भएको छ । त्यसो हो भने के भुटानले भारतको सल्लाहमा राजा ज्ञानेन्द्रको अनुरोधलाइ मानेर बाँकी भुटानी शरणार्थीहरुलाई आफ्नै देश फर्कन दिन्छ त ? यस्तो भएमा नेपालमा राजतन्त्रको पक्षमा ब्यापक जनवल वढन सक्छ । के ज्ञानेन्द्रको भ्रमणको उद्देश्य त्यही हो त ? के अन्तमा आएर आफ्नो सोच बदल्दै गद्यी पाउने लोभमा नेपालको परराष्ट्र र रक्षा मामला भारतलाई सुम्पेर भुटानी राजाको हैशियतमा झर्न राजा ज्ञानेन्द्र तत्पर भएका हुन ? त्यो हुन सक्छ किनकी अघोषित रुपमा यहा नेपालमा एक प्रमुख जिल्ला अधिकारीको सरुवा माइक्रो मेनेजमेन्ट समेत भारतले गर्छ भनिन्छ र यहाका सबै राजनीतिक दलहरुमा भारतीय एजेन्टहरुकै हालिमुहाली छ । एउटो स्वर्णीम वाग्ले भन्नेले त मुनरो सिद्धान्तको हवाला दिंदै नेपाल भारतकै प्रभावक्षेत्र भित्र वस्नु पर्छ भनेर खुला रुपमा जिकिर गर्दै आएका छन् भने राजा भारत पक्षिय भएर के विग्रियो त भन्नेहरु पनि कम छैनन । उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यको जमात त नेपालमा राजतन्त्र पुनरस्थापना गरी हिन्दु राज्य वनाउन कम्मर कसेर लागि परेको अवस्थामा राजा ज्ञानेन्द्रको भुटान भ्रमण फगत पारिवारिक होला भनेर सिमित गर्न सकिन्न की ?
1 comment
Ram शुक्रबार, २५ आश्विन, २०८१
A wishful thinking living in a world of fantasy.