लोकप्रियतावाद कतिसम्म खतरनाक हुन्छ भन्ने कुरा स्कटल्याण्डमा वेलायतले गराउनु परेको जनमत संग्रहले प्रष्ट पार्छ । अहिले लोकप्रियतावादकै कारण युरोपेली युनियनका छाताभित्र रहेका देशहरुको सिमाना समेत असान्दीर्भक बन्दै गइरहेको छ । राष्ट्रिय सिमानाको स्थापना र विघट्नका लागि बठारौं शताब्दी र उन्नाइसौं शताब्दीको आधा युरोपले युद्धमै वितायो । युद्धमा भएको धनजनको क्षतिपछि युरोपेली युनियनको जन्म भएको हो । यसको राजनीतिक उद्देश्य सिमानाहरुलाई स्वीकार गर्ने तर तिनलाई अनावश्यक नबनाउने पनि हो । काम, व्यापार, भ्रमण, आपसी सहयोग, भाइचारा, साझानीति, साझा समझदारीका लागि युरोप एउटा देश जस्तै छ । यहाँ सिमाना फेरवदलका लागि संघर्ष गर्नुको कुनै अर्थ देखिदैन । बरु यस्तो भएमा नागरिक जीवनमा समस्या उत्पन्न हुने पो खतरा रहन्छ । 

चेक राज्य युरोपेली युनियनको सदस्य बनेपछिको अवधारणाले टुक्रिदा अपेक्षाकृत शान्त रह्यो । तर मार्शल टिटोको युगोस्लो भाकिया टुक्रिंदा हजारौं मानिसको ज्यान गयो, लाखौ विस्थापित भए । आखिर लोकप्रियतावादले युगोस्लोभियालाई सात टुक्रा बनाइदियो । जातीय र धार्मिक सफायको घाउ त्यहाँ अझै पुरिइसकेको छैन । गरिबीसँगै जातिवाद, नश्लवाद र फासीवादजस्ता नयाँ समस्या त्यता देखिदैछन् । सुडान, श्रीलंकाले पनि पृथकतावादको समस्या झेले । संयुक्त राज्य अमेरिका फरक फरक देशको आपसी समझदारीको सङ्गठन हो । यहाँ पनि रंगभेदी अवधारणाले लोकप्रियतावादलाई अघि बढाईरहेको छ । डोनाल्ड ट्रपले पहिलो पटक लोकप्रियताबादमै टेकेर राष्ट्रपति चुनाव जिते । ‘मेक अमेरिका अगेन’ उनको नाराले यसपटकको चुनावमा पनि बाजी मार्न ट्रम्पको लोकप्रियतावादका अघि निरीह बन्दै छिन् । 

लोकप्रियतावादकै सहारामा ट्रम्पले अमेरिकी जनतन्त्रका संरचना नै भत्काउने  दुष्प्रयास समेत नगरेका होइनन् । लोकप्रियतावादले पृथकतावादलाई समेत पछि पार्ने दृष्टान्त स्कटल्याण्डको जनमत संग्रहले दिइसकेको छ । स्कटिस जनताले देश टुक्र्याउने जोखिम उठाएनन् जनमत संग्रहमा । लोकप्रियतावादले राष्ट्रवादको नाममा विभाजनको संघारसम्म लगेरै छोड्यो त । नेपालमा पनि एक मधेस एक प्रदेश को लोकरिझ्याई बोकेर केही मधेसवादी लाउकेहरु पृथकतावादलाई कार्यान्वयन गर्न तम्सिएकै थिए । तर स्कटिस जनताले जस्तै आदिवासी मधेसी जनताले तिनीहरुको इच्छामाथि पानी फेरिदिएन । तराई भूगोल नेपालको मानोचित्र बाहिर पर्ने सम्भावना त्यसवेला बलशक्ति बनेको थियो । लोकप्रियताबादको हर्कत पृथकतावादसम्म पुग्नसक्छ भन्ने यी निमित्त केही उदाहरण हुन् । 

भारतमा नरेन्द्र मोदीको उदय लोकप्रियताकै आधारमा भएको हो । उनले जीवनमा कहिल्यै चिया बेचेनन् र पनि अहिलेको ‘डली चायवाल’ भन्दा बढी चर्चित बनाइए मोदी चायवालाका नाममा कति इण्डियनहरुले आफ्नो चिया पसलको नाम नै नमो राखे । गुजरात मोडलको विकासलाई पनि चुनावी बजारमा बेचियो । बास्तवमा गुजरातलाई बहुराष्ट्रिय कम्पनीहरुको खुला चौर बनाएका थिए मोदीले । उनको यस्तो नीतिले ठूलो संख्यामा गुजरातीहरुलाई घरवारविहीन बनायो । फेरि उनले चौकीदारका रुपमा आफुलाई मतदाता सामु प्रस्तुत गरे । चटके भएरै मोदीले मतदातालार्य वेवकुफ बनाईरहेका छन् । पछिल्लो समयमा भने उनको लोकप्रियताको ‘गफ’ निरन्तर ओरालो झरिरहेको छ । पाकिस्तानमा पनि इमरान खानको भ्रष्टाचार विरोधी बैचारिकी लोकरिझ्याईले प्रधानमन्त्री बन्न सघायो । तर उनी आफैं भ्रष्टाचारमा मुछिए । माल्दिभ्समा भारत विरोधी प्रचार मोहमद मैज्यु लोकरिझयाई बन्यो । उनी राष्ट्रपति बन्न सफल भए । 

नेपाली राजनीतिमा प्रधानमन्त्री केपी शर्मा ओली लोकप्रियतावादी प्रवृतिका ज्वलन्त उदाहरण हुन् । उनको विदेशी प्रभावको दानवीकरण र समृद्ध नेपाल सुखी नेपाली बनाउने बाचा अनि कट्टर राष्ट्रवादी लाग्ने भावना प्रकट नै लोकप्रियतावादका आधार हुन् । जब उनी यस अघि सन् २०१८–२०२१ सम्म प्रधानमन्त्री रहेका थिए जनतान्त्रिक मुल्य मान्यता देशमा हराउँदै गएका थिए । जनतान्त्रिक संस्थाहरु मात्र होइन न्यायालय समेतमा उनले प्रहार गरेका थिए । आफुप्रति अनुग्रहीत राष्ट्रपतिलाई प्रयोग गर्दै न्यायपालिकालाई कमजोर बनाउँदै अधिनायकवादी बाटोमा अघि बढेका थिए । सन् २०२० मा संसद नै विघटन गरेर उनले अधिनायकवादलाई स्थापना गर्ने प्रयत्न गरेका थिए । जनतन्त्रप्रति पहरेदारी गर्ने मिडिया र नागरिक समाजप्रति उनको दृष्टिकोण अहिले पनि खराब छ । सदन र न्यायलय प्रतिको उनको सोचमा अनुदार झल्किरहन्छ । उनले आफ्नो दल एमालेलाई आफुप्रति केन्द्रिकृत गरेका छन् । उनले नेतृत्व गरेको एमालेमा आन्तरिक जनतन्त्र नै खोसिएको छ । 

दलको नीति निर्माण र निर्णय प्रक्रियामा उनको एकलौटी छ । आफ्नो एजेण्डा प्रति असहमत राख्नेलाई पाखा लगाएर निर्विकल्प नेतृत्वको आभास कार्यकर्ताहरुलाई दिने गरेका छन् । भीम रावल र घनश्याम भूसाललाई निर्वाचनमा भागलिन टिकटबाटै बञ्चित गरेबाट यो प्रष्ट हुन्छ । जनतन्त्र बलियो, कमजोर जेसुकै होस् आफु शक्तिशाली बन्न लोकरिझयाई गर्ने ओली लोकप्रियतावादी नाइके हुन् ।

लोकप्रियतावादको अर्कोउदाहरण देलिभिजन प्रस्तोताबाट राजनीतिमा आएका रवि लामिछाने र उनको नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी हो । उनले आफुलाई भ्रष्टाचार विरुद्ध लड्ने, अर्थतन्त्रलाई सुधार गर्ने, जनतालाई न्यायदिने, परिवर्तनको बाचा गर्ने लोकप्रियतावादी संरचना खडा गर्दै आएका छन् । सिंगो पार्टीपंक्ति जनताको संघर्ष र आकांक्षा बुझेर पुराना दलहरुलाई विस्थापन गर्ने लोकरिझयाईमा केन्द्रित छ । तर अहिले रवि आफै सहकारी रकम अपचलनमा दोषि देखिएका छन् । संसदीय छानवीन समितिको दायराबाट भाग्ने उनको साजिस गृहमन्त्री पद गुमेसँगै असफल भएको छ । कानुनी राज्यको उपहास गर्दै राज्यशाक्तिमा बसेका रविको भविष्यमाथि कालोबादल मडारिन थालेको छ । वाक पटुटाका धनी रविको पछि अझै युवाको भिड भने पातलिई सकेको छैनन् । रविका हरेक एजेण्डामा ल्याप्चे ठोक्ने र सैनिक संख्या घटाउनु पर्ने भनेर विवादस्पद अभिव्यक्ति दिने अर्थशास्त्री स्वर्णिम वाग्ले पनि लोकप्रियतावादकै दलदलमा फसेका छन् ।

काठमाडौका मेयर बालेन साह मनि लोकप्रियतावादबाटै उदाएका हुन् । शहरी विकास मन्त्रालयले गरेका विकास र निर्माणको समेत आफैले जस लिइरहेका छन् । ‘¥यापर’ बाट मेयर बन्नमा उनलाई युवा समुहले ठूलो साथ दियो । मेयर भएपछि उनले केही सुधारका कामहरु गरे । तर जति गरे त्यो भन्दा बढी प्रचार गरिदैछ । मानौं उनले काठमाडौं मात्र हैन अब देशकै कायापलट गर्ने छन् । प्रधानमन्त्री ओली नै बालेनकापछि जब हात धोएर लागे बालेनको लोकप्रियता झन् चन्द्रको चाँद जस्तो चम्किलो बन्दै गएको छ । उनी यतिबेला देशकै निर्विकल्प युवा नेता भए जस्तो सर्वत्र भ्रम फैलिरहेको छ । सिद्धान्त, विचार, लक्ष्य, भावि कार्ययोजना, दर्शन केही नभए पनि लोकरिझयाई जनतहमा प्रवाहित भइरहेको छ । यसले नेपाली जनतन्त्रमाथि धमिरा लाग्दै गएको संकेत गर्छ । सिके रावतको राजनीतिमा उदय पनि लोकरिझयाईकै अर्को उदाहरण हो । उनले मधेसी जनतालाई सपना देखाए जुन विउझेपछि हराएर गएको छ । अहिलेको दुर्गा प्रसाईको पछि देखिएको भिड पनि लोकरिझ्याईकै देन हो ।