नेपाल विश्वको धनी भुमिः

धनी भन्ने शब्द तीनबटा कुरासंग सम्बन्धित छ । धनी बन्नको लागि मानिस, स्वास्थ्य, खुशी र समृद्धि हुनुपर्दछ । समृद्धि भन्ने कुरा त्यही धर्तीको प्रकृति र सस्कृतिले प्रदान गरेको हुनुपर्दछ । विश्वको ईतिहासमा यस्तो भुमि खोजी गर्दा केवल एउटा मात्र देशको सम्भावना देखिन्छ, त्यो हो नेपाल । पृथ्वीको संरचनाको ईतिहास देखि आजसम्म, मानव श्रृष्टि, विकास र मानवताको श्रृजना र जगेर्नासम्म, प्राणभरा भूमि, मृतसन्जीवनी भएको आदि भुमि, सर्बजीव पहिचान संरक्षण र पूजक सस्कृति, प्रकृतिको भुमिमा नै बाच्न सक्ने, वायुपान, जलपान र घांस आहाराबाट मात्र हजारौ बर्ष योग, ध्यान र तपस्या गरेको तपोभुमि नेपाल मात्र हो । 

पबित्र जल हिमालय केन्द्र र शुद्ध हावा बनस्पतिको केन्द्र, स्वर्गभुमि जहा सर्ब जीवको प्राण बचाउने पवित्र र महान प्रकृतिका आधार रहेका छन् । माटो, पानी, हावा, बिरुवा नै प्राण शक्तिका महान् आधारहरु हुन । स्वर्ग भनेको बाँच्नको लागि आबश्यक सबै साधनस्रोतले भरिभराउ र सजिसजाउ हुनुपर्दछ, त्यही ठाउँ नै स्वर्गभुमि हो । यस्तो भुमि महान्उर्बराभुमि हुन्छ, जहाँ १२ घण्टा सूर्यको प्रकास पर्दछ, त्यही ठाउँ नै दिब्यभुमिको ठाउँ हो, यस्तो भुमिमा मात्र भोक र रोग निवारण संभव हुन्छ । माथि बताईएका सबै अवस्था नेपालको सबै भूभागमा उपलब्ध भएकोले यो स्वर्गभूमि विश्वकै धनी भुमि र दिब्य भुमि हो भनेर ठोकुवा गरिन्छ ।

प्रकृतिले हामीलाई महान समृद्धि दिएको छ ः

धनी भनेको धनमात्र होइन, धन त केवल सरकारले दिएको साधनहरुको मुल्यको मान्यता मात्र हो । धनले समृद्धि हुदैन, समृद्धिहुन मानव जिउने साधनस्रोतहरुको निरन्तर उत्पादन हुने भुमिलाइ नै संमृद्ध भुमि भनिन्छ । विश्वमा यस्तो सर्ब साधनहरुले भरिभराउ भुमि नेपाल हो, त्यसैले यो भुमि विश्वमै संमृद्ध भुमि हो ।  देश संमृद्ध हुन, भुमिबाट निरन्तर प्राकृतिक साधनस्रोतको उत्पादन स्वत भैरहेको हुनुपर्दछ, जसलाई, हामी ९च्भलगब०ि प्राण शक्ति अर्थात पुर्न जीवन शक्ति भनिन्छ । 

यो माटो, पानी, हावा, ताप र बिरुवामा निर्भर रहन्छ । नेपालमा यी सबै साधनले भरिभराउ, सजिसजाउ छ । नेपालको यो संमृद्ध भुमिबाट निरन्तर उत्पादन भएका प्राकृतिक साधनस्रोतको संरक्षण गरि निरन्तर उत्पादन र बजार योजना बनाई, उत्पादन नागरिकको र बजारीकरण राज्यको हुने संरचनाको निति राज्यले  बनाउने हो भने, नेपाल विश्वकै धनी देश बन्ने पक्का पक्की नै छ, यस कार्यको लागि मानवियता र आत्धात्मिकताको प्रकृति मैत्री भावनाको राज्यसत्ता चाहिन्छ । यस्तो सत्ता आएमा विश्वका मानवहरु स्वर्गको धर्ति नेपाल ढोग्न लाईन लाग्ने छन ।

मानव अस्तित्व रक्षामा अगुवाईः

स्वर्गभुमिका नागरिक स्वास्थ्य, खुशि र समृद्धि हुन्छन्, भोक र रोग निवारणको निम्ति प्रकृति प्रदत्त हावा, पानी र मृतसन्जिबिनिजन्य आहार, खाद्यन्न, फलफुल, सागपात, जडीबुटी बनस्पतिको संरक्षण उत्पादन र उपभोगबाट मानव सदासर्बदा स्वस्थ, शान्त र तनदुरुष्ट रहन्छन्, स्वर्गभुमिका मानवमात्र सदासर्बदा निरोगी भै बलवीर्यवान रहन सक्दछन, जस्तो कि प्रकृतिमा बाच्ने जनाबर प्रकृतिसंगत बातावरणबाट निरन्तर आफ्नो पुस्ता राख्दै आएको छ ।

हालको विश्व जगतमा नक्कली भौतिक बिकासले जिवहरुको जीनको फेरबदल गरिदिएको छ । पृथ्वीको संरचनाको बिरुद्ध भूगर्व उत्खनन् र प्रकृतिको बिरुद्ध ठूला ठूला र धेरै धेरै संरचना तथा साधनहरु बिकास गरिएका छन । जीवन प्राकृतिक रुपमा जिउने पद्धतिको बिपरित बिज्ञानको नाममा अप्राकृतिक प्रजनन् पद्धतिबाट बढी उत्पादनको नाम दिएर सबै चिजको ब्यापारकोमात्र आधार बनाएकोले सबै प्राणी र बनस्पतिको पुस्ता ब्व्राइलर पुस्तामा परिणत भएको छ, जसको कारणबाट सर्ब जीव र सर्ब बनस्पतिको जिन नष्ट हुदै गएको छ । बनस्पति र जीबको जिन नस्ट भएको कारणवाट दोस्रो पुस्ता अपाङ्ग, रोगि भै आफ्नो पुस्ता राख्न नसक्ने नपुङ्गसक पुस्तामा परिणित भएका छन् । तेस्रो लिङ्गी, रोगी र अपाङ्ग हुनु जिन नष्टका प्रमाण हुन् ।  विश्वमा मानव अहिले वलवीर्य बिहिनको अबस्थामा (आर्टिफिसियल ईन्टेलिजेन्स) नक्कलि मानव वौद्धिकताबाट काम चलाई रहेका छन । प्राकृतिक मानवमा फर्काउन, अन्य देशको भुमि, ज्ञान विज्ञानले सक्दैन । विश्व मानवलाई प्राकृतिक मानवमा फर्काउने र बचाउने भनेको एकमात्र उपाय, नेपालको प्रकृति र खाने सस्कृतिको सहायताबाट मात्र सम्भव छ । मानवताको रक्षामा नेपालबाट पुन जिन फर्काउने र विश्मा मानवताको सस्कृति पुन स्थापित गर्ने पहल कदमी अब नेपालबाट थाल्न सकिन्छ ।

 यो कठिन कार्य नेपालबाट मात्र संभव छ, यहाको जीवन्त हावा, पानी र बनस्पतिबाट सदा बलवीर्यवान रहने वाताबरण बनाउन सकिन्छ । नेपालमा विश्वभरमा भएका बनस्पति नेपालमा हुर्काउन, उमार्न उत्पादन गर्न सकिन्छ तर नेपालमा पाईने मृतसन्जिवनी विश्वभर उत्पादन गर्न सकिदैन । नेपालमा विश्वभर पाईने जडीबुटीको ६४ प्रतिसत नेपालमा मात्र पाईने हुँदा यहाँका हरेक बनस्पतिमा औषधि प्राप्त छ । मानव जिनको सजीबता राख्न शरीरलाई शक्ति दिन बनस्पतिजन्य खानाको तरिकाबाट खानालाई औषधि बनाउने, खाना तयार गर्ने मानिसलाई बैद्य बनाउने र भान्छालाई नै औषधालय बनाउने तरिकाबाट मानव स्वास्थको रक्षा मार्फत मानव जीनको रक्षा गर्न सकिन्छ, यो कार्य केवल प्रकृतिजन्य सजिव खानाबाटमात्र सम्भव छ ।

मानिस सदा वलवीर्यमान बन्ने ब्यवहार र खाना कसरी बनाउने ?

यो दुनिया नक्कली जीवनशैलिमा रमाई रहेकोले प्रकृतिलाई अपहेलना गरिरहेको छ । मानिस सदा वलवीर्यमान बन्ने ब्यवहार र आहार प्रकृतिसंगत जीवनशैली, हावा पानी र बोट बिरुवाबाट मात्र यो सम्भव छ । शरीरका संरचनामा, दुई प्रणाली स्वास्थ राख्ने दैनिक व्यवहार गर्नुपर्दछ ।

१, पाचन प्रणली  २, श्वास प्रश्वास प्रणालीको, दैनिक स्वास्थ राख्ने गर्नाले शरिरको संरचना अनुसारका सबै प्रणाली ठीकठाक रहन्छन् । शरिर केवल हावा पानीको संरचनाले बनेको हुन्छ । पाचन प्रणाली पानीको संरचनाले सफाई र स्वास्थ हुन्छ भने, श्वास प्रश्वास प्रणाली हावा र पानीले सफाई र स्वास्थ्य हुन्छ, त्यसैले स्वास्थ रहन पानी र हावाको सन्तुलनको साहारा लिनु पर्दछ ।

 १. पाचन प्रणाली स्वास्थ्य राख्ने ब्यवहारमा बिहान तातो पानी पिउने, शरीरको तौल अनुसार ७० प्रतिसत खाना पानीको रुपमा खाने व्यवहार गर्नुपर्दछ । खानालाई पिउने बनाउने र पानीलाई चवाउने बनाउने, तरिका नै पाचन प्रणाली सदा स्वास्थ राख्ने प्रकृया हो । कुनै पनि जंगफुड, अर्थात प्रोशेसिङ्ग फुड नै शरिरको प्रणाली बिरुद्धका खाना हुन । खानेकुरा खाँदा पूर्णभाग अर्थात कुनै भाग ननिकालि सेलुलोज सहितको खाना खानु पर्दछ । विरुवाको आधारका खानामात्र मानवका खाना हुन् । जनावरको बेसमा बनेका खानेकुरा खानुहुदैन । पानी पछिको दोस्रो खाना फलफूल, जराजुरी, जडीबुटी जीवन्त रस बनाएर खाने हो भने हरियो सागपात नै जीन रक्षा खाना हुन । जडीबुटी भनेको जरा, डाठ, पात, फुल, फल सबै खानमिल्ने र खाएमा शरिरमा पाचनरस पैदा भई रोग निरोधक शरीर बनाउने हुनाले औषधि बनाउने प्रथा चलेको हो, जडीबुटी प्रयोगको तरिका हालसम्ममा रोगलागेमा प्रोशेसिङ्ग गरेर खाने चलन चलाईएको छ तर यो सिधै जुस, चटनी, अचार, तरकारी, खानाकै रुपमा खाने गर्नाले शरीरमा रोग नै नलाग्ने हुन्छ । स्वस्थ्य शरीरले मात्र स्वस्थ्य जीव रक्षा गर्दछ । तेस्रो खानाको रुप अन्न हो । अन्नमा कार्बाेहाइड्रेड बढीहुने सेतो अन्नहरुलाई कम गर्ने र रंगिन अन्नहरु कोदो, फापर, मकै, जौ, ऊवा, चिनो, कागुनो, जुनेलो, लटे आदिका अन्न शरिरका संरचना परिचालनका खाना हुन् जसले पाचन प्रणालीलाई सदा सफा राख्दछ ।

२. स्वास प्रश्वास प्रणाली सफा राख्नको लागि बिहान, बेलुका ज्वानो, तुल्सी, पिपलकोपात, आपको पात, बोझो उमालेर पानी छानि एक नाकडुब्ने भाडोमा पानी राखी नाकबाट स्वासले पानीलाई ३१ पटक हान्ने जसलाई भ्हभ िभनिन्छ । पुरानो जीजु पुर्खाको पालामा बाफ लिने प्रकृयाको चलन चल्दै आएको थियो तर बाफ लिदा पानी नाकमा नछुने गरि लिईन्छ । भ्हभ िप्रकृयामा नाक डुबाईन्छ, मुखबाट स्वास लिएर नाकबाट जोडले फालिन्छ । यही कृयालाई सासले हान्ने कृया भनिन्छ, जसबाट स्वास प्रस्वास प्रणाली सधै सफा रहन्छ र कुनै प्रकारको समस्या नै पर्दैन ।

सदा स्वस्थ्य र बलवीर्यवान बन्न प्राकृतिक जीवन्त खाना, गहिरो निन्द्रा र कामबाट ब्यायाम हो । प्राकृतिक जीवन्त खाना, जो हामीले माथि चर्चा ग¥यौ प्राकृतिक खानाको रुप भनेको पानी शुद्धताको साथमा  बिहान फलफुल जराजुरीको जुस खाने, दिउसो घोड्ताप्रे, सितलचिनि, मरिचमा दहीको रैता बनाएर खाने र बेलुका दुध, अस्वगन्धा र बेसार सेवन गर्नाले शरिर स्वास्थको जगमा रहन्छ । गहिरो निन्द्राको लागि, बेलुका मनतातो पानीले खुट्टा धुनु र पैतलामा कागती रगडी सुत्नु गहिरो निद स्वतः आउँछ । कामबाट ब्यायाम भन्नाले, धाराबाट पानी बोक्नु, कपडाधुनु, खलमा मसला पिस्नु, कौशी, करेसाबारीमा तरकारी, जडीबुटी खेती गर्नु, घरमा झोलमल बनाउनु, शरीरको स्वस्थ्य राख्ने व्यायामका दिनचर्या हुन । 

शरीरमा सदासर्बदा शक्ति रहिरहन लसुन कुटने, ओखर, बदाम, काजु, धतुरो, तिल, आलस, प्याजको बिउ, कपासको बिऊ समभाग मिसाएर नडढ्ने गरि हल्का भुट्ने र भुटेको चना मिसाएर पाउडर बनाउने । पिपल, बेल, वर, कालोहलेदो, पहेलो हलेदो, निम, त्रिफला, पुनरनभा, घोड्ताप्रे, अमृतबुष्ट, नरिवल, समभागको पाउडर बनएर एउटा भाडोमा लिने । फलामको कराहीमा भेली पकाउने, (पकाउँदा तयार गरिएका सामान सजिलै डुब्ने गरि १ः३ भाग भेलि लिने) भेली उम्लिसकेपछि तयार गरिएका पाउडर मिसाएर राम्रो गरि चलाउने र तुरन्त आगो बन्द गरिदिने । १० ग्रामका ससाना लड्डु बनाउने, बिहान, बिहान पानी र फलफुल खाईसकेपछि २ बटाका दरले सदा  सेवन गर्नाले मानिस सदा बलवीर्यवान रहन्छ । पृथ्वीका अन्य मुलुकमा मानव जिन नष्टहुँदै गएपनि  नेपालबाट मानवको अस्तित्व रहिरहने छ । यो मानव र मानव सभ्यताको उद्गमको स्थल, मानताको भुमि  स्वर्गभुमिको देश हो, सबै नेपालीले गर्व गरौ ।

(लेखक ः कृषि र वाताबरण विज्ञ तथा भान्छा नै औषधालय प्रबर्तक)