कांग्रेसकी मैयादेवी राष्ट्रियता, प्रजातन्त्र र समाजवाद प्रति प्रतिवद्ध थिइन् । त्यसैले उन्ले आफनो जायजेथा कांग्रेसलाई समपर्ण गरिन । उन्ले दिएकै जग्गामा काग्रेसको मुख्यालयको भवन ठडिएको छ । दान गरे वापत उनले वाह वाह कमाइन् । त्यसमा विवाद आएन । दिल विकास राजभण्डारी ब्यपारी र राप्रपाका नेता दुवै हुन् । उन्ले पनि राप्रपाको मुख्यालयकोलागि धुम्वाराहीमा घरजग्गा मिलाइ दिए । त्यो पनि विवादमा आएन । तर भाटभटेनीका साहु मिन वहादुरले अरवौको जग्गा र त्यस जग्गामा एमालेको केन्द्रीय कार्यालय बनाइदिने घोषणा गरे त्यसले एमाले पार्टी भित्रमात्रै नभै  वाहिर पनि होहल्ला । मच्चायो किनकि मीन बहादुर विभिन्न भ्रष्टाचारकाण्डसंग जोडिएका छन् । युले अब एमाले पार्टीलाइ कुन रशातलमा पु¥यााउने हो त्यो हेर्न वाकीनै छ । 

देशको ढुकुटी खर्च गरेर, रातो किताव भित्र परेका साना ठूला आयोजनाहरु मैले वनाएको हो भनेर पर्चा छापी चुनाव ताका भोट माग्न जाने उमेदवारहरु पहिले नदेखिएका होइनन । पार्टी भित्र रहेर काम गर्दा उनीहरु आफुलाई नेता कार्यकत्र्ताको रुपमा प्रस्तुत गर्दछन तर जव स्वच्छ समाजसेवाको कुरा आउछ उनीहरु आफुलाई राजनीतिक कार्यकत्र्ता वा नेता नभनी समाजसेवीको रुपमा प्रस्तुत गरी वाहवाह बटुल्न खोज्दछन । समाजसेवा भनेको आफुले पसिना काढेर कमाएको धन वचाएर समाजको लागि गर्ने सेवामात्रै समाज सेवा हो भन्ने परिभाषामा अहिले प्रश्न चिन्ह लागेको छ । 

राष्ट्रबैकले सबै बैकहरुलाई आफनो नाफाको केहि प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व Corporate Social Responsibility (CSR) अन्तर्गत खर्च गर्न निर्देशन गरे वमोजिम वित्तिय क्षेत्रले समाज सेवामा केहि अग्रसरता देखाएको छ । यो निर्देशित समाज सेवा हो स्वेच्छाले गरेको समाज सेवा होइन । त्यसैगरी ब्यपारी घरानाहरु पनि समाजसेवा केहि सकृय देखिन्छन यस्तो समाज सेवा ब्यपारबाट खुद् नाफा आर्जन गरेको अवस्थामा मात्रै गरिने समाजसेवा हो गास, कटाएर गरिएको समाजसेवा होइन । 

दान गर्दा दाहिने हातले गरेको दान देब्रे हातलाई थाह नहोस भनिन्छ । भनाइको मतलव दान भनेको नाम कमाउन गरिने कार्य पनि होइन । आत्मसन्तुष्टिको लागि दाताले गर्ने पवित्र कार्य हो जुन स्वार्थरहित हुन्छ र त्यस्तो दाता समाजले औंलो ठडाएको ब्यक्ति हुनु हुदैन र ठडाएको छ भने कसैले पनि उस्ले गरेको दान स्वीकार गर्न हुदैन भनिन्छ । यस्को ठीक विपरित नेपालमा राष्ट्रघाती, भ्रष्ट्राचारी, नाफाखोर, विचौलिया र असफल राजनीतिज्ञहरु समाजमा आफनो प्रतिष्ठा वढाउन समाजसेवाको ढोग रची आफुलाई अब्बल श्रेणीको समाजसेवीको रुपमा प्रस्तुत गर्न मरिहत्ते गरेर लागि परिरहेका छन भन्ने प्रमाण एमाले र मीनवहादुरहरुले प्रस्तुत गरिरहेका छन् । 

देश वाढी पहिरोको चपेटामा परिरहेको छ । चाडवाडको मुखमा आएर हजारौ जनता घरवार विहिन वनिरहदा, हात मुख जोडन नसकिरहदा उनीहरुको घाउमा मलहम लगाउन न राज्य, न नेता र उनीहरुका दलहरु न ब्यपारी कोहि पनि अगाडि वढिरहेको देखिएको छैन । विपद कोषमा अरवौ रुपैया जम्मा हुदा समेत त्यो रकम पिडितसम्म पुग्न सकेको छ्रैन भने अर्को तर्फ ६ महिनामै २०औ रोपनि जग्गामा एमालेको अत्याधुनिक मुख्यालय वनाउने भन्दै अरवौंको दान दिने विवादित दानवीर पर्दामा देखिन्छ भने यो देशमा अपराधको राजनीतिकरण नभए के भइराखेको छ त ? यसमा दिने र लिने दुवैलाई कार्वाहि गर्नु पर्ने होइन ?  प्रधानमंत्री तथा एमाले अध्यक्ष खड्ग ओली भ्रष्टाचारीको मुख नहेर्ने कुरा मिडियामा बताउदै हिड्छन तर काम भने ठीक त्यस्को विपरित उनीहरुसंग झोली थाप्दै हिडछन भने ओलीले अव घरको भित्तामा  आफ्नो मुख हेर्ने ऐना नटास्दा हुन्छ । उन्का झोलेहरु भर्ति भएका भ्रष्टाचार उन्मुलन गर्ने जिम्मा पाएका राज्यका संरचनाहरुमा ताला लगाइदिंदा हुन्छ । चोर, डाकाहरुले समाज सेवा गर्ने भएपछि अव एकमात्र वाकि रहेको पवित्र समाजसेवाको क्षेत्र पनि कलंकित वन्दैछ । सावधान !!