दिपक श्रेष्ठ,
पछिल्लो समय सुन तस्करहरु प्रती राजश्व स्नुसन्धान बिभाग र नेपाल प्रहरी आक्रमक तरिकाले छानबिन तथा अनुसन्धानमा जुटेको छ भने कुनै पनि हालतमा सुन तस्करहरुले उन्मुक्ती नपाउने प्रहरी र राजश्व अनुसन्धान बिभागले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौको टोलिले सुन तस्कर गर्ने र लुट्ने गिरोहक ६ जना लाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कास्की घर भैइ काठमाडौको सकटामा कास्की होटल एण्ड लज सन्चालन गर्दै आएका बर्ष ६० का धन बहादुर गुरुङ्ग र निजक छोरा बर्ष २८ का नितेश गुरुङ्ग,काभ्रेपलान्चो जिल्ला सुनकोशी गाउपालिका ४ घर भैइ टेबहाल बस्ने बर्ष ३३ का राम कुमार श्रेष्ठ ,सिन्धुपाल्चोक जिल्ला मेलम्ची गाउपालिका का बर्ष ३६ का सुजन लामा,पाचथर जिल्ला फाल्गुनानन्द गाउपालिक १४ का हेम राज रसाइली र भारत दर्भङ्गा घर भै काठमाडौ महानगरपालिका १० बस्दै आएका राजेश कुमार जाजोडिया रहेका छ्न ।
प्रहरीका अनुसार गुरुङ्ग द्वय कास्की सब मनि चेन्जरको आडमा तस्करी भएर आएको र लुटेको सुन जम्मा गरेर विभिन्न सुन पसलहरुमा बिक्री गर्दै आएको र रसाइली र जाजोजियाले न्युरोड स्थित महाकाली ज्वेलरी पसल सन्चालन गर्दै आइरहेको हो भने रसाइलीले ललितपुर १४ ताल्छिखेलस्थित ताप्लेजुङ्ग पाचथर सिद्ध देबि सुन चादी पसल सन्चालन गर्दै आइरहेको जानकारी दिएको छ । गिरोहले बिदेशबाट काठमाडौ एयर्पोर्टमा रिसिभरको नाम दिएर पठाएको ५० ग्राम सुन लिएर आउने बाहकको पहिचान गरि लुट्ने गरेको र रिसिभरले पनि बाहकलाइ सुन बराबरको बिगो रकम असुल गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार लुटेरा र रिसिभर एउटै गिरोहको भएको दुई जनाको योजना बनाइ बाहकबाट रकम असुल्ने गरेको जनाएको छ । यसरी दैनिक आउने सुन लुटेर गुरुङ्गले सन्चालन गर्दै आएको मनि चेन्जर को माथिल्लो कोठामा जम्मा गरि उपत्यकाको विभिन्न सुन चादी पसललाइ अबैध तरिकाले बिक्री गर्दै आएको प्रहरीको भनाइ छ ।
प्रहरिले गिरोहले लुकाइराखेको १ सय १३ दशमलब ९ सय १० ग्राम सुन र ६ लाख १६ हजार रुपैया नगद पनि बरामद गरेको छ । भने पक्राउ परेका ५ जनालाइ थप अनुसन्धानको लागि राजश्व अनुसन्धान बिभाग पठाएको छ भबे एक जना लाई अभद्र व्यवहार मुद्दामा अदालतबाट म्याद थप गरेको जिल्ला प्रहरी परिसर काठमाडौले जनाएको छ ।
0 comment