आन्तरिक तथा बाह्य चिन्तनः

 मानिसमा आन्तरिक तथा बाह्य जगतको चिन्तन हुन्छ, यो मानवीय सत्य कुरालाई कुनै दार्शनिकले राजनीतिमा मनन् गरी समावेश गरेका छैनन् । मानिसको मन क्षण, क्षणमा बदलिरहन्छ । मानिस जहिले पनि मानवीय गुणमा आधारित रहेको हुन्छ, र सदासर्बदा आध्यात्मिकता spirituality को अबस्थामा हुन्छ । मानवतालाई जहिले पनि मापन गर्दा आध्यात्मिकतामा मापन गरिन्छ भने आध्यात्मिकतालाई मानवतामा नापिन्छ । यी दुबै कुराको जड मानवमा आन्तरिक तथा बाह्य संसार हुन्छ, आन्तरिक संसार मन र बाह्य संसार, प्रकृति हुन, । यी दुबै मानवमा निरन्तर विद्यमान हुन्छ । प्रकृति, माटो, पानी, हावा, ताप र आकास यी पाच चिज भौतिक वस्तु हुन तर मानवकल्याणमा आन्तरिक वस्तु मन बिना केही कुराको विचार आउदैन, त्यसैले मानवले आन्तरिक तथा बाह्य जगत दुबैको रूप भौतिकता र आध्यात्मिकता को जोड चाहिन्छ । यी दुई कुरालाई अलग गरेर हेर्न सकिदैन, यदि अलग गरेर हेरिन्छ भने कहिले पूर्ण विचार र चिन्तन बन्दैन ।

पुराना वादहरुमा यस चिन्तनलाई समावेस गरीएको छैन । समवाद र सुविधाराज्यमा मानव प्रबृतिको एकपक्ष मानव कल्याणमा आन्तरिक वस्तु मनलाई मानवता र आध्यात्मिकता सन्तुलन गरी,  यसको समाज तथा देशमा कल्याण कार्यमा अधिकतम उपयोगको आधार स्थापित गरीन्छ । निरन्तर मानवलाई काममा लगाई पूजीको विकास गर्न र स्वपरिचालन गर्न मानवको आन्तरिक मन, विचार, र व्यबहारलाई मिलान गरेर मात्र निरन्तर एक रफ्तारमा लैजान सकिन्छ । मानवको आन्तरिक मन स्वार्र्थी छ, व्यबहार स्वार्र्थी छ, तर बाहिर कुरा गर्दा साम्यवादका कुरा गर्ने, कल्याणका कुरा गर्ने, जस्ता नितान्त अव्याबहारिक र उल्टो बाटो अपनाई नागरिकलाई गुमराहमा राखी प्रशिक्षण गरेको कारणबाट मानव कल्याणको नजिक पुग्नुको वदला द्वन्द्व र प्रतिशोधमा परिणत भएको छ । अबको राजनीति सृजनात्मक सकारात्मक मन सहितको हुन्छ ।

वस्तु र वर्गः

माक्र्सले वस्तु र वर्गकोे सोचलाई प्रमुखतामा राखेर तुलना गरेर माक्र्सवादको कल्पना गरे । साम्यबादी विचारमा जुनकुरा संग कुनै साइनो देखिदैन, एकै वर्गमा मानिसै पिच्छे फरक फरक सोच हुन्छ भन्ने सामान्य कुराको समेत हेक्का राखेको देखिदैन, के वस्तु र एक वर्गलेमात्र मानव विकासमा महत्व राखेको हुन्छ र ? हुदैन । वस्तु र वर्गकोे रुपमा मात्र प्रमुख आधार मान्नु विचारको संकुचन हुन जान्छ । के साम्यवादको आधार मजदुर वर्गमात्र हो ? कदापि होईन, तर नेपाल जस्तो, उद्योगबिहीन देशमा मजदुर वर्गले क्रान्ति गरी साम्यबादको स्थापना गरिदिन्छ भनी एकपक्षीय तबरले मजदुरहरु बाट बन्द हडताल र काटमार गराएर केबल १७औँ, १८औँ शताब्दीमा अरू देसले गरेको क्रियाकलाप जस्तै नक्कल गर्नाले धेरै देशहरुमा त मानवताको भावना नष्ट हुनुको साथै रोजगारीका उद्योगहरुको बिनास  हुनपुग्यो । उद्योग सखाफको यो राम्रो उदाहरण नेपाल बन्यो र सबै नेपाली युवाहरुलाई बिदेश पठाउने उद्योगको रूपमा विकसित भयो ।
 यो सत्य कुरा हो कि सम्पूर्ण चिज भएर पनि खान नपाई दुःख पाउनु सबैभन्दा बिडम्बनाको अबस्थामा हुनु यही नक्कल गरेको देखाबटी क्रान्तिले उब्जाएको समस्या नै हो । 
जबरजस्त वर्गखडा गरेर, वर्गबिच लडाई गरी वर्गबिहीनताको कल्पना गर्नु मूर्खता सिबाय केही हुदैन, जहा द्वन्द्व हुन्छ, त्यहा प्रतिशोध हुन्छ । कामनै वर्ग हो, सबैले एउटै पोजिसनमा रहेर एउटै काम गर्न सक्दैन, यो कुरा बिलकुल असम्भवछ, त्यसैले वर्ग लोप हुदै हुदैन, अवसर, पहुच र सुबिधामा मानवलाई बराबरीमा ल्याउन सकिन्छ । तर काम नै हटाउन सकिदैन,  सबैलाई एउटै पोजिसनमा एउटै काम दिई बराबरीमा  ल्याउन सकिदैन ।
यसरी असम्भव र गलत कुरामा मानिसलाई प्रशिक्षण गरेर झगडालाई निरन्तरता दिनु सिवाय केही हुनसक्दैन । यस बिषयमा माक्र्सवादको उडन्ते, तथा हावादारी बिष्लेशणले गर्दा पाचसय बर्ष सम्म संसारभरका मानिसको जीवन लडाईको कारणबाट बर्वाद हुनु परेको साँचो  यथार्थलाई मनन् गर्ने हो भने, मानवता माथिको डरलाग्दो चित्रण देखिन्छ ।
यो चित्रण वर्गकोे सोचबाट, निषेधको राजनीतिक प्रशिक्षणबाट भएको हो ।
नीजि पूँजी र प्रयोगः 
नीजि सम्पति नीजि आर्जनको पूँजी , खुसी, सुखी मापनको साथै प्रगतिको मापनको स्केल हो, तथापि माक्र्सले यस कुरालाई पुरै नकारेका छन । यही कुरा शतप्रतिशत गलत छ कि विकासको महत्वपूर्ण कडि के हुन सक्दछ, भने निरन्तर रूपमा पूँजीको विकास नगरी नागरीकलाई सुविधा दिन सकिदैन ।
 सम्पति पुरै राज्यको हुने तर निरन्तर पूँजीको विकास कसले गरिदिने ? निरन्तर पूँजी विकासको लगाब ९मचष्खभल ायचअभ०भनेको आफुले कमाएको सम्पतिमा आफ्नो मात्र अधिकार स्थापित हुनु हो । स्वभाबैले मानिस स्वार्र्थी प्राणी भएकोले अरुको निम्ति मात्र कमाई गरीदिदैन । आफुले कमाई गरी आफैले पूर्ण उपयोग अथवा पूर्ण स्वतन्त्रताको रुपमा प्रयोग गर्न पाउने भएपछि मात्र आर्थिक प्रगतिको मापन गर्न सकिन्छ । यही नै पुजी विकासको मापन हो ।
 व्यक्तिले कमाएको सम्पतिमा व्यक्तिको मात्र अधिकार स्थापित भएमा मात्र कमाउने जाँगर आउछ । यही कुरालाई माक्र्सले बिलकुलै ध्यान दिएका छैनन् । मानिसको प्रबृति, ब्यबहार व्यक्तिबादी र स्वार्थी हुन्छ, तर कुरा उदारबादी गरेर मात्र प्रबृति र ब्यबहार ठ्याम्मै नमिल्नाले माक्र्सवादको दर्शनले मानव ब्यबहारको उल्टो बाटो तय गरेको छ । मन र ब्यबहारको कुरा माक्र्सवादमा आउदैन तर नक्कली ब्यबहार र मुखको कुराबाट मात्र साम्यवाद आउदैन ।
 सम्पति पुरै राज्यको हुने तर व्यक्तिले निरन्तर काम गरिरहने जस्ता अव्याबहारिक पक्ष माक्र्सवादका असफल पक्ष हुन । निरन्तर पूँजी विकासमा माक्र्सवादको सिद्धान्त लागुहुन नसक्ने हुनाले नै साम्यवाद असम्भवभएको हो । माक्र्सवादको असफल पक्ष भनेकै नीजि पूँजी माथिको कमजोर र अव्यबहारिक र उल्टो बिश्लेषणको साथै मानवप्रबृति र ब्यबहारको उल्टो रुपमा बिश्लषण गर्नुको कारण हो ।
 जीवन र समय ः
जीवन र समयको कुरा सबैभन्दा महत्वपूर्ण कुरा हो, तर साम्यवाद कल्पनाको कुरा बनाईयो, किनकि साम्यवादले तय गरेको बाटो द्धैस, द्धन्द्व वर्ग, लडाई, त्रास, ईष्र्र्या समावेश गरिएको अप्ठ्यारो र एकपक्षको बाटो हो । कुनै पनि सुविधा जीवनको लागि हो, तर सयौँ पुस्ताको समय अवधि साम्यवादमा देखाउनु सिद्धान्तको लागि जीवन रहनु नकि जीवनका लागि सिद्धान्त, यो कुरालाई गहिरो रूपमा सोच्दा अव्यावहारिक र अप्रासाङ्घिक भएकोले हाँसोलाग्दो छ ।
माक्र्सको यही पुरानो बाटो साम्यवादलाई मापनको स्केल बनाई, गणितीय संकेतमा भन्दा इनफिनिटि ९∞० जस्तै लाग्दछ ।  किनकि समय, उत्पादन र सुविधा कहिल्यै मिल्दैन, । एकपक्षको सोच र बाटोबाट अनन्तकालको राजनीति कल्पना मात्र हो । जीवनको दशक अवधिमा मापनमा आउने सम्भव कुराहरु र निरन्तर रूपमा चल्ने आर्थिक चक्र नभए सम्म परिकल्पनाले नागरिकलाई सुविधादिन सकिदैन । यही कुरा बढी महत्वपूर्ण छ । समग्र पक्षलाई केलाएर सबैलाई मिलाएर मात्र नागरीक सबैलाई सुविधादिन   सकिन्छ ।
दशर्नले जीवनको समय र अवधि भित्र शान्ति सुख र सम्मृद्धि दिनेहुनु पर्दछ ।
पुराना दर्शनमा यही कुराको अभाव छ । दर्शन जीवनका लागि हो, नकि जीवन दर्शनका लागि, त्यसैले जीवन र समयको तारतम्य अनिवार्य मिलेको हुनुपर्दछ । यो कुरा पुराना दर्शनमा समावेश गरेको पाईदैन । आफ्नो जीवन अवधिमा कल्याण गर्न सकिने, आफुले प्राप्त गर्न सकिने र मानव सबैको कल्याण हुने कुराको सोचबाट दर्शन र विचारको विकास भएको हुनु पर्दछ, तर समग्र मानवको हितकारी योजना तथा विचारबाट अभिपे्ररित भएका पुराना राजनैतिक विचार र दर्शन छैनन् ।
एक्काइसौैँ सताब्दीको समवाद र सुविधाराज्य को यस दर्शनमा बैदिक कालीन समवाद देखि लिएर पूँजीवाद, समाजवाद र साम्यवाद सम्मको बिश्लेषणात्मक अध्ययन गरी सबै पक्षको कमी कमजोरी हटाई पूर्ण समाधान  सहितको समवाद र सुविधाराज्यको विचार विकिसत गरिएको हो ।
यस विचारधारामा मानव जीवनलाई सुखमय, सुविधामय बनाउने, आफ्नो जीवनकालमै स्थापित हुने मानवीय आवेगलाई समावेश गरीन्छ , त्यो हो प्रविधि, मानवता, आध्यात्मिकता, जीवन र समयको संयोजन । आफ्नो जीवन अवधिमै व्याबहारिक प्रयोग हुने, दैनिक जीवनमा क्रमिक सुधार देखिने र सुखमय, सुविधामय जीवन पद्धति स्थापनाका लागि दर्शन चाहिन्छ । आईपरेका समस्या समाधानमा तत्काल तत्परता आउनु पर्ने हुन्छ र समाधान चाहिन्छ तब मात्र दर्शन जीवनोपयोगी हुन्छ । हालसम्मका दर्शन केवल सिद्धान्तको कोरा रटाई मात्र भएका छन् । समवाद र सुविधाराज्यले सबै प्रकारको राजनैतिक समस्या समाधानको पूर्णताको बाटो स्पस्ट गर्दछ ।