असार ६ नेपालको एकीकरणका योद्धा बहादुर शाहको जन्मदिन हो । पृथ्वीनारायण शाहपछि विशाल नेपालका निर्माता कुमाउँ,(गढवाल काँगडादेखि दक्षिणमा गङ्गासम्म पुर्याउने ती महान स्मरणीय सपुत बहादुर शाहको २०५ औं जन्म जयन्तीमा सम्मानकासाथ श्रद्धाञ्जलि अर्पण गरौ !

राष्ट्र निर्माता पृथ्वीनारायण शाहका कान्छा छोरा बहादुर शाहको जन्म नुवाकोट दरबारमा विक्रम संवत् १८१४ असार ६ गते भएको थियो । उनी जन्मेको बेला बुबा पृथ्वीनारायण शाह कीर्तिपुर युद्धमा व्यस्त थिए । त्यसयुद्धमा आफ्रना विश्वासप्राप्त योद्धा कालु पाण्डेर्ला गुमाउनु परेकोले उनी तनावपूर्ण स्थितिमा थिए । पृथ्वीनारायण शाहलाई समेत खतरा आइलाग्ने अवस्था थियो । त्यहीबेला बहादुर शाहको जन्म भएको थियो । यो खबर सुनेर पृथ्वीनारायण शाहलाई युद्धको तनावको मारमा परेको बेलामा तनाव भूल्नसक्ने परिस्थिति आएको थियो ।

हिमवतखण्डका स–साना राज्यहरु कब्जा गरेर एकलौटीरुपमा आफ्रनो कब्जामा राख्न यष्ट इण्डिया कम्पनी आक्रमण गर्न बाटो खोजेर बसिरहेको अवस्थामा गोर्खाका राजा पृथ्वीनारायण शाह र उनीपछि उनका कान्छा छोरा बहादुर शाहबाट हिमतखण्डका थुपै्र हिन्दु राज्यहरुको एकीकरण गर्न सम्पूर्ण जाति थरीहरुको सहयोगमा दाम, दाम, दण्ड, भेदको नीति लिएर विशाल नेपालको एकीकरण गरेर विशाल नेपालको सिर्जना हुन सकेको थियो ।

लगभग एकहजारबर्षसम्म मुसलमान र अंग्रेजको साम्राज्यबाट भारतबर्षका प्राचीन सभ्यता र हिन्दुत्व अधिक्रमणको कारणले भारतमा हिन्दु अस्मिता विटुलो भइसकेको थियो । भारतमा अंग्रेजहरुबाट हिन्दुअस्मिता माथि आक्रमण बढ्दो अवस्थामा पुगेपछि नेपाल पनि अछुतो हुने स्थिति थिएन । तर गोरखाका राजा पृथ्वीनारायण्को दूरदर्शी र सक्षम नेतृत्वबाट समयमा नैं यसक्षेत्रको सार्वभौम अस्तित्व जोगाएर हिमवतखण्डका ५४ स–सना हिन्दु राज्यहरुलाई एकीकरण गरेर विश्वको एक मात्र हिन्दु अधिराज्य स्थापना गर्न सकेका थिए । यसउसले यो भूमि कहिले पनि बिटुलो भएन ।

हिमवतखण्ड भनेको पूर्वमा ब्रम्हपुत्र पश्चिममा हिन्दुकुश, उत्तरमा कैलाश–मानसरोवर र दक्षिणमा गंगासम्मको भूभाग हो भने गंगादेखि हिन्दमहासागर सम्मको भूभागलाई भारतखण्ड भनिन्छ । हिन्दुअस्मिता बोकेका राष्ट्रहरुमा ‘हिमवतखण्ड नेपाल’ र ‘भारतखण्ड’ हुन् । यी दुबै राष्ट्रबाट विश्वभर हिन्दु दर्शन,संस्कृति र सभ्यताको विस्तार भएको हो । यो हिमवतखण्ड नेपाल तथा भारत बीचमा यगगौंयुगदेखि गहन तादाम्यता छ । नेपालको एकीकरणको बेलादेखि नैं विदेशीहरुका अनेकौं षडयन्त्रबाट पटक पटक अनेकौं रक्तरञ्जित काण्ड घटेता पनि नेपालले आफ्रनो स्वाभिमान बचाएरै राख्न सकेको थियो ।

पृथ्वीनारायण शाहबाट प्रारम्भ भएको विशाल नेपालको एकीकरणको अभियानलाई उनको स्वर्गारोहणपछि उनका कान्छा छोरा बहादुर शाहले विशाल नेपाल कायम गर्न अथक प्रयत्न गरेका थिए । वंशावलीअनुसार जेठा प्रतापसिंह शाह, त्यसपछि बहादुर शाह र नारायण शाह भने विष्णु शाहलाई माइलो छोरा थिए । त्यति बेला मरेको छोरालाई गणना गरिँदैनथ्यो । कान्छो छोराको मृत्युका कारण माइलो भएर पनि चलनचल्ती अनुसार बहादुर शाहलाई नै कान्छो भनिएको हो ।

बहादुर शाहले मूलुक मात्र जिेतेका थिएनन् उनले मुलुकमा राम्रो बन्द्योबस्त मिलाउन सकेका थिए । बहादुर शाह यो मुलुकको पहिलो मुलुकी ऐन बनाउने नायक हुन, उहाँले १८४८ मा कृषि क्षेत्र, भुमीसुधारका क्षेत्रमा र हतियार निर्माणमा समेत आमूल परिवर्तन गरे र आफैंमा आत्मानिर्भर हुने मौलिक र बैज्ञानिक बाटो अबलम्बन गरे। १८४९ मा कानुन तथा स्थिति बाँधे त्यो स्थितिले पुर्व टिष्टा पश्चिम् काँगडा सम्म फैलिएको बिशाल नेपाल अधिराज्यको शान्ति सुरक्षा, न्याय र प्रशासन बिदेश नीति र कुटनितीलाई स्वतन्त्र र स्वाधीन बनाउन बलियो विधि बिधान नीति र नियमको ब्यबस्था गरे, बहादुर शाहले बाँधेको स्थिति-ऐन सबै बडामहाराजधिराज पृथ्वीनारायणको महान दिब्योपदेशको ब्यबहारिक निरन्तरता थियो ।

बहादुर शाहले हिमवतखण्डका थुप्रै हिन्दु राज्यहरुलाई शकभर लडाई नगरी आश्रित राज्य बनाउने निितसम्म थियो । यसनीतिको फलस्वरुप पाल्पा, मुस्ताड, जाजरकोट, सल्यान, बझाड, गढवालसम्म इत्यादि अनेक राज्यहरु नेपाल अधिराज्यमा सम्मिलित गराउन सकेका र यमुनासम्म साँध भई सिरमोढसँग संन्धि भएकाले पश्चिमतर्फ शान्ति कायम थिएको थियो । यी सबै सर्तहरु कायम राख्न सक्षम बहादुर शाहको योगदान नेपालको इतिहासमा अबिस्मरणीय छन् ।

बहादुर शाहले शक्तिबल्लव, बाणीविलास जस्ता विद्वान पण्डितहरुलाई प्रेरित गरेका र विद्वानहरुबाट नेपाली भाषामा ग्रन्थ लेखाउने बहादुर शाहकै प्रेरणा थियो । नेपालमा नयाँ नयाँ हतियार र तोपहरु बनाउन बहादुर शाहको ठूलो योगदान छ । बहादुर शाहले आफ्रनो नायवीकालमा रामकृष्ण कुवर लगायतका भारदारहरुलाई संतुष्ट राखेकाले उनीप्रति भारदारहरु प्रसन्न थिए ।

नेपालको राष्ट्रिय एकीकरणको बेला विभिन्न राज्यहरुसँग भिड्नु पर्ने स्थितिमा रसदपानीको व्यवस्था मिलाउन बहादुर शाहलाई धेरै कठीन थियो । त्यसबेलामा राजा रणबहादुर शाह राज्यकोषबाट धेरै खर्च गर्नेगर्थे । उनलाई पैसाको कमी हुन थालेपछि राजा रणबहादुर शाह र बहादुर शाहबीचमा संवन्ध चीसिन थालेको थियो । महारानी राजेन्द्रलक्ष्मी पनि पछिका दिनमा बहादुर शाहसँग सन्तुष्ट थिइनन् ।
वास्तवमा लडाईमा अथाहा सम्पत्ति खर्च हुन्थ्यो । लडाईको खर्च तुरुन्तै हिसाब बुझाउन संभव थिएन । यसकुराले बिस्तारै राजा रणबहादुर र नायब कहादुर शाहबीचमा खटपट बढेर आखिरमा रणबहादुर शाहबाटै नजरबन्द गराए । बहादुर शाहको नीति विशाल नेपालमा सरिक भएको र चीनप्रति नजिक हुन लागेकामा अंग्रेजहरु संतुष्ट थिएनन् । इष्ट इण्डिया कम्पनी भारतबाट नेपाल ताथ तिब्बतसँग ब्यापार बढाउन उत्सुक थियो । हेतौडाको बाटो हुँदै भोटमा अंगे्रजी माल समाग्रीहरु प्रवेश गराउन पाए भोटको ठूलै भागमा बिस्तार पाउने थियो भन्ने मनसायमा थियो । बहादुर शाहको वीरता देखेर अवधका नबाबले पनि नेपालसँग मित्रताकै व्यवहार गर्ने नीति लिएको थियो । चीनसँग संबन्ध कायम भएपछि अंग्रेज पनि नेपालसँग दच्किन लागेको थियो ।

त्योबेला अंग्रेज मौका हेरेर पर्खि बसेकोमा बहादुर शाहको बिरुद्ध नेपालका कुरौटे, भरौटे भाइभारदारहरुलाई अनेकौं तिग्णम गर्न पछि परेनन् । अनेकौं षडयन्त्रबाट नेपालका सपुत बहादुर शाह विक्रम संवत् १८५४ साल असार १४ गते ४० बर्षकै उमेरमा स्वर्गीय भएका थिए । दुःखको कुरा छ कि देशको लागि अरु सशक्त बन्नुपर्ने बेलामा अंग्रेजको षडयत्रबाट दरबाररियाहरुलाई उचालेर बिष्णुमती किनारको जेलमा कैदखानामा बहादुर शाह स्वर्गीय भएका थिए । तर बहादुर शाह प्रतिष्ठानको आलेखमा बहादुर शाहलाई नुवाकोटमा नैं पु¥याएर अत्यन्त दुःख दिएर हत्या गरिएको थियो पनि भनिन्छ । बहादुर शाहलाई त्यसरी हत्या गरिएर नेपाल माथि बिपत्ति ल्याउने प्रयत्न भयो ।

बहादुर शाहको उदयमान बहादुरी बेलायतलाई पचेन र त्यो इष्ट इन्डिया कम्पनीको षडयन्त्रको उक्साहटमा दरबार वरिपरि घुम्ने स्वार्थी र अवसरबादी चौतरियाहरुलाई प्रयोग गरेर हुँदै नभएका झुटा मुद्दामा कषटडिमा राखेर हदैसम्मको शारीरिक-मानसिक यातन दिएर १८५४ असार १४ का दिन महापुरुष बहादुर शाहको हत्या गरियो। बहादुर शाहको मृत्युबारे तीन स्रोत छन्, एउटा अंग्रेज, अर्को चिनियाँ । तेस्रो हाम्रो आफ्नै स्थानीय भनाइ । यो भनाइ खासमा उनको परिवारको हो । त्यो समय काठमाडौंको भीमसेनस्थानमा जेल थियो । स्थानीय रूपमा त्यस स्थानलाई भिद्यंपाचा भनिन्छ । अहिले त्यही स्थानमा परोपकार केन्द्र छ । बहादुर शाहलाई त्यहींको जेलमा राखिएको थियो । उनको परिवारको के दाबी थियो भने उनको मृत्यु स्वाभाविक थिएन । त्यो प्राकृतिक थिएन ।

नेपालको दूर्भाग्य नैं हो कि बहादुर शाह जस्ता महान सपुतको त्यो कलीलो उमेरमा नैं षडयन्त्रपूर्वक हत्या गरियो । हिमवतखडको सम्पूर्ण भूभाग पूर्वमा ब्रम्हपुत्र, पश्चिममा हिन्दुकुस र दक्षिणमा गंगासम्म विशाल नेपालको भूमाग हुन्थ्यो । यसो भएपछि दक्षिण भारतबर्षमा साम्राज्य जमाएर बसेको इष्ट इण्डिया कंपनीको पनि केही चल्दैनथ्यो । त्यो गौरवबाट बन्चित भएर अहिले खुम्चिएर बस्नु परेको छ ।

नेपालको एकीकरणमा कुमाउँ( गढवालदेखि गंगासम्म नेपाललाई फैलाउन सक्षम नेतृत्व गरेका राजकुमार बहादुर शाहलाई नेपालको विभूतिको रुपमा अहिलेसम्म नराखिएको हुँदा उनलाई विभूति घोषणा गरिनु पर्छ । यसोभएमा सरकारले बहादुर शाहको विशाल नेपालको एकीकरणका पृथ्वीनारायण शाह झै ती सपुतको सही मूल्यांकन गरेको ठहर्छ ।
पृथ्वीनारायण शाहबाट थालनी भएको महायक्षलाई पूरा गर्नमा समर्पित रहेकाले आज हामी नेपाली हौं भनेर शिर ठाडो गरेर हिड्न पाएका छौं । पृथ्वीनारायण शाहको स्वर्गारोहणपछि दाज्यू सिंहप्रताप शाहसँग खटपट गरेर केही बर्षसम्म बनारसमा निर्वासित रहेकाले विदेशीहरुको चालसँग यिनी विदेशी रणनीतिसँग परिचित थिए । पृथ्वीनारायण शाहको स्वर्गारोहण हुँदा बहादुर शाह १८ बर्षका थिए । प्रचापसिंह शाह स्वर्गीय हुँदा उनी २१ बर्षका थिए । महारानी राजेन्द्रलक्ष्मीको देशवसान हुँदा उनी २८ बर्षका थिए । उनको नायबी २८ बर्षदेखि ३७ बर्षसम्म ९ बर्ष चल्यो । उनको बिवाह २९ बर्षमा भएको थियो ।

नेपाललाई चीनको सम्भावित आक्रमणबाट बाँच्न बहादुर शाले तत्कालीन गभर्नर जलरल लार्ड कार्नवालिसलाई सहायतको अनुरोध गरेको थिए । तर इष्ट इण्डिया कम्पनीले नेपाललाई सहायता गर्दा भोटसँगको ब्यापारमा धक्का पुग्ने देखेर अंग्रेजहरुले नेपाल सरकारलाई सहायता दिन चहाहेनन् । तर यो मौकालाई पनि चुकाउन अंग्रेजले नदिएर आफ्रना बनारसस्थित रेजिमेण्ट जोनाथन डंकन मार्फत नेपाल र कंपनीका राज्यहरुबाट आयात निर्यात हुने व्यवसायिक मालसमानहरु उपर सवादई प्रतिशतले भन्सार लिने कुरामा सहमत भएर भविष्यमा अंग्रेजसँग सैनिक सहायत प्राप्त हुनसक्ने आशाले बहादुर शाहले नेपाल सरकारतर्फबाट त्यो सन्धिमा हस्ताक्षर गरेका थिए । त्योबेला इष्ट इण्डिया कम्पनीले अंग्रेजी दूत कर्कपेट्रिकको प्रतिनिधि मण्डल नेपाल सरकारसँग सहमति कायम गर्न सन् १७९३ मार्चमा आएका थिए । तर यसको केही दिन अगाडि नैं नेपाल चीनबीच संधि भइसकेकाले त्योबेला अंग्रेजको कुटनीति असफल हुन गएको थियो । तर नेपाल तथा तिब्बत र चीनसँग समझदारी बढिरहेको अवस्थामा इष्ट इण्डिया कम्पनी संतुष्ट थिएन ।

नेपाललाई थाहा थियो कि अंग्रेजसँग समझदारी बढाउनु भविष्यको लागि राम्रो हुँदैन । त्योबेला चीनसँग संधि गर्नु दूरदर्शी कार्य थियो । तिब्बतलाई तयसबेला भोट भनेर चिनिन्थ्यो । नेपाललाई थाहा थियो कि तिब्बतको आड चीन नैं थियो । भोटका प्रथम दलाई लामाको नियुक्ति विक्रम संवत् १४७६ मा चीनबाटै भएको र त्यसपछिका अहिलेसम्म तिब्बतमा निर्वासित दलाई लामा समेत १३ दलाई लामाहरु भई सकेका छन् । वास्तवमा तिब्बत प्राचीन समयदेखि चीनको अभिन्न भूभाग हो ।

भोटसँग चीनको प्रभाव राम्रो रहेकाले चीनलाई मध्यस्थ बनाउन बहादुर शाहले चाहना थियो । तर भोटको बाटो चीनमा चिठ्ठी पुग्न पाएन । त्यसबेलामा दलाई लामाले सिक्किमलाई उचाली नेपालको पूर्वतर्फ आक्रमण गराए । त्योबेला काठमाण्डौंबाट बहादुर शाहले देवदत्त थापाको नेतृत्वमा पठाएको फौजसँग सिद्धपोखरीमा ठूलो लडार्इ नेपालको जीत भयो । त्योबेला सिक्किमले नेपालको आधिपत्य स्वीका¥यो । सिक्किममा आफ्नो हार भएपछि दलाई लामा टसी लामाले चीनसँग सहायता मागे । चीनबाट सातहजार सेना भोटको सहायताको लागि आयो ।

नेपालको राजधानी काठमाण्डौं दखल गर्ने सोचमा चीनियाँ फौज सक्रिय भयो । विक्रम संवत् १८४९ असारमा चीनिया फौजसँग घमासान लडार्ई भयो । दुई सय चीनिया र तीनसय नेपालीले वीरगति प्राप्त गरे । केरुडमा चीनको दखल हुन पुग्यो । नेपाली फौज रसुवाको धुन्चेमा थियो । चीनियाँसँग भिड्न बहादुर शाहले राजधानीबाट काजी दामोदर पाण्डे र बम शाहको नेतृत्वमा सेना लिई धेन्चे पुगे । चीनियाँसँग मुडभेट भई घमासान लडार्ई भयो ।

चीनिया फौज १५०० मरे र अरु भागेर फर्के । त्यसपछि चीनिया पक्षले संधिको कुरा उठाए । त्योबेला नेपाली फौज ५०० हताहत भए । बहादुर शाहको मित्रवत् कुटनीतिको कारणले चीनसँग संधि भयो । चीनसँगको पहिलो संधि बहादुर शाहकै नेतृत्वमा भएको थियो ।
चीनसँग संधि भएपछि चीनका बादशाहकहाँ नेपालबाट पाँच बर्षमा राजदूत जाने व्यवस्था भयो । त्यस संधिमा शस्त्रधारी सैनिक बाहेक नेपालका प्रत्येक नागरिकलाई भोट, च्निका राज्यमा पर्यटन गर्ने, कारखाना खोल्ने, ब्यापार गर्ने अनुमति प्राप्त हुने,नेपाल भोट कुनैले अर्काको जमीन दखल गर्न खोजेमा दुबै देशका सरकारी प्रतिनिधिहरुले पेकिड दरबारलाई निर्णयको अन्तिम सूचना पठाउने, विदेशी शक्तिले नेपालउपर आक्रमण गरेको खण्डमा चीनले अवश्य नेपालको सहायता गर्नेछ, चीनले नेपाललाई मैत्रीपुर्ण उपहार पठाउने र प्रतिनिधि मण्डल पेकिड आउँदा जाँदा प्रत्येक किसिमको सुबिधा हुने प्रवन्ध मिलाउने छ भन्ने संधिमा उल्लेख भयो । चीनका बादशाहले नेपालका राजा रणबहादुरलाई सम्मान गर्ने र नेपालको तर्फबाट चीनको बादशाहलाई उपहार पठाउने चलन पनि त्यसबेलादेखि चल्यो ।

बहादुर शाहको जन्म नुवाकोटमा भएको र उनको मरण पनि नुवाकोटमा नैं भएकाले अव बन्ने केरुङ,रसुवा नुवाकोट मार्गको नाम बहादुर शाह मार्गकायम गरिनु पर्छ । बहादुर शाह जस्ता सपुतको नेपालमा सम्मान भइरहनु पर्छ । विशाल नेपालका अग्रदूत बहादुर शाह नेपालको इतिहासमा अजर र अमर छन् ।