विश्वमा नेपाल मन्दिरै मन्दिरको धार्मिक संस्कृति सम्पन्न राष्ट्र हो । यसै मुलुकको लुम्बिनीमा जन्मेको गौतम बुद्ध जस्ता ज्ञानका ज्योतीले नेपालको पौराणिक धार्मिक गाथालाई उच्च राखेको कुरा बौद्धिक ग्रन्थमा उल्लेख भएको पाईन्छ ।
पश्चिमाञ्चल विकास क्षेत्र लुम्विनी अञ्चल कपिलवस्तु जिल्लाको आफ्नै धार्मिक सांस्कृतिक पहिचान रहि आएको छ । लुम्विनीले तराई क्षेत्रको सानो भु—भाग मात्र ओगटेको भएपनि बौद्ध धर्मावलम्वीहरुका निम्ति उक्त स्थान क्षेत्रफलको दृष्टिले नभई धार्मिक दृष्टिले अत्यन्त महत्वपुर्ण श्रद्धा भक्तिको रुपमा रहि आएको पाईन्छ । बुद्धको महान् विचारले गर्दा नै यो स्थान पवित्र र गरिमामय भएको छ ।
हिमालयको काखमा अवस्थित हाम्रो देश हरियाली प्राकृतिक सौन्दर्यले भरिपुर्ण रुपमा सजिएको सुन्दर राष्ट्र हो भन्ने कुरा पनि सर्वविदितै छ । यहाँका गगनचुम्बी हिमाली दृश्यहरु हेर्न र सांस्कृतिक पक्षलाई अवलोकन गर्न धेरै राष्ट्रका विदेशी पर्यटकहरु नेपालमा आउने गर्छन् । ती पर्यटकहरु लुम्विनी नगई आफ्नो यात्रा पुरा गर्दैनन् । यहाँ विभिन्न धार्मिक स्थलहरुको तुलना गर्दा प्रख्यात रुपमा लुम्विनीलाई मान्नु पर्छ । बुद्धले प्रतिपादन गरेका ज्ञानबाट नै गौतम बुद्धलाई ज्योती) भनिन्छ ।
लुम्विनी अञ्चलको कपिलबस्तुमा रहेको विभिन्न ऐतिहासिक–पुरातात्विक बस्तुहरुले यस ठाउँको महत्व दर्साउँछ । जसमध्ये तिलौराकोटको आफनै महत्व रहेको पाईन्छ । लुम्विनीबाट २५ कि.मि पश्चिम तिलौराकोटमा राजा दुर्योधनको राजप्रसाद रहेको थियो । पा्रचीन कालमा भागीरथी नदी (वाणगंगा) को किनारमा एक छाप्रो बनाएर कपिल नामका मुनि तपस्या गरी बसेका रहेछन् । त्यो बखत कौशल देशबाट निकाला गरिएका राजकुमार त्यहाँ घुम्दै आएछन् र कपिल मुनीले त्यहाँ एउटा सहर बसाल्न भनी सल्लाह दिएछन् । त्यही आदेशबाट उनीहरुले शहर बसाएको हुनाले यस स्थानको नाम कपिलमुनिको नामसँग गाँसिएर कपिलवस्तु रहन गएको किम्वदन्ती पाईन्छ ।
लुम्विनीको कपिलबस्तुको सेरोफेरोमा पर्ने डरगाउँ, समयमाई मन्दिर, तौलेश्वर, (ताम्रेशवर) मन्दिर, सरगहवा, निग्लहिवा, निग्लीहवा, कुदान, गोटीहवा, आरोराकोट, सरडुम, सिसहनिया, रामग्राम आदि बुद्धसँग जोडिएका पौराणिक धार्मिक–सांस्कृतिक महत्वका स्थानहरु हुन् । जसलाई उत्खनन्, अन्वेषण गर्दै जानु पर्ने देखिन्छ । कपिलवस्तु नै यस्तो ठाउँ हो जहाँ बुद्धले प्राचीनकाल देखि बारम्बार अवतार लिँदै आएको बताईन्छ । गौतम बुद्ध भन्दा धेरै काल अघि क्रुकुच्छन्द बुद्ध, कनकमुनि बुद्ध, विपश्वी बुद्ध आदिले यही नेपालको भूमिमा जन्म लिएका छन्। बुद्ध भन्नाले बुझेको जानेको तथागत साङे भन्ने जनाउँछ ।
क्रुकुच्छन्द बुद्ध : कपिलवस्तुको तौलिहवा देखि ५ किं .मि दक्षिण गोटीहवा भन् ठाउँमा क्रुकुच्छन्द बुद्धको जन्म भएको थियो । त्यहाँ सम्राट अशोकले ती बुद्ध पहिले जन्मेको ठाउँ भनी पहिले स्तम्भ खडा गरेका थिए । जसलाई गोटीहवा अशोक स्तम्भ भनिन्छ । वहाँको त्यहिँ अन्तिम संस्कार भएकाले हाड अवशेष पछि प्राप्त भयो । वहाँको श्रीमतीको नाम ककुच्वतीथि थियो । ती बुद्धको स्तम्भ पछि भाचिँयो । हाल फुटेश्वर महादेव भनी पुजित सो स्तम्बको उत्खनन्न कार्य भईसकेको छ । त्यहाँ प्राचीन स्तुप कोइलाहरु प्नि पाइयो ।
कनकमुनि बुद्ध – कपिलबस्तुको सदरमुकाम तौलिहवाबाट लगभग ८/९ कि.मि उत्तरतिर निग्लिहवा वा सिसहनियामा कनकमुनिको जन्म भएको थियो । सो दिन आकाशबाट सुनको वर्ष भएको थियो रे । त्यसैले कनकमुनि नाम रहन गयो । सो बुद्धको नाममा अशोकले दोस्रो स्तम्भ खडा गरे । नेपालमा अशोक स्तम्भ खडा गरे । नेपालमा अशोक स्तम्भ ३ वटा स्तम्भ मध्येको यो दोस्रो स्तम्भ हो । हाल यो स्तम्भ भुइमा लडेको अवस्थामा छ । यस अवस्थामा ब्राहमी लिपिमा लेखिएको (जो पुरानो लिपी बहमाले दिएको र भारतबाट भएको भनिन्छ) केही वाक्य, चराको चित्र, नोपलीमा सम्म कुँदिएको छ । वहाँकी पत्नीको नाम कण्ठमालिनी थियो । निग्लीहवाकबाट ३ कि.मि दक्षिण पूर्वतिर अरोराकोट वहाँको दरबार थियो । १२ विगाहा क्षेत्तफलमा फैलिएको सो प्राचीन ऐतिहासकि स्थान पुरातत्व विभागले हाल निगरानी गरिरहेको बताईन्छ । काश्यप बुद्ध चाहिँ नेपालको पूर्वी भागमा जन्मेको बताईन्छ । वँहाको पत्नीको नाम धर्मधारा थियो ।
शाक्यमुनी बुद्ध : लुम्विनी अञ्चलको रुपन्देही जिल्लामा चौँथो बुद्धको जन्म भएके स्थान भनी सो स्थानमा स्रमाट अशोकले स्तम्भ खडा गरेका छन् । शाक्यमुनी बुद्ध( गौतम बुद्ध) को पत्नीको नाम यशोधरा थियो । तिलौराकोट दरबारमा २९ वर्षसम्म बुद्धले राजकुमार भई क्रीडास्थल बनाएर बसेको ऐतिहासिक दरबारमा पुरात्व विभागले निगानी गरिरहेको छ । मुनी जसको अर्थ गृहस्थ त्याग गर्ने जनाउँछ । ती बुद्धहरुको पालामा मान्छेहरुको आयु लामो थियो रे । हाल क्रमश: घटीरहेको बताइन्छ । कपिल मुनिबाट प्रतिपादित वाणगंगा नदीको छेउ तिलौराकोट, जसको क्ष्त्रफल उत्तर/दक्षिण लगभग १७०० फिट को लम्वाई पूर्वपश्चिम भागमा १३०० फिटको चौडाई रहेको बताईन्छ जहाँ ई.पू. २५१ मा आफ्ना गुरु उप–गुप्ताका साथ स्रमाट अशोक भ्रमणमा आउनु भएको थियो ।
पाचौँ शताब्दीमा ई.स ४०५ चिनियाँ यात्री फाहियान, सन् ६३६ सातौँ शताब्दीमा चिनियाँ यात्री ह्वेनसाङ, सन् १३१२ बाहौँ शताबदीको अन्ततिर कर्णाली प्रदेशका राजा रिपु मल्ल सन् १८९५–९६ मा जर्मनका विद्वान डां. ह्युहरर र नेपालका पाल्पाका वडा हाकिम खड्ग शमशेर, सन्र् १८९८–९९ मा भारतीय विद्वान पि.सी. मुर्खेर्जी र सन १९६२ मा भारतीय परुातत्वदि श्रीमती देवला मिश्र, सन् १९६६–६७ मा नेपालका पुरातत्व विभाग जापानका रिसो विश्व विद्यालयको संयुक्त उत्खनन् तथा अन्वेषणबाट लुम्विनी नै बुद्धको जन्मस्थल किटान भएको उल्लेख छ । केही भारतीय विद्वानहरुले भारतको उत्तर प्रदेशको बस्ती जिल्लास्थित पिपहवालाई कपिलबस्तु बनाएर बुद्धलाई भारतमा जन्मेका भन्ने विवादमा कोरा कल्पना र षड्यन्त्रपुर्ण खेल बेलाबखत प्रचार भएपनि त्यो केवल झुटो दिवास्वप्न मात्र सावित भएको छ ।
विद्वानहरुले उत्खनन् गरी हेर्दा उल्लेखित स्थानहरुमा प्राचीन भग्नावशेष, विहारहरु, बौद्धस्तुप, शीलापत्र, ताम्रपत्र, माटो, ढुङगा, धातुको मानिस, पशुपंछीहरुका मूर्तिहरु, भाडाकुडाँ, देवी देवताका मुर्तिहरु, गहानाहरु प्रााप्त भएका थिए । बुद्धकालिन र पछिका १६/१७ वटा स्तुपहरु, १०/१२ कोठाका भग्नावशेष, ईंटाहरु पनि पाएका थिइए । त्यहाँ १०५९ फिट लम्बाई र ३२५ फिट चौडाइको एक तलाउ छ । तलाउको उत्तरपटी जगदीश्वर तलाउ छ । जहाँ साइवेरिया देखि पानी हाँसहरु र विभिन्न जातका पंक्षीहरु मौसम अनुसार आउने जाने गर्दछन् ।
त्यस्तै डेरवागाउँ, जहाँ सिदार्थ गौतमले बुद्ध मानिस, एक लाश, एक सन्याशी देखेका र त्यही दृश्यले नै सिदार्थलाई गृह त्याग गर्ने प्रेरणा मिलेको थियो । वंशावलीमा स्रमाट अशोक स्तम्भ ई . पू २४९ मा स्वयंम अशोकले कपिलवस्तुमा बनाउन लगाएका थिए । जो पछि पत्ता लागेको थियो । सिदार्थ कपिलवस्तु मै जन्मेका हुन् भन्ने शीलाले निर्मित अशोक स्तम्भ ब्राह्मी लिपी र पाली भाषामा कुँदिएको थियो । आफनो राज्याआरोहणको २० औँ वर्षको उपलक्ष्यमा वँहाले बुद्धधर्म ग्रहण गर्दै पोखरी, चैत्य, विहार बनाई सुनका सिक्का अर्पण गरेका थिए भने वरपर गाउँले बासिन्दाहरुलाई कर नतिर्नु भन्ने नीति बनाएका थिए । भगवान बुद्धका जन्मस्थल घुम्न आउँदा स्तम्भ र माता मायादेवीको मन्दिर पुन: निर्माण गराएका थिए ।
पहिलो पटक राजा शुद्धोधनले रानी माया देवीको मन्दिर बनाएका थिए । तेलार नदी किनारमा अवस्थित लुम्विनी उद्यान वीच मायादेवीको मन्दिरसँगै बुद्धलाई पहिलो पल्ट नुहाई दिएको पुष्करिणी पोखरी सिद्धार्थ कुप (स्नानकुण्ड ) स्तुप भएको पौराणिक कथा विद्वानहरुको लेखमा अंकित छन् । नेपालको राजधानी काठमाडौँ उपत्यकाबाट २८० कि.मि. पश्चिम कपिलबस्तु बाट २० कि.मि को दुरीमा पुर्वतर्फ लुम्विनीमा जहाँ पश्चिम नेपालमा खस राज्य हुदाँ राजा जितारी मल्लले बुद्धजन्मस्थलमा गएर पुजा आराधना गरेका थिए । कर्णली प्रदेशका राजा जितारी मल्ले त्यहाँ सुधार कार्य गरेर आफनो नामबाट स्तम्भ राखेको बताईन्छ ।
पछि बेला र बखतको राजनितिक युद्ध र अशान्तिले बुद्धको पवित्र जन्मस्थल करिब ६०० वर्षसम्म लोप भयो । धेरैपछि भ्रम परेर मायादेवीले मूर्तिलाई मान्छेहरु ले काली सम्झेर पशुपंछीको बली पुजा गर्न, बच्चाको छेवर र व्रतबन्ध गर्ने स्थानको रुपमा प्रयोग गर्थे । पछि श्री ३ भीम शमशेर ज.व.रा बाट त्यो हिंसात्मक परम्परा बन्द गराएको भनिन्छ । बुद्ध धर्मको लोकप्रियता धेरै काल पछि पुन: बढ्दै गयो । उक्त समयमा उत्खनन्द्वारा पत्ता लागेका स्थान, लिपि, ताम्रपत्र, शिलापत्रबाट यसले देश विदेशसम्म व्यापकता ल्याउन थाल्यो ।
प्रमुख बौद्ध धाम (लुम्विनी,बुद्धगया सारनाथ, कुशीनगर र अजन्ता) बौद्ध तीर्थस्थलहरुमा विश्व बौद्ध पर्यटनको क्रम समेत प्रारम्भ हुँदै आयो । यसै क्रममा लुम्विनीलाई विकास गर्ने, प्रचार गर्ने प्रवल इच्छा बोकेका बौद्ध देशहरुमा नेपाल पछिको दोस्रो जापानलाई लिन सकिन्छ । सन् १९३१ मा जापनी बौद्ध भिक्षु निचिदात्सु फुजी गुरुजी नेपालको लुम्विनी आउनु भएको थियो । त्यो बखतको लुम्बिनीको खण्डहर, माटोको ढिस्को माथि बसेर शाक्यमुनी बौद्ध लाई भित्र राखेर नामम्यो हो रेगै कयोँ भन्ने जापानी बुद्धमन्त्र पाठ गर्नुभयो । वहाँको लामो जप ध्यानलाई स्थानीय बासिन्दा बुझ्न चाहे । त्यो बखत त्यहाँ कुनै राम्रो बाटोघाटो, गुम्बा, चैत्य, बुद्धको सम्मान खासै केही थिएन । यस निम्ति विकास निर्माणमा तपाईंहरुसँग मिलेर म केही गर्न चाहान्छु भन्ने भिक्षुले धारणा व्यक्त गरे । अनि सम्बन्धित इकाई समक्ष त्यो महान् सोच र कार्यको औपचारिक निवेदन प्रस्तुत गरियो । यसप्रति सकरात्मक जवाफ नपाए पनि नेपाल सरकारबाट यस बारे केही विकास कार्यको थालनी भयो । ती जापानी भिक्षुबाट नेपाल लगायत विश्वमा विभिन्न बुद्ध देशहरुमा थुप्रै शान्ति स्तुप बनेका थिए । हाल लुम्विनी विकास क्षेत्र भित्र ६४ वर्षपछि विश्व शान्ति स्तुप (२०५७) मा निर्माणका लागी ती भिक्षुद्धारा स्थापित संस्था र शिष्यहरद्धारा निप्पोनजाम म्यो छेज विहारको निर्माण कार्य सम्पन्न भएको छ ।
हालको लुम्विनी विकास कार्यको थालनी सन् १९५६ देखि भएको पाइृन्छ । सन् १९६७ मा संयुक्त राष्ट्रसंघका महासचिव उ थान्टले लुम्बिनीको दुरावस्था देखेर अन्तरराष्ट्रिय केन्द्रको रुपमा विकास गराउने इच्छा व्यक्त गर्नुभएको थियो । लुम्बिनीको गुरु योजना बनाउन संयुक्त राष्ट्र संघको विकास कार्यक्रमले सन् १९७० को दशकमा १० लाख डलर खर्च गरेको थियो । ६ वर्ष लगाएर सन् १९७२ देखि सन् १९७८ सम्ममा वास्तुकलाविद जापानी प्रो. केञ्जो टाङेले लुम्बिनी गुरु योजना तयार गरेका थिए । लुम्बिनीको विकास निम्ति यो ज्यादै मह्त्वपूर्ण दस्तावेज सावित भयो । नेपाल सरकारको समझादरीमा यसैबाट लुम्बिनीको विकासमा जगैदखि कार्यारम्भ भएको देखिन्छ । यस योजनामा ३ महत्वपूर्ण अंगहरु समममावेश छन् – ती हुन् पवित्र बगैँचा, सांस्कृतिक के्न्द्र र नयाँ लुम्बिनी गा्रम । सन् १९७०( वि.सं.२०३८) मा लुम्बिनी विकास समितिको गठन भएको थियो भने १९९६ मा लुम्बिनी विकास कोषमा परिणत भएको पाईन्छ । सन् १९९६ मा लुम्विनी क्षेत्र विश्व समपदा सुचीमा समावेश भएको थियो । सन् १९९२ मा विश्व बौद्ध महासंघले यस क्षेत्रको उत्खनन् कार्य सुरु गरी १९९६ मा सम्पन्न भयो ।
सन् १९९९ मा प्रथम विश्व बौद्ध शिखर सम्मेलन लुम्बिनीमा सम्पन्न भएको थियो । २००१ मा लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध सम्मेलन भयो । २००२ मा मायादेवी पुनः निर्माण कार्य प्रारम्भ गरी २००३ मा पूरा भयो । हाल चीन, तिब्बत, जापान, कोरिया, श्रीलंका, म्यानमार (वर्मा), थाईल्याड, आदि राष्ट्रले गुम्बाहरु निर्माण गरेका छन् । साथै यस परिसरमा अतिथि गृह, वृक्षारोपण, एयरपोर्ट विस्तार, कालोपत्रे सडक बनेका छन् । यो निर्माण कार्य अझै गरिँदैछ । यहाँ एक अन्तराष्ट्रिय हवाई सेवाको पनि पहल हुँदैछ । सिद्धार्थ गौतमको नाम–सम्मानको क्रमसँगै भैरहवा सिदार्थ नगरपालिका नामकरण गरिएको छ । वि.सं. २००८ जेठ ८ गते देखि बुद्धजयन्तीका दिन पहिलो पटक सार्वजानिक विदा दिन थालिएको साथै २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या–हिंसा माथि प्रतिबन्धको घोषणा गरिएको थियो । बुद्धको कदर स्वरुप नै जन्मजयन्तीमा संयुक्त राष्ट्र संघीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजानिक विदा दिँदै आएको छ । हालसम्म विश्वका प्रकाशनहरु मध्ये बुद्ध सम्बन्धी सबैभन्दा बढी पत्रिका पुस्तकहरु प्रकाशन भएको पाईन्छ ।
यस्तै रुपन्देही जिल्लामा पर्ने देवदह र केरवानी गा.वि.स भौतिक, ऐतिहासिक, पुरातात्विक र पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल हो । लुम्बिनीको २४ कि.मि उत्तरपूर्व सपिरन गाउँ, रोहिनी नदी, उत्तरमा पाल्पा जिल्लासँग जोडिएको चुरे पहाडको काखमा अवस्थित यो पवित्रस्थल गौतम बुद्धको मावली तथा ससुराली कोलिय राज्यको राजधानी देवदह, रामगा्रम, व्याधापुर, कोलियनगर आदि नामले सुपरिचित छ । कपिलवस्तुको शाक्य राज्यको पूर्वपट्टी रोहिनी नदी किनारमा अवस्थित यसै कोलिय नगर र शाक्य परिवारविच परस्पर सम्बन्ध रहेको तथ्य विशेष मह्त्व मानिन्छ । देवदहको बारेमा बौद्ध साहित्य ग्रन्थ, बुद्धघोष, त्रिपिटक, जातक, अर्थकथा, धम्मपद, संयुक्त निकाय, महावंश आदिमा स्पष्ट उल्लेख भएको पाईन्छ । त्यस बखतको पहिलो सन्तान माइती घरमा आएर पाउने चलन अनुसार राजकुमार सिदार्थको जन्म गराउन मायादेवीले कपिलवस्तु दरबारबाट देवदह दरबारतर्फ आउँदै गर्दा लुम्बिनी गा्रमको अति सुन्दर स्थानमा पाउनु भएको थियो भनिन्छ ।
करिब १८ हेक्टटर क्षेत्रफलमा फैलिएको देवदह संरक्षणको अभावले लोप हुँदै जाने देखिन्छ । त्यहाँको प्राचीन भग्नावशेष, पुराना ईंटाहरु उत्खनन् हुनु जरुरी छ । यसका निम्ति देवदहको पहिचान गराउने लक्ष्यले २०५६ मा देवदह संरक्षण प्रतिष्ठानको स्थापना भएको छ । पूर्वपश्चिम राजमार्गसँगै जोडिएर रहेको यहाँको वैरीमाई, कन्यामाई, (मायादेवी र प्रजापति) मन्दिरको संरक्षणको प्रयास हुन थालेको छ । यसप्रति लुम्बिनी विकास कोषको पनि प्रयास रहेको छ । देवदह बजार चोकमा पार्क, पुस्तकालय र बुद्धको पूर्णकदमको प्रतिमा बनेको छ । यी सम्पदाहरुको विकास गरी पर्यटकीय क्षेत्रका रुपमा परिचित गराउन नितान्त जरुरी भएको देखिन्छ ।
0 comment