असोज महिनामा आएको बाढीले सिंगै देशलाई तहसनहस गरिरहेको छ । यसको कारक तत्व को हो ? हामी आफै हौं । नालायक सरकार हो । सरकार चलाउने नालायक नेताहरु हुन, नेता चुन्ने नालायक जनता हुन । त्यसैले यी जनताहरुलाई नै बाढी पहिरोले सताइरहेको छ । प्रकृतिले यिनीहरुलाई सजाय दिनु ठिकै हो । तथ्यहरु हेरौ न । 

१) विश्वब्यापी रुपमा वढदै गएको तापक्रमको मुख्य कारण पृथ्वीमा कार्वनको उत्सर्जन बढ्दै जानु हो । उद्योग, गाडी, घर, व्यवसायबाट निस्कने धुवाको कारण पृथ्वीको तापक्रम बढेको हो ।  नेपाल जस्तो अति गरिब देशमा समेत आफ्नो आयातको ठूलो प्रतिशत पेट्रोल, डिजेल, मट्टितेल, कोइला अनि ग्याँसले ओगटेको छ । विद्युत वा नवीकरणीय उर्जाको प्रयोग आमरुपमा गर्न गराउन न सरकार सचेत छ न जनता । 

२) बैकहरु प्राथमिक क्षेत्र वा उत्पादनमा लगानी गर्दैनन, मोटरको आयात (हायर पर्चेज) को लागि ऋण दिन्छन । जुन सोह्रै आना गलत हो । वातावरण विरोधी कुरा हो । यसले कार्वन उत्सर्जनमा वृद्धि गर्दछ । 

३) सबै स्थानीयस्तरमा सडक पुराउने नाममा जुन डोजर आतंक गरी रुख विरुवा नाश गरिएको छ त्यसैको कारण वाढी पहिरोले देश क्षतविक्षत छ । भएको अन्तराष्ट्रिय विमानस्थलहरुले काम पाउन सकेको छैन ८० लाख प्राकृतिक रुख विरुवा र पशुपंक्षीको वासस्थान नाश गरी निजगढ विमानस्थल वनाउने योजना वन्दैछ । अनि तहशनहस नभएर के हुन्छ त ?

४) देशमा सघीयता छ भनिन्छ, कोहि पनि आफनो क्षेत्रलाई सुविधा सम्पन्न वनाउन तर्फ लाग्दैनन । सबैलाइै काठमाण्डौमै वा सदरमुकाममै घर जग्गा चाहिन्छ । यहि कारण नदिकिनारहरु अतिक्रमित हुन्छन, एकै ठाउँमा जनघनत्व वेस्सरी वढछ अर्को तर्फ काम गर्ने मान्छे गाउँमा नहुँदा त्यहाँ मरुभूमीकरण भइरहेछ । यस्तो वातावरणीय असन्तुलन कसले ल्याएको हो ? मानव भन्ने जन्तुले होइन । पशुलाई चाहि प्राकृतिक नियम लाग्ने यो मानव भनाउदो प्रकृतिको नियम बिरुद्ध गइरहेको छ त्यो पनि बुझ पचाएर । अनि खेप्न पर्दैन प्रकृतिको प्रकोप ?

५) भनिन्छ मान्छेलाई जेथा अनुसारको ब्यथा लाग्छ रे । शौख गर्नेहरुलाई रोग लाग्छ रे । हो यहि जेथा भएका र लंगडो शौख गर्ने मुठ्ठीभरका मानवको कारण प्रकृति क्रोधित भइरहेको छ र आम मानवजातीले त्यो क्रोधको सामना गर्न परिरहेछ । 

६) न्यूजिलैण्ड, डेनमार्क र वेलायतका प्रधानमंत्रीहरु साइकल चढेर आफ्नो कार्यालय जादा हुने अनि नेपालकाहरुले नहुने ? डिजेलै, पेट्रोलै वाल्न पर्ने ? एक रुख ढाल्दा विदेशमा २५ नया विरुवा रोपिन्छन तर यहा २५ रुख ढाल्दा समेत एक विरुवा रोपिन्न । रोपिए पनि त्यो संरक्षणको अभावमा मर्छ । 

७) विश्वको उच्च शिखर सगरमाथा भएको देश, त्यहि सगरमाथामा थुप्रर्ने फोहरले सगरमाथाको उचाइलाई चुनौति दिदैछ । राजधानी काठमाण्डौका नदिहरु हेर्ने हो भने यहाँ संसारकै असभ्य र फोहरी मानिसहरु बस्छन भनिन्छ । वनजंगल डढाएर गोल बेच्ने प्रवृत्ति भएपछि कस्को के लाग्छ ? अनि यहाँ प्रकोप नभएर कहा हुन्छ ?

प्रकृतिको नियमलाई विकासको नाममा जसरी चुनौति दिने कार्य नीतिनिर्माता र शाशन गर्नेहरुबाट भइरहेको छ । त्यो रोकिने देखिन्न । झनै वढने निश्चित छ । सन २०३० सम्ममा कार्वनको Zero Emission गर्ने कुरा गरिन्छ । त्यो कुरामै सिमित छ । त्यसैले भोगौ प्राकृतिक प्रकोप, हानौ आफ्नै घुडामा बन्चरोले । यो कुरा यस पंक्तीका लेखकले विगत ४० वर्ष देखि साइकल चढदै भन्दै आएको हो तर सुन्ने को ?