भुमिका

स्वर्ग भनेको शब्द सुख खुसी र सुविधा भन्ने अर्थ लाग्दछ । सबै चिजले भरिभराउ सजि सजाउ, सम्पन्न भएर आवश्यक परेको चिज, खाना, पालिन सक्ने ठाउँलाई स्वर्ग भनिन्छ । स्वर्ग दुई कुरामा निर्भर हुन्छ । एउटा आफ्नै साधनस्रोतमा खुसी भै बाँच्नको लागि खान पुग्ने अवस्था, अर्को, साधन स्रोतको संरक्षण प्रर्वधन र उत्पादनलाई समुचित सदुपयोगको तरिका योजना र पद्धति । साधनस्रोतको प्रचुरतालाई प्रकृति भनिन्छ भने, उपयोग र जीउने तरिकालाई संस्कृति भनिन्छ । 

वास्तवमा, नेपाल विश्वको प्रकृति र संस्कृतिको पहिलो संग्रालय हो । विश्वको उच्चभुमि आदीभुमी भएकोले, प्राणको पहिलो भुमि उभयचरको रुपमा प्राणी जमिनमै वन्यो । त्यो पहिलो जमिन नेपाल हो । प्राणभरा पहिलोभुमि भएकोले विस्तारै खाने, वस्ने बाँच्ने संस्कृति विकसित हुँदै जाँदा पहिलो मानव उत्पतिको स्पल (रामापिथेकस) को जेन्टल रुइन्स प्रमाणित भएको क्षेत्र नेपालको तिलोत्तमा नदीको क्षेत्रलाई (अमेरिकन आर्कियोलोजी) ग्रुपले प्रमाणित ग¥यो । पृथ्वीको कयौं दसौहजार स्थानमा अनुसन्धान भएकोमा नेपालमा मात्र प्रमाणित भयो । 

प्रकृति र संस्कृति

मानव सभ्यताको पहिलो विकास, प्राणभरा आदीभुमि नेपालबाट भयो । यही नै वास्तवमा विश्वको प्रकृति र संस्कृतिको एकमात्र, नमुना संग्रालय रहेको छ । प्रकृतिको बरदान विरलै ठाउँमा हुन्छ । तर प्रकृति र संस्कृति दुवैको संयोजनको एकमात्र पवित्रभूमि नेपाल रहि आएको छ । 

पवित्र भुमिमा हरेक प्राणी स्वास्थ्य, खुसी हुन उनिहरुले प्रयोग गर्ने शास र गाँस शुद्ध हुनु पर्दछ । शास र गाँस शुद्ध हुन प्रकृति र संस्कृति दुवै शुद्ध हुनुपर्दछ । प्रकृतिको अनुपम वरदान हिमालय, पहाड, समथर जमिन र तराई क्षेत्ररहेको धरातलीय वातावरणीय हिसावका साथै पृथ्वीमै प्राकृतिक जैवीक स्रोतको अनुमान गर्दा झण्डै ६५ प्रतिशत जैविक स्रोत नेपालमा पाइन्छन् । यी जैविक स्रोतबाट शास र गाँस शुद्ध बनाउने प्रकृतिक संरचना छ । खेती गरिने तथा प्रकृतिले स्वतः उत्पादन गरेका सर्व वनस्पति, फलफुल जडिबुटीहरु र अन्नबालीहरु बालबालिकाहरु, तरकारी बालीहरु प्राकृतिक रुपमा शुद्ध प्राप्त गर्न सकिने एकमात्र देश नेपाल रहेको छ । तर राज्यले चाल पाएन । प्रकृतिले सर्वश्व दिएता पनि हामीले हाम्रो प्रकृति र संस्कृतिलाई नचिन्दा रासायनिक मल र विषादीको प्रयोगको कारणबाट दुख कष्टको जीवन यापन गरिरहेका छौ । 

संस्कृति स्थापना ः

नेपाल स्वर्गको भुमिको रपमा रहेकोमा हामीले केवल जीउने संस्कृति परिवर्तन गर्ने र प्रकृतिको रक्षाको अभियानमात्र चलाउन सकेमा, हाम्रो प्रकृति र हाम्रो संस्कृतिले यो देश वर्गको देश, प्राणभरा देश मृतसन्जीवनीको देश रोग निषेधित देशको रुपमा देवभूमी मानवीयताको भुमी र आदीभूमी प्रमाणित गर्न सक्दछौ । हाम्रो हरेक खानेकुरा नै औषधीको रुपमा छन् ।  पहिलो हाम्रो खाना वायु हिमालय र हजारौ हजार वनस्पितिबाट शुद्ध हुन्छ भने पानीको एकमात्र स्थायी स्रोत हिमालय श्रृखलाको हिउँको भण्डार विश्वका उच्च हिमालयको कुवेर धर्ति नै नेपाल रहेको छ । तेस्रो कुरा बनस्पति हो । सजिलै खुसीका साथ बाँच्न हाम्रा शुद्ध वनस्पति जन्य उत्पादन नै हाम्रा औषधीजन्य खाना हुन् । हावा, पानी र वनस्पति शुद्ध हुने धर्तिमा रोग निषेधित गर्न सकिन्छ । खानाबाटै प्राण शुद्ध, मनशुद्ध हुने हो । जस्तो खाना खाइन्छ, त्यस्तै शरिर र मन बन्ने हुनाले हाम्रो धर्तीको खाना नै औषधि हो । भान्छा नै औषधालय हो भने भान्छे नै बैद्य हो । 

खानेकुरालाई औषधी भान्छेलाई बैध र भान्छालाई औषधालय बनाउन सकिन्छ । यही मुलुकमा मात्र स्वास्थ्य, खुसी र सम्वृद्धिको योजना लागु गर्न सकिन्छ । यही, योजना क्षमता, दक्षता, सीप र आवश्यकता अनुसार वरावरी अवस्था र पहुँच पु¥याउन सकिन्छ । प्राकृतिक, जैविक स्रोतहरुको पहिचान, संरक्षण र परिचालनबाट निरन्तर उत्पादन मुखि कार्ययोजना बनाउन सकिने, नागरिकको आधार भुल आवश्यकता यही उत्पादनमुखि योजनाबाट राज्यले सजिलै पूर्ति गर्न सक्ने छ । पानी, वायु र वायोमासको सदुपयोगबाट उर्जामा आत्मानिर्भर हुन सकिने सतप्रतिसत सम्भावना रहेको नेपाल उत्पादनको दृष्टिकोणले दिव्यभुमी भएकोबाट पनि नेपालबाहेक अर्को कुनै स्वर्गको ठाउँ छैन भन्ने प्रमाणित स्वत रहन्छ । १२ घण्टा सूर्यको प्रकास धर्तिमा उत्पादन हुने तर नेपालका वनस्पति जुनसुकै देशमा उत्पादन नहुने तथ्यबाट स्वत यो भूमी स्वर्गको भूमीभएकोले, स्वर्गको देशमा सवैको प्राणको रक्षा सुत्रबाट समवाद र सुविधाराज्यको देश सजिलै बनाउन सकिन्छ । 

विश्वकै देशहरुमा भन्दा उत्पादनको तत्वको मात्रा नेपाल धेरै हुने सबैभन्दा शक्तिशाली जीवाणु ९द्यष्य(mबकक०मा संरक्षित हुने हुनाले जीवाणु बैकको भण्डार नेपाललाई बनाउन अर्गानिक तथा जैविक देश घोषणा गर्नै वित्तिकै, रासायनिक विषादी र रासायनिक मल प्रतिवन्धबाट, मल र विषादी प्राकृतिक जैविक वनस्पतिबाट सजिलै तयार गर्न सकिन्छ । यसको निम्ति सुविधा राज्यको चरित्र निर्माण गर्न माथि भनिएका आधारभूत आवस्यकताको परिपूर्तिका लागि विद्यार्थीहरुलाई उत्पादन सेना बनाउने पाठ्यक्रम भान्छा नै औषधालयको मोडलबाट, शहरमा शुन्यफोहर बनाई गल्ने वायोमासलाई जीवाणुमलमा परिणत गरी माटोको सापटी माटोमा फर्काउने र वनस्पतिबाट जैविक विषादी बनाई प्रकृति संरक्षणको चहाना पुरागरी देशलाई स्वर्गभूमिमा परिणत गर्ने सजिलोबाटो नेपालमा छ । जहाँ विश्वका मानिसहरु सवर्गको धर्ति टेकेर पवित्र होउन । 

सर्ववनस्पति, जडिबुटीका कौचा, डाफे, कस्तुरीका फार्म, सर्व फलफूल बगैचा, बाख्रा, मृगका फर्महरुको केन्द्र बनाएर पर्याटकहरुले स्वर्गमा रहेका अनेकौ वनस्पति जीवजन्तुहरुको अवलोकन गर्न सक्ने छन् । 

मानवीयताको केन्द्र स्थापना ः–

नेपाल देवभूमि हो,  देवादीदेव महादेवको वासास्थान कैलाश पर्वत, रामसीता मानवताका पुजारीको जन्म, स्थान, बुद्ध जस्ता महामानव, हजारौ ऋषि महर्षि त्यागी, योगी ध्यानी तपस्वीहरुको ध्यानकेन्द्रको रुपमा रहेको नेपालको भूमि तपोभूमि पवित्र भूमि हो । यो भुमिमा हजारौ हजार तपस्वीहरुले तप गरे । यो भुमिमा हजारौ हजार तपस्वीहरुले तप गरे । उनिहरुको पवित्र मन र आत्माको प्राणभूमी छुनाले जो कोही पनि यस पवित्र भूमिमा टेक्न चाहन्छन् । 

यहाँका पहाडका डाँडाहरुलाई तपोसेन्टर, ध्यान योग केन्द्र बनाई विभिन्न धर्मका धर्मगुरुहरुलाई स्थापना गरी मानवीयताको पाठशालाहरु बनाउने हो भने, मानिसहरु मनशान्त र खुसीराख्न स्वर्गको धर्तीमा आई आनन्दित रहन सक्ने उपयुक्त वातावरण सजिलै बन्ने छ । यिनै संस्कृतिको संयोजनबाट नेपालमा करोडौं करोडको अम्दानी पर्यटकीय क्षेत्रबाट प्रदान गर्ने छ भने प्रकृति र संस्कृतिको संयोगले देश समृद्धिको लेवल चुम्ने छ ।

(लेखकः भान्सा नै औषधालयका प्रमुख अभियन्ता हुन् । )