काठमाडौं - गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सले भोलिदेखि भैरहवा-दुबई उडान गर्ने भएको छ ।
नेपाल एयरलाइन्सले साताको आइतबार, सोमबार, बुधबार र शुक्रबार राति ९ः ३० बजे काठमाडौंबाट उडान गर्ने र त्यसको आधा घण्टापछि भैरहवा विमानस्थलबाट यात्रु लिएर दुबई प्रस्थान गर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
भैरहवा विमानस्थलबाट नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्ससँगै संयुक्त अरब इमिरेट्स (युएई) को फ्लाई दुबई, कुवेतको जजिरा एयरवेज र थाइल्यान्डको वायुसेवा थाई एयर एसियाले नियमित उडान गर्ने तय भएको छ ।
यसअघि कात्तिक १८ गतेदेखि नै थाई एयर एसियाले उडान सुरु गरेको छ । कार्यालयका अनुसार थाई एअर एसियाले भैरहवाबाट साताको दुई दिन उडान गर्ने छ ।
भोलि शुक्रबार अर्को उडान हुने विमानस्थलका प्रवक्ता विनोद राउतले जानकारी दिनुभयो । भैरहवाबाट बैङ्ककतर्फ एकतर्फी सुरुवाती भाडा दर १२ हजार रुपियाँ रहेको छ ।
0 comment