काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईँले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराउनुभएको छ ।
गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उहाँले आफ्नो कानुनी व्यवसायी मार्फत सर्वोच्च अदालतमा आज रिट दर्ता गराउनुभएको हो ।
रिटको पेसी आइतबारका लागि तोकिएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रसाईँलाई मंसिर ४ मा पक्राउ गरेर विद्युतीय कारोबार ऐनमा अनुसन्धान गरिरहेको छ ।
0 comment