संसद्का दुई ठूला दलहरू काँग्रेस र एमाले मिलेर चार महिनाअघि केपी ओलीको नेतृत्वमा सरकार गठन भएको थियो । संसदको करिब दुईतिहाइ बहुमतसहितको सरकार गठन गर्ने क्रममा आम जनतामा व्याप्त निराशा पनि चिर्ने दाबी गरिएको थियो तर पछिल्लो समय सामाजिक सञ्जालमा सरकार प्रति असन्तुष्टि र आलोचना बढेको जताजतै देख्न सकिन्छ । 

 ‘जागरणसभा’ नाम दिइएको एमालेको प्रदर्शन ‘समाजमा निराशा पैदा गर्नेहरूले फैलाएका भ्रम चिर्ने’ उद्देश्यले आयोजना गरिएको संयोजन समितिका प्रमुख कैलाश ढुङ्गेलले बताए । तर आफै सरकारमा रहेको पार्टीले जनतालाई काम गरेर देखाउनुको सत्ता हामीले राम्रै गरिरहेका छौ वा भनौ हाम्रो कामलाई सबैले स्वीकार्नै पर्छ भन्ने दवाव पुर्ण चेतावनी दिई रहेको देखिन्छ । सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले आफैँ सरकार र प्रधानमन्त्रीमाथि भइरहेका ‘प्रहार’को प्रतिकारका लागि सडकमा उत्रिनु नै अस्वभनिय कुरा हो । 

अभियन्ता दुर्गा प्रसाईले प्रधानमन्त्रीको कम्बोडियाको टेलिकममा लगानी रहेको कुरा सर्वजानिक गरेसँगै प्रसाईलाई साइवर ब्युरोको मुद्धा लगाएर पक्राउ गरिएको छ । यो कुराको एमाले पार्टी र केपी ओलीले पनि खन्दन गरिरहे पनि विभिन्न बाहानामा एमालेमा नेताहरु कम्बोडिया जानुले पनि जनताहरुको ध्यान तानिरहेको छ । अरुले आफुलाई राम्रो भन्नको लागि त राम्रो काम पनि गरेको हुनु पर्ने होला नि ।