काठमाडौं - वायु सेवा सञ्चालक सङ्घले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति कार्य तदारुकताका साथ निर्धारित समयमै गर्न माग गरेको छ ।
सङ्घले विज्ञप्ति जारी गरी विमानस्थल स्तरोन्नति निर्धारित समयमा सम्पन्न नभएमा सदस्य वायुसेवा कम्पनीहरू आर्थिक घाटामा गई कम्पनी नै बन्द गर्नुपर्ने अवस्था सृजना हुनसक्नेतर्फ सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले यही कात्तिक २३ गतेदेखि करिब पाँच महिनासम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गर्दैछ । जसका कारण साविकको ‘उडान समय’ घटाई बेलुका १० बजेदेखि बिहान ०८ बजेसम्म विमानस्थल बन्द गर्ने ‘नोटिस टू एयर म्यान’ (नोटाम) जारी गरिएको छ ।
सन् २०२५ को वसन्त ऋतुसम्म पनि निर्माणकार्य सम्पन्न नभएको खण्डमा सदस्य वायुसेवा कम्पनी अत्याधिक आर्थिक घाटामा गई कम्पनी नै बन्द गर्नुपर्ने अवस्था सृजना हुन जानेतर्फ सम्बन्धित सरोकारवाला निकाय चनाखो भई स्तरोन्नति तदारुकताका साथ गरिदिनुहुन सङ्घ जोडदार माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।
0 comment