१) मे १, १९४७ मा काठमाडौँमा नेपाल सरकार, भारत सरकार र विटिश सरकारका प्रतिनिधिहरू माझ बसेको बैठकमा नेपालका श्री ३ महाराज, प्रधानमन्त्री तथा नेपलाी सेनाका सर्वोच्च सेनापतिले भारत तथा संयुक्त अधिराज्यका गोर्खा सेनामा सैनिकहरूका संलग्नताका प्रस्तावहरूका सम्बन्धमा त्यस्तो भर्तीवारे अन्तिम चरणमा तय गरिने सेवाका शर्तहरू नेपाल सरकारको हित र सम्मानको प्रतिकूल नभई गोर्खा रेजिमेन्टमा भर्ना हुन इच्छुक व्यक्तिहरूलाई भाडाका सैनिकहरूको अर्थमा नलिइने भएमा दुवै राष्ट्रको सेनामा गोर्खा सैनिकहरूको संलग्नतालाई आफूले प्रसन्नतापूर्वक स्वागत गर्ने बताउनु भएको थियो ।

२) भारत गणराज्यको सरकार र संयुक्त अधिराज्य सरकारका प्रतिनिधिहरूका बीचमा भएको छलफलबाट प्राप्त सहमति नोभेम्वर ७, १९४७ को दुई मुलुकहरूबीच सम्पन्न भएको स्मृतिपत्रमा समावेश गरिएको छ र त्यसको प्रतिलिपि यो अभिलेखको पहिलो परिशिष्टको रुपमा रहेको छ । यस सम्बन्धमा दुई मुलुक बीचको धार्मिक तालमेल भने अझै विचाराधीन स्थितिमा रहेको छ ।

३) काठमाडौँमा तीनवटै सरकारका प्रतिनिधिहरू माझ यस सम्झौताको स्मृतिपत्रबारे भएको छलफलमा नेपालले पूर्व अनुच्छेदमा संकेत गरे अनुसार प्रस्तुत गेका टिप्पणीहरू परिशिष्ट २ मा उल्लेखित छ । उक्त टिप्पणीहरूको बारेमा संयुक्त अधिराज्य सरकार र भारत गणराज्यको सरकारका प्रतिनिधिहरूले निम्न प्रतिक्रिया व्यक्त गरेका छन् ।

क) हाल गोरखपुर र घुममा कायम रहेका भर्ती केन्द्रहरू नेपालमा आफ्नै भर्ती केन्द्रको स्थापना गरिनसकुन्जेलको अवधिको लागि हो भन्ने सोचाई संयुक्त अधिराज्य सरकारको रहेको छ । यस सम्बन्धमा नेपाल सरकारका धारणाहरूलाई ध्यानपूर्वक लिइएको छ । व्रिटिश सेनाको गार्खा शाखाको खाँचो पूरा गर्न भारतमा स्थापना गरिने आवश्यक भर्ती केन्द्रहरूको सम्बन्धमा संयुक्त अधिराज्य सरकार र भारत सरकार माझ सम्झौता गरिनेछ ।

ख) संयुक्त अधिराज्य र भारतीय सेनाको गोर्खा शाखाबाट भर्ती गरिने गोर्खा सैनिकको कुल संख्या शान्ति कालमा वीस बटालियनमा नै सीमित गर्ने या सोभन्दा पनि क मगर्ने र उक्त बीस बटालियन मध्ये आठ बटालियनलाई व्रिटिश सेनाको भागमा पार्ने बारेको नेपाल सरकारको इच्छा सम्बन्धमा संयुक्त अिधराज्य सरकार र भारत सरकारका प्रतिनिधिहरूले नेपाल सरकारको उक्त चाहनालाई ध्यान राखेका छन् ।

संयुक्त अधिराज्य सरकारको प्रतिनिधिहरूले दक्षिण पूर्व एशियामा पैदलै निकायहरूको एउटा डिभिजनको वरावरीको संख्यामा नै गोर्खा जवानहरू उपलब्ध गराउन नेपाल सरकार तयार छ भन्ने मान्यताको आधारमा यद्धो व्रिटिश सेना अघि बढेको र शान्ति कालमा आठ बटालियनभन्दा बढी गोर्खा सैनिकहरूको भर्ती वारे संयुक्त अधिराज्य सरकारले नेपाल सरकारको विचार नबुझुन्जेलसम्म शान्तिकालमा आठ बटालियनभन्दा बढी गोर्खा सैनिकहरूको भर्तीबारे अन्तिम निर्णय नगरिने कुराको आश्वासन पनि नेपाल सरकारबाट प्राप्त भएको छ ।
भारतीय सेनामा गोर्खा सैनिक टोलीहरूको संख्याको कटौती सम्बन्धमा भारतको विद्यमान राजनीतिक स्थितिबारे विचार गरी हाल त्यस्तो कटौती नगर्न नेपाल सरकारले भारत सरकारका प्रतिनिधिहरूलाई सूचित गरेको छ ।

ग) समुद्रपार तैनाथ भएका आठ बटालियन गोर्खा सैनिकहरूको आर्जन स्वरुपको विदेशी मुद्रा आयात गर्ने बारेको व्यवस्था –
समुद्रपार कार्यरत गोर्खा सैनिकहरूलाई आफूले कमाइ ल्याएको विदेशीमुद्रा आयात गर्न अवाश्यक सामान्य मौद्रिक सुविधा प्रदान गर्न भारत सरकार सहमत भएको छ । –परिशिष्ट १ को दशौँ सूचि) यस सम्बन्धमा उठाइएका ठोस बुँदाहरूको जवाफ नेपाल सरकारलाई यथासमयमा दिइनेछ ।

४) नोभेम्वर ७, १९४७ मा संयुक्त अधिराज्य सरकार र भारत सरकारका राष्ट्रिय सेनामा गोर्खा सैनिकहरूको नियुक्तलाई लिएर भएको सम्झौतालाई ध्यानमा राखी उक्त नियृुक्तिका सेवा सम्बन्धी शर्तहरूमा आफू सन्तुष्ट रहेको कुरा नेपाल सरकारले उल्लेख गरेको छ ।

५) माथि उल्लेखित टिप्पणीहरूका अतिरिक्त नेपाल सरकारले संयुक्त अधिराज्य र भारतीय सेनामा हुने गोर्खा सैनिकहरूको नियुक्तिसँग सम्वद्ध सवालहरूमा केही सुझावहरू प्रस्तुत गरेको छ । यी सुझावहरू यो अभिलेखको तेस्रो परिशिष्टमा समावेश गरिएका छन् र तत् विषयहरूमा दुवै सरकारको धारणा बारे नेपाल सरकारलाई यथासमयमा सूचित गरिनेछ ।

६) आठ गोर्खा वटालियनका फौजी जवानहरू संयुक्त अधिराज्यको सैनिक सेवामा स्थानान्तरित हुन चाहन्छन् चाहँदैनन् भन्ने बारेमा निश्चय गर्न तत्काल कार्यवाही गरिनुपर्छ भन्ने संयुक्त अधिराज्यको सरकारको चाहनामा ध्यान दिइएको छ । यस कुरालाई ध्यानमा राखी संयुक्त अधिराज्यको सरकारले सेवा सम्बन्धी शर्तहरू समावेश भएको एउटा प्रश्नावली र स्मृतिपत्र पनि तयार पारेको छ । यी कागजातहरू नेपाल र भारत सरकारका लािग स्वीकार्य भएका छन् । ती कागजातहरू आठ गोर्खा बटालियनका फौजीहरूलाई यथाशीघ्र प्रेषित गरिनेछ । नेपाल सरकार र भारत सरकारको इच्छा अनुरुप नै उपरोक्त सैन्य टोलीका जवानहरूको मत संकलन गरिँदा दुवै सरकारका प्रतिनिधिहरूको उपस्थितिका लागि सम्वद्ध सबै पक्षहरूका बीच सहति कायम भएको छ ।

७) सम्बन्धित तीनवटै देशका सरकारका प्रतिनिधिले आफ्नाबीच यस सम्बन्धमा भएका विचार विमर्श र छलफलहरू सौहार्द र सद्भावनापूर्ण वातावरणमा सम्पन्न भएका थिए भन्ने कुरालाई अभिलेखबद्ध गर्ने इच्छा राखेका छन् । संयुक्त अधिराज्य र भारतीय सेनामा गोर्खा सैनिकहरूको नियुक्तिलाई निरन्तरता दिने सम्बन्धमा भएको यो सम्झौतामा सबै पक्ष सहमत भएको परिणामस्वरुप विगतमा सम्वद्ध राष्ट्रहरूबीच रहेको मित्रतापूर्ण सम्बन्ध झन सुदृढ हुँदै जानेमा सम्बन्धित सबै पक्ष विश्वस्त छन् ।

ए.सी.वी साइमन
भारत गणतन्त्रको सरकारको तर्फबाट                                                  

संयुक्त अधिराज्य सरकारको तर्फबाट (वेदी) 

पद्म सम्शेर ज.ब.रा.
नेपाल सरकारको तर्फबाट