उज्जवल प्रसाद पराजुली 

नेपाल भन्ने शब्द र नेपाली भन्ने शब्द उस्ता उस्तै प्रायवाची शब्द जस्तै लाग्छन् । तर त्यसो होइन , नेपाल भन्ने शब्द नेपालको भुगोल भौतिक आकारलाई जनाउँदछ । नेपाली भन्ने शब्दले नेपालमा बसोबास गर्ने जनता नागरिक अथवा विभिन्न जाति धर्म संस्कार र भाषामा रमाउने मानिसहरुको एकै राष्ट्र हो भन्ने जनाउने जस्तै शरीर र आत्मा भने जस्तै  आत्माको शरीरलाई त्यागे पछि  शरीर लासमा रुपान्तर भई निष्क्रिय हुन्छ । आत्माले पनि शरीरप्राप्त नगरेरसम्म ठोस कार्य गर्न समर्थ हुन्छ र बायुको रुपमा रहन्छ भने विश्वास छ । त्यस्तै मानिसको बसोबास नभएको निर्जनस्थल सुनसान हून्छ त्यहाँ हलचल हुदैन । भुगोल र मानिसहरुको बसोबास भए पनि समाजलाई सुचारु रुपसगँ संचालन गर्न शान्ति सुरक्षा  विकास निमार्ण कार्य गर्न सरकारको आवश्यकता पर्दछ । वर्तमान अवस्थामा सरकार गठन गर्न विभिन्न राजनैतिक दलहरु स्थापित भईसकेको छ । जनता नागरिक र मतदाताहरुबाट निर्वाचनमा बहुमत प्राप्त गरे पछि दल र दलहरुले सरकार गठन गरी शासन गर्न अहिलेको अवस्था हो ।सबै जातजाति र क्षेत्रहरुको आफनो अनुकुल संघीय प्रदेशहरु निर्माण गर्न र बडी सै बडी प्रतिनिधि संसदमा पठाउन पाए हुने थियो भनि भाग बण्डा गरी राखेका छन् । यस्तो अवस्थामा नेपाली नागरिकहरुले राजनिति दलहरु भनेको परकारको प्रारुप हुन् । सरकार गठन गर्न प्रतिनिधिहरुको व्यवस्था गर्न निर्वाचन गरिन्छ । निर्वाचनबाट बडी प्रतिनिधिहरुको प्राप्त गरेको राजनितिक दलले मुलुकमा शासन गर्दछ । 

वर्तमान अवस्थामा नेपालका जनप्रतिनिधिहरुको दुई प्रकारको दायित्व पूरा गर्न जरुरी छ । प्रथम संविधान निर्माण गर्नु दोस्रो शान्ति सुरक्षा स्थापना गरी विकास निर्माणलाई अगाडि बढाउनु हो । अघिल्लो पटकको संविधान  सभाबाट संविधान आउन नसकेको हुदाँ वर्तमान संविधान सभाले संविधान दिनु पर्ने आवश्यक पूरा गरेको छ । संविधान निर्माण कार्य गर्न सबै भन्दा जटिल समस्या संघीय प्रदेशहरुको निर्माण गर्नु नै हो, मैले बुझेको छु ।

केन्द्रिय सरकारबाट सबै क्षेत्रमा रेखदेख पुयाउन सकेन र सबै ठाउँमा समान रुपमा विकास नहुदाँ सबै नागरिकहरुले समान रुपमा सुविधा प्राप्त गर्न सकेका छैनन् । धेरै प्रदेशहरु बनाएर शासनको विकेन्द्रिकरण गरी सबै नागरिकहरुले समान सुविधा प्राप्त पर्न उदेश्य नै संघीय राज्य अथवा प्रदेशको उदेश्य हो र हुुनु पर्दछ ।
प्रदेशको सबै नागरिकहरुले समान अधिकार र सुख सुविधा प्राप्त गर्ने व्यवस्था भए पछि जातजाति भाषाभाषी धर्म संस्कार संस्कृतिका आधारमा प्रदेशको निर्माण गर्नुपर्ने देखिदैन । वर्तमान अवस्थामा नेपालको मतदातहरुले राजनितिक आस्थाकै आधारमा गर्ने तिनै आफूले मतदान गरेका दलहरुले संचालन गरेको कार्यक्रम र नीति माथि विश्वास नगरेर जातिय र क्षेत्रीय आत्रारमा प्रदेशहरुको निमार्ण गर्नु पर्दछ । नेपाली जनता आपसमा मिलेर बसेका छन् । जात,धर्म, संस्कार,  संस्कृतिको आधारमा मनमुटाव भएको थाहा छैन । नेपालमा बसोबास गर्ने नागरिकहरुको चिनारी अथवा पहिचान भनेको नेपाली भन्ने शब्द नै हो । नागरिकतामा सबैलाई नेपाली भनि विदेशीसगैँ परिचय गराएको छ ।

पुरानो सामन्ति प्रवृत्तिको सरकार विघटन भई जनमतको आधारमा सरकार गठन विगठन हुने परिपाटीको विकास सुरुुवात भइसकेको छ । मुलुका सबै जनताले समान रुपमा नागरिक अधिकार कसैलाई पनि सुविधा र इन्साफमा भेदभाव गर्न पाइदैन भन्ने संविधान र कानुनमा लेखिएका छन् । राजनिति भनेको नितिमध्ये सर्वोच्च नीति हो । राजनिति गर्ने मानिसलाई आफूले देश र जनताको सबै भन्दा ठूलो सेवक हुँ भन्ने भावनाबाट उत्प्रेरित भई आफूलाई सबैभन्दा ठुलो त्यागी सावित गर्ने प्राण गर्नुपर्दछ । अफजोस नेपालको राजनितिकर्मीलाई  राजनिति फाँटलाई त्याग होइन कमाउने र मोजमज्जा गरी हैसियत देखाउन क्षेत्र बनाएका छन् ।

नेपालको भुमि उर्वरा र सुन्दर छ तर सक्षम रत्यागी नेताको अभावले गर्दा नेपाली जनताले दुःख पाइराखेको छ र नेपालको मोहरा उज्जवल र चम्किलो हुन सकेको छैन । साच्चैँ भन्ने चम्किलो हुन सकेको छैन । नेपाली जनता समझार,सोझा शान्ति र अनुशासित छन् । राष्टिय नेताको अभावले गर्दा नेपाल पछि परेको छ । सइयामी त्यागी महान भए मात्र नेतृत्व गर्न सक्नेछ , धेर्य शान्ति भेदभाव नगर्ने सबै जनता र क्षेत्रलाई समान रुपले हेर्न आफुलाई भएको बल बृद्धि र धन समेत देश र जनताको लागी समपर्ण गर्न सक्ने नेता नेपालमा कम छन् । युगौदेखि मिलेर बसेको शान्तिकर्मी, नेपालीहरुलाई जात, धर्म आदिको आधारमा विभाजन गरी फुटाउने प्रयास तीव्र गतिले भइरहेको छ । नेपालीहरु सतर्क चनाखो भई आफनो परम्परालाई जोगाई शान्ति ,धैर्यता र मेलमिलाप कायम राख्नुपर्दछ भन्ने  अनुरोध छ ।