डा. शास्त्रदत्त पन्त

नेपालको २० विघा जमिनमा कब्जा गरेर भारतीय सैनिकले आफ्नो सैनिक अड्डा बनाएको छ। अलौ, सिर्सिया, विश्रामपुर र मिसवाका सिमा स्तम्भ उखेलेर ५ सय विघाभन्दा बढी जमिन अतिक्रमण गरी भारतीय सिमा बलले आफ्नो परेड मैदान बनाएको हो । 

चुरे पहाडको माथि ठुटे खोलाको शीरसम्म अतिक्रमण गरिएको छ। उक्त स्तम्भ बिचको चुरे पहाडको तल्लो पानी ढोलको हजारौँ विघाको पाटो नै अतिक्रमण गर्न कोसिस गरिएको छ । सिरसिया क्षेत्रमा रहेको ३३ नं. को सिमा स्तम्भ उखेलेर फाली सो ठाउँमा भारतले आफनो वाणिज्य दूतवास र भन्सार कार्यालयको भवन निर्माण गरेको छ । 

सिमा अतिक्रमण :  

१. नेपाल भारत दुई देशबिच १,७५१ किमि लामो खुला सिमाना छ । नेपालको तीनतिर भारतसित सिमाना जोडिएको छ । नेपालका २८ जिल्लाका ६४० नदी र बाँकी स्थल सिमा स्तम्भले छुट्याएको छ । त्यस्ता सिमा स्तम्भ तोड्ने, फोड्ने, भत्काउने, मिच्ने, अतिक्रमण गर्ने र बसोबास गर्ने जस्ता विभिन्न खाले अतिक्रमण भारतीय पक्षबाट अनवरत रुपमा हुँदै आएका छन् । नेपालको सिमा अतिक्रमण गर्न भारतका ६ वटै तत्व (सरकार, नोकरशाही, दल, राज्य, रअ र जनता) सक्रिय छन् । 

आज सम्म नेपालका २२ जिल्लाका ८७ ठाउँमा सिमा अतिक्रमण भएका छन् । सबै ठाउँमा भारतीय पक्षबाट मात्र अतिक्रमण भएका छन् र नेपालीबाट काहीँ पनि भएका छैनन् । चीन, पाकिस्तान, बंगलादेशसँग जस्तै अनवरत रुपमा तिनै तर्फबाट नेपालको सिमा मिच्ने काम जानाजान तथा बदनिंयत्पूर्वक गरिएको छ। 

२. सिमा समस्या समाधान गर्न म्यान्डेट नै नपाएको अनिवार्चित सरकारले २०६४ सालमा सुस्ता र कालापानी बाहेकका अरु सिमा समस्या समाधान भएको घोषणा गरेको छ । ८७ मध्ये ८५ ठाउँ २०४७ पछि अतिक्रमित भएका हुन् । २ ठाउँ त्यस पूर्वका हुन् । राजनिति तरल तिनै शक्ती भारत पक्षधर भएका बेलामा भारतले एकतर्फी बनाएका नक्सा अनुसार भारतीय पक्षबाट ८७ ठाउँमा अतिक्रमित भू–भाग सबै भारतको हुने गरि गरिएको समझदारी गलत र भा्रमक छ । आफ्ना पालाका अतिक्रमणलाई भारतले भने अनुसार मान्यता दिएको र पञ्चायतकालीनलाइृ यथावत् राखिनुले थप शंका उब्जेका छन् । यस्ता सिमा समस्या चार खाले छन् । 

(१) सिमा क्षेत्र अतिक्रमण गर्ने
(२) सिमा स्तम्भ भत्काउने र गायव गर्ने 
(३) दशगजा अतिक्रमण गर्ने 
(४) नदी बहावको विप्रतिप सीमानामा बाँध बानेर नेपाललाई डुबानमा पार्ने 

३.१ सुस्ता र कालापानी पञ्चायतकालपूर्वदेखिका विवादित क्षेत्र हुन् । सुस्ता क्षेत्रलाई पञ्चायत कालमै नेपालले फिर्ता लिएर त्यहाँ सर्भे नापी समेत गराएर किसानलाई लालपुर्जा वितरण गराईसकेको थियो । त्यस क्षेत्रमा छुट्टै सूस्ता गाउँपञ्चायत पनि गठन गरिएको थियो । भारतीय बलबाट २०४७ सालमा नेपालको राजनीतिमा परिर्वतन आएपछि भारतले त्यो जग्गा नेपाली किशानबाट सिमा बल प्रयोग गरेर कब्जामा लिएको छ । यो घटनाले सीमा अतिक्रमणकको कुरा मात्र होइन नेपाली दलका नेता कसरी भारतका मुठ्ठिमा छन् र भारतले जे अन्याय गरे पनि तल्कालै अन्धा र बैरा भइ हाल्छन् भन्ने कुरा पनि पुष्टी हुन्छ । 

३.२ कालापानी फिर्ता गराउन पञ्चायत काल सक्रिय थियो । त्यहाँ भारतीय सेनाको क्याम्प नै भएकोले नेपालले सेना प्रयोग गरेर पाकिस्तान र चीनसगँको तितो अवस्था आउन नदिन मात्र शान्ति मार्ग अवलम्वन गरी फिर्ता गर्न बाँकी थियो । 

३.३ पञ्चायत कालमै भारतले नेपाली भुमिमा निर्माण गर्न लागेका टनकपुर बाधँमा प्रयोग भएका ट्रक, बुलडोजर र क्रेनहरु ब्ल प्रयोग गरेर नेपालले जफत गरेको थियो । त्यसपछि उनीहरुले त्यो भुमि छोडेका थिए । यथार्थमा त्यो बलको प्रयोग कालापानीमा पनि छाड्ने भन्ने थियो । 

३.४ २००७ सालको राजनितिक परिर्वतन पछि नेहरुको आसय बमोजिम नेपालका उत्तरी सीमानाका सबै महत्वपूर्ण ठाउँमा चेकपोष्ट राखिएका थिए । पञ्चायत कालमा नेपालले ती सबै चौकी हटाएको थियो र नेपाल एउटा स्वतन्त्र सार्वभौमसता सम्पन्न देश हो भन्ने सन्देश विश्वलाई दिएर नेपालको प्रतिष्ठा बढाएको थियो। 

३.५ सबै देशले आफ्ना सबै भु–भागमा आवश्यकता अनुसार सबैलाई पस्न नपाउने व्यवस्था गरेको हुन्छ । भारतमा पनि त्यस्ता धेरै ठाउँ छन् । हिमालय क्षेत्रको प्राकृतिक विविधता, त्यहाँ भएका कला, साहित्य, गुम्बा, जडिबटी, भु–स्खलन, पशुपन्छी, आदि तथा नेपाली भुमीको प्रयोग गरेर चीनको जासुसी जस्ता अनेक कारणले यो क्षेत्र नेपालको सामरकि महत्वको क्षेत्र हो । यो विश्वसम्पदा क्षेत्र पनि हो । त्यस कारण त्यहाँ प्रवेश गर्न निशेध गरीएको थियो, गर्नु पर्दछ । तर वि.स २०४७ पछिका नेपाली काँग्रेसको सरकारले भारतको दबाबमा ती क्षेत्रलाई खुला गरेको थियो । यसमा अमेरिका र पश्चिम देश पनि खुशी भएका थिए । यहाँका जडिबुटी पश्चिमाले दर्ता गर्दै गएका छन्। 

४.१ सिमा क्षेत्र अतिक्रमणमा दार्चुलाको कालापानीमा चीन र भारत बीच युद्य भएका बखतदेखि ३७२ वर्ग कि.मि क्षेत्र भारतीय सेनाले अतिक्रमण गरेर राखेको छ । सन् १९६५ देखि अहिलेसम्म भएका जनगणना तथा सर्भे र नापीका अभिलेखहरु तथा मालपोतमा आवादी जग्गाको मोठ र नक्सा तिरोभरो नेपालीको नै छ । 

४.२ महाकाली नेपालको पश्चिम सिमा नदी भएपछि बैतडीदेखी नै सिंगो महाकाली नदी मझधार सिमा हुन सक्दैन । सबै नदी नेपालको हो त्यसमा मझधारसम्म अतिक्रमण गरिएको छ । 

४.३ कञ्चनपुर जिल्लाको शारदा नहर उतर टनकपुरमा २२२ विघा जमिन भारत सरकारले अतिक्रमित गरेको छ र ४० नं. को सिमा स्तम्भ निशान नरहने गरी भत्काएको छ । ब्रह्मदेव मण्डीमा सीमा स्तम्भ गायव गरेर अतिक्रमण गरिएको छ । परासन रामपुर–विलासपुर, मुण्डा, टिल्टामा क्षेत्रहरुमा ३०७ विघा, दोधारा चाँदनी र लक्ष्मीपुरमा १० विघा, झिलमिलामा १५ विघा, बेलडानीमा १५ विघा र शुक्लाफन्टामा २४ वर्ग कि.मि जमिनमा भारतीय नागरिकले अतिक्रमण गरी बसेका छन् । बनबासको दशगजा अतिक्रमित छ । त्रिभुवनबस्तीका सबै, बुदबस्तीको सिमा स्तम्भ नं १९७ का १८ वटा घडेरी प्लटहरु अतिक्रमित छन् । शिवपुरको ४० नं. को पिलर भत्काएर अतिक्रमण गरिएको छ । शारदा ब्यारेजमा १४.८५ हे. जग्गा अतिक्रमण गरिएको छ । 

५. कैलालीको वीरनाला र भन्दानालाबिचको सिमा स्तम्भ गायव गरी नेपालको भू–भाग र फूलबारी गाउँको मोहना नदीका दुबै किरानाका वन भारततिर गाभिएको छ । 

६.१ बर्दियाको पराशन क्षेत्रका १९२ देखि १९८ नम्बर सम्मका सिमा स्तम्भ र पाँचवटा उपसिमा स्तम्भ गायव गरेर ६७.५ विघा जमिन अतिक्रमण भएका छन् । शालापुर सिमा स्तम्भ नं. ६१/१ र ६१/४ हटाएर ७० विघा अतिक्रमण भएको छ । गुलरियाको दक्षिणतर्फको जगंल पनि अतिक्रमण गरेर (Demarcation) निशान लगाइका छन् । चभौकी र सरला गाउँ ६१ नं. सिमा स्तम्भ गायव गरेर ६७.५ विघा जमिन अतिक्रमण गरेका छन् । खैरी ततप्रमा ६२/२ देखी ६२/८ सम्म तथा सदरमुकाम गुलरिया न.पा.को सिमा स्तम्भ गायव गरेर शयौँ विघा जमिन अतिक्रमण गरिएको छ । 

६.२ यहाँ भएको यस्तो अतिक्रमणको कारण सिमा बलले रिसईबी साँध्न २०६४ साल कार्तिक ९ गते साइकलमा घरायसी सामान किनेर घरतिर आएको अवस्थाको रामदुलारे चमारलाई एसएसविका शिवकुमार ठाकुरले दशगजामा गोली हानी हत्या गरियो र ३ दिनपछि मात्र शव फिर्ता गरिएको थियो । बंगलादेशतिर यसै गर्न गरिएको रबैया अब नेपालतिर पनि थालिएको छ । यो घटना राज्य आतङ्क हो र नेपालीलाई तर्साएर काबुमा राख्ने नियतले गरिएको हो। 

७. नेपालगन्जको सन्तालीया क्षेत्रमा दशगजा अतिक्रमण भएको छ । 

८. दाङ देउखुरीको कोइलाबास रेन्जको हर्नडाँडा र डडुवा रेन्जको भू–भाग भारतीयहरुले अतिक्रमण गरेका छन् । यसको क्षेत्रफल नाप्न बाँकी छ । 

९. कपिलवस्तुको आरानालामा सिमा स्तम्भ गायव गरिएर सालको वा गोण्डा जिल्लाको रामनगर वन डिभिजनले कब्जामा राखेको छ । 

१०. रुपन्देहीको बेल्डिहा र सुनौली नाकामा अतिक्रमण गरेर त्यहाँ भारतले प्रहरी चौकी, शौचालय, भारत प्रवेशदार, टेलिफोन र विद्युतका खम्बाहरु त्था अन्य केही भवन निर्माण गरेको छ । 

११. नवलपरासीको नारायणी नदीको सुस्ता क्षेत्रमा ३७० घरका २५०० जनाले उपभोग गरेको सर्भे नापी भएर लालपुर्जा पाएका १४,८६० हे. जमिन भारतले अतिक्रमण गरेर आफ्ना १००० जनतालाई बसाएको छ । त्यहाँ सिमा स्तम्भ ३.५ कि.मि उतर नेपालतिर सारिदिएका छन् । मदीचुरे र दारानालामा अतिक्रमण भएको छ । भैसालोटनको बालमिकि नगर नाममकरण गरेर नेपालको संपदालाई भारतीय बनाउने मनोवैज्ञानिक दबाब सिर्जिएको छ । 

१२.१ पर्साको ठोरीका २ वटा सिमा स्तम्भ गायव गरिएका छन् । सिमा स्तम्भ नं ८३, ८४, ५, ४६ र ४७ लाई भत्काएर नामेट पारिदिएका छन् । २० विघा जमिनमा भारतीय सैनिकले कब्जा गरेर सैनिक अड्डा बनाएको छ । अलौ, सिर्सिया, विश्रामपुर रमिसवाका सिमा स्तम्भ उखेलेर ५ सय विघाभन्दा बढी जमिन अतिक्रमण गरी भारतीय सिमा बलको परेड मैदान बनाएको छ । चुरे पहाडको माथि ठुटे खोलाको शिरसम्म अतिक्रमण गरिएको छ । उक्त स्तम्भ बिचको चुरे पहाडको तल्लो पानी ढोलको हजारौँ विघाको पाटो नै अतिक्रमण गर्न कोशिश गरिएको छ । सिरसिया क्षेत्रमा रहेको ३३ नं. को सिमा स्तम्भ उखेलेर फाली सो ठाउँमा भारतले आफनो वाणिज्य दूताबास र भन्सार कार्यालयको भवन निर्माण गरेको छ । 

१२.२ नेपालले रक्सौल–अमलेखगंज रेलसेवा सञ्चालन गर्न सन् १९२६ जुन २९ तारिखमा भारतको पूर्वी चम्पारण मोतीहारी कोर्टबाट किनेको जग्गामा भारतीयले अतिक्रमण गरी ४ सय वटा फुसका ४ वटा पक्की तथा भारतीय कम्युनिष्ट पार्टी (माले)को पार्टी कार्यालयको भवन समेत बनेको छ । 

१३. बाराको ३८०/३ देखि ३८०/२६ सम्म भारतले एकतर्फी सर्भेनापी गरेर नेपालतिर नयाँ सिमा स्तम्भ गाडेको छ । नेपालको संक्रमणकालीन तरल राजनिति भएको बेला पारी धेरै किसानको सयौँ विघा खेत भारतमा पारेको छ । 

१४.१ रौतहट र पर्सा जिल्लाको सिमानामा पर्ने बलरामपुर घोदासनको नेपालीभुमिमा निकै नै अतिक्रमण हुन पुगेको छ । सो बारेमा एकपटक भारतसगँ वार्ता भएर पनि कुनै टुङ्गो लाग्न सकेको छैन । 

१४.२ रौतहटको जमुनाह गाविसको वडा नं ७ भारतीयको नियन्त्रणमा छ । 

१५. सर्लाहीका त्रिभुवननगर गाविसका स्तम्भ नं. २५ देखि ३९ सम्म, संग्रामपुर गाविसको हथौलासम्मको भू–भाग, स्तम्भ नं. २९ देखि ५१ सम्मका पुरानो सिमा स्तम्भ गायव गरिएको छ । जिल्लाका १५ गाविसका दशगजा अतिक्रमण गरेर भारतीय नागरिकलाई घर बनाएर बस्न दिइएको छ। 

१६. सत्तरी जिल्लामाका छिन्नामस्ता, रामपुर, मलहोनियाका, सुवर्णपट्टी, लालपट्टी, गोविन्दपुर, कुनौली बिश्णुपुर र गोर्वधन् गाउँका सिमा क्षेत्रमा ५० मिटरभन्दा बढी सिमा अतिक्रमण गरिएको छ । 

१७. सुनसरी जिल्लाका कटैया, पकलिया, भन्टाबारी, शिवगन्ज, शाहेवगन्जका सिमा क्षेत्रमा ७००० विघाभन्दा बढी भू–भुभाग अतिक्रमण गरिएको छ । 

१८. मोरङको लुना नदीसँगै एक कि.मि लामो भु–भाग अतिक्रमण गरिएको छ । वरडंगा, आमगाछी, महादेवा, कर्सिया,  रंगेलीया, झुर्किया वरडंगा, लुना नदी किनारमा सिमा स्तम्भ सारिएका छन् । कहीँ भत्काइएका छन् र दशगजा मिचिएका छन् । घर बनाइएका छन्, व्यवसाय चलाइएका छन् ।