सन्दर्भ जेठ १९ २०५८ को 

कुरा २०३७ साल तिरको हो । इतिहासमा स्नातकोत्तर गर्ने शिलशिलामा सोधकार्य गर्नु पर्दथ्यो । मैले आफ्नो थेसिसको विषय Nepal's Zone of Peace Proposal : A Historical Perspective रोजे । मेरो थेसिस गाइड प्रा. त्रिरत्न मानन्धर हुनुहुन्थ्यो । यही थेसिसमा आएको उच्च मार्कको कारण म स्नातकोत्तरमा प्रथम श्रेणी (मेरिट ल्याएर) उत्र्तिण हुन सफल भएको थिए । यस थेसिस किन राजा वीरेन्द्रले आफ्नो राज्याभिषेकको अवशर पारेर नेपाललाई विश्व समक्ष शान्तीक्षेत्र घोषित गरियोस भन्ने प्रस्ताव राखे (?) भन्ने कुरामा केन्द्रित थियो । सन् १९८१ को जुलाइ महिनामा यो थेसिस सकी भाइवा दिएर मैले स्नातकोत्तरको अध्ययन पुरा गर्दा विश्वका धेरै राष्ट्रहरुले यस प्रस्तावको समर्थन गरिसकेका थिए भने भारतले यस प्रस्तावको समर्थन गर्नु त परै जावस सबैभन्दा पहिले यो प्रस्तावको समर्थन गर्ने सोभियत संघलाई दवाव दिएर समर्थन फिर्ता लिन वाध्य पारेको थियो । 

सोभियत संघले समर्थन फिर्ता लिए पश्चात चीन औपचारिक रुपमा यस प्रस्तावको प्रथम समर्थक भएको थियो । यस प्रस्तावलाई समर्थन गर्ने विश्वका ११६ राष्ट्र मध्ये चीन पछि अन्य शक्तिशाली राष्ट्र अमेरिका, जापान, जर्मनी, फ्रान्स आदि थिए । मेरो थेसिसमा राजा वीरेन्द्रले यो प्रस्ताव किन राखे भन्ने अनुसन्धानात्मक प्रश्न (Research Question) को जवाफ मात्रै छ । भारतले यो प्रस्तावको विरोध किन गर्यो भन्ने कुरा विश्लेषण गरिएको छैन यद्यपि पहिलो प्रश्नको जवाफले यो दोश्रो प्रश्नको पनि जवाफ दिन्छ भन्ने मेरो ठहर छ ।

किन राखे राजा वीरेन्द्रले यो प्रस्ताव ?

१) जुन वेला राजा वीरेन्द्र नेपालका राजा भए सन १९७२ मा त्यतिखेर भर्खरै भारतले सोभियत संघसंग गरेको सैनिक सन्धीको आडमा पाकिस्तानलाई टुक्राएर वांग्लादेश वनाएको अवस्था थियो । भारतमा निर्वाशनमा रहेका विश्वेश्वर प्रसाद कोइरालाले अव देशमा पंचायत ब्यवस्थालाई ढाली बहुदल नदिने हो भने वाग्लादेशकै मोडेलमा भारतीय ससस्त्र सैनिक सहयोगमा नेपालमा प्रजातन्त्र स्थापना गर्नु पर्छ भन्ने कुरा महेन्द्र राजा हुंदानै सेप्टेवर २०, १९७१ इण्डियन एक्सप्रेशलाई अन्तवार्ता दिइ सार्वजनिक गरिसकेका थिए । अर्कोतर्फ आफुलाई पाकिस्तानको घनिष्ट मित्र भन्ने चीनले भारतद्धारा पाकिस्तानको विखण्डन गर्दा समेत चू.. नवोली कानमा तेल हालेर वसेको भर्खर गद्यी आरोहण गरेका राजा वीरेन्द्रले राम्ररी वुझेका थिए । चीनकै भरमा वस्ने हो भने अव भारतले नेपाललाई सजिलै खान सक्छ भन्ने उनको ठोकुवा थियो । 

२)   राजा वीरेन्द्र भारतप्रति शशंकित भइरहेकै अवस्थामा अगष्ट १९७२ मा भारतीय सैनिक वर्दिमा नेपालमा छिरेका सयौ ससस्त्र भारतीयहरुले दिन दहाडै नेपालको हरिहरपुर गाउमा प्रवेश गरी निदोर्ष नेपालीहरुलाई लुटे । त्यो कुरालाई अगष्ट २८ को गोरखापत्रले आफ्नो मुखपृष्ठमा छापेको थियो ।   

३) झन त्यसमाथि जून १९७३ नेपाल राष्ट्रबैंकको रु ३० लाख भारु लिएर विराटनगरको लागि उडेको नेपाली वीमानलाई अपहरण गरी भारतको फारविसगञ्ज ओरालेर ३० लाख लुटने काम सफलताका साथ नेपाली कांग्रेसले सम्पन्न गरेपछि राजा वीरेन्द्रको भारत प्रतिको शंका झनै गाढा भएर गयो । 

४) अर्को झन ठूलो घटना सन् १९७४ मा घ्टयो । त्यो भनेको नेपालको पूर्व छिमेकी रहेको सिक्किमलाई भारतले आफुमा विलय गरायो । यसबाट अव नेपालको नियति पनि कुनै पनि वेला सिक्क्किमको हुने ठहर राजा वीरेन्द्रले गरे । 

५) सन १९६२ मा चीनसंगको युद्धमा हारेको भारतको छवी विश्व र दक्षिण एसियामा कमजोर सावित भएको थियो । सोभियत संघसंग सैनिक संझौता गरी पाकिस्तानलाई सफलताका साथ टुक्राइ वाग्लादेश वनाउने, नेपालमाथि सैनिक कारवाही र नेपालको वीमान अपहरण गर्न लगाउने अनि सिक्किमलाई आफुलाई विलय गर्न सक्ने भारतले सन १९७४ मा आउदा आफुलाई दक्षिण एसियाको दादा वनाउन सफल वनाइसकेको थियो भने चीन यी सबै कुरा टुलुटुलु मात्रै हेरेर वसीरहेको थियो ।  

६) पकिस्तानलाई टुक्राइ वाग्लादेश वनाउन सफल हुनु, सिक्किमलाई भारतमा विलय गर्न सफलहुनुले इन्दिरागान्धीको महत्वाकांक्षा ह्वात्तै वढ्यो । यतिसम्म कि India is Indira and Indira is India भन्ने नारा भारतमा सर्वत्र फैलियो । आफनो जीवनकालमा भरी भारतको प्रधानमंत्री भइरहने उन्को अभिलाषा पूर्ण गर्ने कार्य स्वरुप उन्ले भारतमा सन १९७५ मा संकटकाल घोषणा गरी विपक्षीहरुलाई तवाह गर्ने रणनीति अख्तियार गरिन । यसबाट राजा वीरेन्द्र झनै त्रसित वन्न पुगे । यस अवस्थामा विश्वले देख्ने गरी केही कार्य नगरे नेपाललाई भारतले सजिलै निल्ने देखी राजा वीरेन्द्रले आफनो राज्याभिषेकको अवशरमा विश्वको नेता सामु सन १९७५ मानै शान्तीक्षेत्रको प्रस्ताव राखे र त्यस प्रस्ताव प्रति भारत र सोभियत संघ वाहेक सबैको समर्थन आउनुले नेपाल खाने भारतको योजनामा तुषारापात पर्न गयो । जस्को फलस्वरुप भारतले नेपाल दरवारलाई स्थायीरुपमा आफनो शत्रुको कोटिमा राख्यो । 

७) भारतमा इन्दिरा गान्धीले लगाएको संकटकालको विरोधमा समाजवादी नेता जयप्रकाश नारायणको नेतृत्वमा कांग्रेस विरोधी मोर्चा तयार भयो । भारतमा निर्वाशनमा रहेका विश्वेश्वर र गणेशमानहरु आफुलाई पनि समाजवादी ठान्ने हुँदा यिनीहरु जयप्रकाश नारायणको नजिक हुनु स्वभाविकै थियो जुन कुरा इन्दिरा गान्धीलाई पचेन । अव भारतमा रहेमा इन्दिरा गान्धीले जेलमा ठोस्ने देखि मन्द विष पिउनु भन्दा आत्महत्या गर्न परेपनि नेपाल फर्कनुनै उचित भन्दै राष्ट्रिय मेलमिलापको नारा दिएर देश द्रोह, विमान अपहरण जस्ता मुद्धाको परवाह नै नगरी विश्वेश्वर र गणेशमान नेपाल फर्किए ।

८) आफ्ना वावु महेन्द्र भन्दा राजा वीरेन्द्र लोकतान्त्रिक थिए । यिन्ले विश्वश्वर र गणेशमानलाई कुनै कारवाही गरेनन् । भारतसंग टक्कर लिनको लागि देशमा एकता हुनुपर्छ भन्ने कुरामा विश्वाश गर्ने राजा वीरेन्द्रले विश्वेश्वरकै सल्लाहमा २०३६ साल पंचायत ब्यवस्था राख्ने की वहुदलमा जाने भन्ने विषयमा जनमत गराउने घोषणा गरिदिए । राजाको यो घोषणाबाट विश्वेश्वर निकै उत्साहित वने । उन्ले प्रजातन्त्र र राजतन्त्र एक अर्काको परिपुरक भन्दै राजाको र आफनो घांटी जोडिएको उदघोष गर्दै हिडन मात्रै थालेनन वल्की नेपालका वामपन्थीहरुसंग आफनो कुनै तालमेल नहुने ठोकुवा गरे । जनमतमा वहुदलले जित्ने त्यसपछि कांग्रेसको राज हुने घोषणा विश्वेश्वरले टुडिखेलको आमसभामै गरिदिए । उन्को सोचाइको ठीक विपरित जनमतमा सुधारिएको पंचायतले जितेपछि विश्वश्वरले जनताको निर्णय आफनो लागि शिरोधार्य भन्दै राजाकै पक्षमा आफुलाई उभ्याए जस्को पुरस्कार स्वरुप उन्ले दरवारबाट रु ५० हजार पाएको तत्कालिन दरवारका सचिवहरुले भन्दै हिडथे । यही कारण, जुलाई १९८२ मा विश्वेश्वरको मृत्यु नहुञ्जेलसम्म सुधारिएको पंचायतले देशमा राज गर्यो । 

९) विश्वेश्वरको मृत्यु लगत्तै फेरी पंचायत विरोधी आवाजहरु सुनिन थाले । हुन त जनमत संग्रहमा पंचायत पक्षले ४ लाख फर्जिमत जनक शिक्षा सामग्री केन्द्रमा छापेर प्रयोग गरी पंचायतलाई जिताएको आरोप मनमोहन अधिकारीले जनमत लगत्तै भएको टुडिखेलको आमसभामा बताएकै थिए । तर विश्वेश्वरको नेतृत्वको कांग्रेसले जनमतको नतिजा मानेको परिप्रेक्ष्यमा वामपन्थीहरु एक्लैले केहि गर्न सक्ने अवस्था नभएको हुंदा पंचायतको आयु एक दशक लम्विन गएको थियो । विश्वेश्वरको मृत्यु पश्चात पंचायत ढाल्ने कुरामा गणेशमानले नेतृत्व गरेको कांग्रेस देश भित्र वामपन्थीहरुसंग एकता गरी पंचायत ढाल्न तयार भयो भने उता भारतमा इन्दिरा गान्धीको पतन भई जयप्रकाश नारायण समर्थित समाजवादी सहितको जनतापार्टीको सरकार वन्न पुग्नुले नेपालको पंचायत विरोधी आन्दोलनलाई भारतले सघाउने भयो ।

भारतीय नेता चन्द्रशेखर गणेशमानको चाक्सीवारी स्थित घरमा आएर आन्दोलनकारीलाई हौशला दिन थाले । पंचायत विरोधी आन्दोलन चर्केर गयो । भारत समर्थित आन्दोलनलाई जवाफ दिने हेतुले राजा वीरेन्द्रले चीनसंग हतियार किन्ने कार्य गरे । यसबाट भारत झनै चिढियो र उस्ले नेपाल माथि आर्थिक नाकावन्दी थोपर्यो ।  नाकावन्दी पक्षमा विश्व जनमतलाइ आफु तिर पार्न भारतले सन १९६५ मा राजा महेन्द्रसंग गरेको गोप्य सैनिक संझौता टाइम्स अफ इडिया नामक भारतीय पत्रिका मार्फत प्रकाशित गरिदियो । जुन सन्धी अनुरुप नेपालले भारत वाहेक अरु कुनै देशसंग हतियार किन्न नपाउने र किने तापनि भारतीय भूमीबाट भारतलाई देखाएर ल्याउनु पर्ने प्रावधान थियो । यस सन्धीको उजागर हुनुले राजा वीरेन्द्रको स्थितिलाई कमजोर वनाइदियो र उन्ले फेरि पनि भारतको अगाडि घुडा टेक्नु भन्दा आफना जनतालाई राजनीतिक अधिकार दिनु उचित ठानी सन १९९० मा पंचायतलाई समाप्त पारी वहुदलीय ब्यवस्था घोषणा गरिदिए । यस घोषणासंगै राजाको शान्ती क्षेत्रको प्रस्ताव वेवारिसी वन्न पुग्यो किनकी त्यसपछिका वनेका अन्तरिम सरकार र निर्वाचित सरकार कसैलै पनि नेपालको शान्ती क्षेत्र प्रस्तावलाइ अघि वढाइ भारतसंग दुश्मनी मोल्न चाहेनन । 

१०) वहुदल घोषणा भएको एकवर्षमै सन १९९१ म नया संविधान वन्यो जस्ले राजालाई संवैधानिक र देशको सार्वभौमिकता नेपाली जनतामा रहने ब्यवस्था गरिदियो । जव नेपाली जनता सार्वभौमिक वने तव यस पंक्तीको लेखकले सुगौली सन्धी र भारतसंग भएको सन १९५० को सन्धीको धारा ८ मा भएको ब्यवस्था अनुरुप नेपालको सीमा स्वत टिष्टा कागडा पुगेको उदघोष गर्दै ग्रेटर नेपालको अभियान थाल्यो । यस अभियानलाई खुलेर समर्थन गर्ने तत्कालिन एमालेका महासचिव मदन भण्डारी पनि थिए । झन त्यसमाथि विशाल नेपाल संवन्धी सन्धी संझौता र पक्ष विपक्षका विचारलाई एकत्रित गरी विशाल नेपाल नामक लेखको संगालो पुस्तकको रुपमा यस पंक्तिका लेखकले छापे पछि भारत राजा वीरेन्द्र र मदन भण्डारीले यो अभियानलाइ पक्षपोषण गरेको शंका गर्न थाल्यो । यही शंकाकै आधारमा भारतीय डिजाइन अनुरुप मदन भण्डारीलाई त्रिसुली खसालेर मार्ने काम भयो । 

११) वहुदल लागु भएको शुरुका वर्षहरुमा राजाको लोकप्रियता ज्यादै खस्कन गएको थियो । तर वहुदलिय सरकारबाट जनताले  जुन रुपमा राजनीतिक स्थायीत्व र विकाशको अपेक्षा गरेका थिए त्यो हुन सकेन । जस्को फलस्वरुप गिरिजाको कांग्रेस सरकार आन्तरिक किचलोको कारण मध्यावधी निर्वाचनमा जानुले राजाको लोकप्रियता विस्तारै वढन थाल्यो । झन त्यसमाथि नेपालमा रहेका १ करोड भारतीयहरुलाई नेपाली नागरिकता दिने विधेएकमा राजाले लालमोहर नलगाई सर्वोच्च अदालत तिर धकेल्दिनुले राजाको लोकप्रियता ह्वात्तै वढ्यो भने भारत दरवारसंग नराम्ररी चिढियो । नेपालमा आएको वहुदलियता आफनो पक्षमा राजा होउञ्जेल सम्म नआउने र नेपाललाई बैधानिक रुपबाटै सिक्किम वनाउन नसक्ने देखी नेपालको राजतन्त्र र विशाल नेपाल अभियानलाई चुनौति दिन  भारतले एकातर्फ भुटान सरकारलाई उठाएर एकलाख भन्दा वढी भुटानीलाई नेपालमा शरणार्थी वन्न पठाइदियो भने अर्को तर्फ नेपालको राजसंस्थालाई सदाका लागि उखेलेर फाल्न माओवादी जनयुध्दलाई मलजल गर्न थाल्यो ।  भारतीय मलजलको कारण माओवादी जनयुध्द दिन दुइगुणा र रात चारगुणाले वढदै गएपछि भारत एका तर्फ वीरेन्द्रको वंश विनाश गर्न सफल भयो भने अर्को तर्फ नेपालका सबै राजनीतिक दलहरुलाई भारत वोलाई दोश्रो दिल्ली संझौता गराई नेपाली राजतन्त्र खतम गर्ने र भारतीयहरुलाई नेपाली नागरिकता दिने आधारशिला तयार गर्यो । त्यही दिल्ली संझौता अक्षरस पालना हुदा नेपालमा रहेका १ करोड मध्ये ६३ लाख भारतीयहरुले नेपाली नागरिकता पाइसके भने देश राजतन्त्रबाट गणतन्त्रमा प्रवेश गरेको अवस्था छ अहिले । 

२०४७ सालमा यस पंक्तीका लेखकले शुरु गरेको विशाल नेपालको अभियान अहिले ब्यापक वनेको छ । विभिन्न तप्का र खेमाहरु विशाल नेपालको पक्षमा खुलेरै लागि सकेका छन् । यस अभियानलाई चुनौति दिन भारत तराइलाई नेपालबाट विखण्डन गर्ने उध्देश्य सहित २०६३ साल पछि नेपाली नागरिकता पाएका गैरआवाशीय भारतीयहरुलाई परिचालन गरिहेको छ । यसकै कारण तराइमा विखण्डनकारीहरुको श्वरहरु पनि सुनिन थालेको छ । नेपाललाई आफनो पकडमा राख्न सके नेपालबाटै स्वतन्त्र तिब्बत अभियान सफल पार्न सकिन्छ र तिब्बत स्वतन्त्र भएको भोलीपल्टै नेपाललाइ खान सकिन्छ भनेर भारत, यूरोपेली देश अनि अमेरिका एउटै खेमामा आइपुगेका छन् । भारतीय र पश्चिमाहरुको रणनीति राम्ररी वुझेको चीनले पछिल्ला वर्षहरुमा आफनो नेपाल नीतिलाई कठोर वनाएको कारण चीनको उपस्थिति र लगानी नेपालमा वढीरहेको छ जस्ले भारत, यूरोप र अमेरिकाको निद हराम गरिरहेको छ । विशाल नेपाल वनेमा भारत र चीन वीच एक स्थायी वफर जोन वन्न गइ तिब्बत सदाको लागि सुरक्षित हुन्छ भन्ने कुरा चीनले राम्ररी वुझिसकेको परिप्रेक्ष्यमा अव नेपालमा विशाल नेपाल पक्षधर राष्ट्रवादी शक्तिहरुको उत्थान हुने स्वतः देखिन्छ । दार्जिलिंग भएको नेपाली राष्ट्रवादी आन्दोलन, भारत चीन सीमा क्षेत्रमा चिनिया सैनिक वन्दोवस्तीमा ठूलो उन्नती हुनुले पनि नेपालको स्थितीलाई अहिले मजवुत वनाएको छ । अव राजा वीरेन्द्रको शान्ती क्षेत्र प्रस्तावलाई वेवारिसी वनाउने भारतको अगाडि ग्रेटर नेपाल अभियान ससक्त हुंदै जानुले स्थिती झनै चुनौतिपूर्ण भएको छ भने भुटानमा पनि भारत विरोधी शक्ति वढदै जानुले भारत आफुले खनेको खाडलमा विस्तारै आफै पर्दैछ । हरेक वर्ष वीरेन्द्र वंश हत्या भएको दिनले नेपाली जनतालाई दिने सन्देश यही हो ।