दीर्घराज कोइराला

जति भाषा र संस्कृति एकअर्काका पुरक हुन् । गोर्खा जाति आफनो शौर्य एवं सोझोपनले विश्व विख्यात भएको इतिहास स्पष्ट छ । यसको अतित जस्तो गौवमय थियो । वर्तमान पनि तदनुरुप नै रहेको छ भन्दा अत्युक्ति हुने छैन । जाति उसको भाषमा चिनिने हुन्छ । गोरर्खा जातिको पनि साहित्य संस्कृतिले सिंगारिएको आफनै गोर्खा भाषा छ । यसले विकासको लामो पम्परा छ विकासको विवेचात्मक इतिहासले स्पष्ट पार्दछ ।

वर्तमान समयमा एक थरिका गोर्खाहरु अन्योलका स्थितिमा पुगेका देखिन्छन् । कारण भारत भरि छरिएर बसेका गोर्खाहरु सबै भनेर परिचित थिए सन् १९५५ देखि ५६ सम्म । सन् १९५६ मा जब नेपाली भाषालाई भारतीय संविधानको आठौँ अनुसुचीमा राख्ने माग सुरु भयो त्यति बेलादेखी गोर्खाहरु अन्योल स्थितिको सृजना भएको इतिहास स्पष्ट छ ।
वास्तवमा नेपालमा गोर्खा भाषाको नाम बदलिएर नेपाली बनाइए ता पनि भारतका गोर्खाहरुले आफनो जातिको परिचायाक आदिकाल देखि चलिआएको गोर्खा भाषा नै कायम राख्नु पर्ने थियो । यो ऐतिहासिक भूतले गर्दा आजका गोर्खा युवाहरुले भारतको सुरक्षामा जानका निम्ति गोर्खा सार्टिफिकेट लिनु पर्दैछ अगोर्खाहरुबँट यसो गर्नु पर्ने कारण हो आजको युवा वर्गले जन्मदै नेपाली परिचय लिएको हुन्छ । हाम्रा पुर्खा गोर्खा थिए । हाम्रो पनि गोर्खा नै हौ भन्ने आटँसबैले गर्दैनन् । विद्यालय,महा विद्यालय अध्ययन गर्दा पनि नेपाली भाषा नामले गर्दा त्यो स्थिति जन्मिएको हो ।

अर्को कुरा नेपाली भाषाले संवैधानिक मान्यता पाउँदा त्यसलाई गोर्खा भाषा पनि भनिएको छ । तसर्थ अब हामीले गोर्खा भाषा नै भने पाठयक्रम चलाउँदा कसैलाई आपत्ति नहुनु पर्ने हो । साहित्य एउटै हो केवल अगाडि गोर्खा शब्द हटाएर नेपाली कारण गरिएको इतिहास छदैछ । अब हामीले त्यही पुरानो वास्तविक नाम गोर्खा भाषा  भनेर पढने पढाउने गरे देखी हाम्रो इतिहास सोझो र चोखो हुनेछ ।