फ्रान्सको सेनलिस शहरमा  भएको विश्व सम्पदा सूचीमा परेको क्याथेड्रल अवलोकन गरेपछि हाम्रो यात्रा पुन अगाडि वढ्यो । यसक्रमका हामी रातीको १० वजे तिर पेरिश पुग्यौ । पेरिश यो दोश्रो पटक भएको हुदा मैले त्यहा हेर्न पर्ने केही कुरा थिएन । आइफील टावरको वरिपरि घुमेर हामी पुन हाम्रो कारमा फक्र्यो र क्याम्पिंग साइट खोज्न थाल्यौ । पेरिस शहरवाट १५ किलोमिटर उत्तर लागेपछि भेटिएको राजमार्गसंगैको क्याम्पिंग साइट पुगेर कार रोक्यौ र नजिकैको राजमार्गको रेष्टुरा खाना खाइ कारमा आएर सुत्यौ । भोलीपल्ट विहानको खाना पनि सोही रेष्टुरामा खाई हाकियौ हामी उत्तर तर्फ । ३० किलो मिटर अघि वढिसकेपछि हामी फोन्टेन ब्लो आइपुग्यौ । त्यहाँको प्रशिद्ध दरवार र बगैचा हेरेर पुरै मध्यान्ह त्यहाँ बिताउने निर्णय गर्यौ ।  

फोन्टेन ब्लोको दरवार र वगैंचा

पेरिश शहरबाट ५५ किलोमिटर उत्तरमा रहेको त्यो दरवारको निर्माण किल्लाको रुपमा सन् ११३७ तिरनै भएको रहेछ । यस दरवारमा फ्रेन्च सम्राट लुइ सातौ देखि नेपोलियन तृतियसम्म वसेका रहेछन् । सम्राटहरु नजिकैको जंगलमा शिकार खेल्ने अनि त्यहा भएका झरनाहरुमा नुहाउने उध्देश्यका लागि यस दरवारमा आएर वस्ने गर्दा रहेछन् । १५ औ शताब्दीमा वभेरियाका राजा चाल्र्स छैठौ की रानी    इसावेउले यस किल्ला सहितको दरवारका संरचनालाई केही परिवर्तन गरी सिगार्ने कार्य गरेकी रहिछन् । यसक्रम दरवारको दक्षिण तर्फको प्रवेशद्धार पोर्ते दोरी र उत्तर तर्फबाट सिधै राजाको शयनकक्षमा पुग्ने खुडकिलाको निर्माण भएको रहेछ । पछि १५२८ मा जोभान्नी वातिस्तालाई लगाइ दरवार भित्र ग्यालेरीको निर्माण पनि गरिएको रहेछ । उनले दरवारको भित्तामा राजाको गौरव वढने खालका भित्ते पेन्टिंग गरेका रहेछन् । पछि गएर पुनरजागरणकालमा यो ग्यालेरीनै फोन्टेन ब्लो कला विद्यालयमा परिणत भएको रहेछ ।

सन् १५४० मा दरवारको चारै दिशामा नयालंगहरु विस्तार गरिएका रहेछन भने इटालियन पुनरजागरणकालमा वनेको वगैचाकै झझल्को दिने गरी सुन्दर वंगैचाको निर्माण पनि गरिएको रहेछ । पछि राजा हेनरी दोश्रोको पालामा दरवार भित्र घोडाको टापको आकारको भर्यांग, समूहमा नाच्ने हलको निर्माण भएको र ग्रीक रोमन प्राचीन कथामा वर्णन भएका नदीकी देवी ( ल्थmउजभ) लाई दरवारको प्रवेशद्धारमानै सजाउने कार्य भएको रहेछ ।  

राजा हेनरी चौथौले पनि आफ्नो राज्यकालमा यस दरवारमा थप संरचना निर्माण गर्न लगाएका रहेछन जस्मा नया चोकहरु, ग्यालेरीहरु र संसारकै सबैभन्दा ठूलो इन्डोर टेनिस कोर्ट पर्दछन् । उन्कै पालामा दरवारको वगैचालाई झन सुन्दर र त्यहा भित्र १२०० मिटर लामो नहर वनाइएको रहेछ । त्यसक्रममा वगैंचामा रानी डायनाको फोहोरा सहितको मूर्ति स्थापना गर्ने कार्य पनि भएको रहेछ । यही दरवार लुइ तेह्रौको जन्म र उन्लाई इसाइकरण गरिने (Nymphe) कार्य गरिएको रहेछ ।

राजा लुइ चौधौको मृत्यु पछि आयोजना भएको समारोहमा भाग लिन रसियाका जार पेटर महान सन १७१७ को मे महिना १९ र २० तारिखका दिन पाहुनाको रुपमा यस दरवारमा वसेका रहेछन् । हरेक नया राजा वन्दा उस्ले यस दरवार भित्र नया चोक थप्ने र दरवारलाई पेन्टिंगहरुले सगार्ने कार्यले गर्दा यो दरवार झन झन विशाल र सुन्दर हुंदै गएको रहेछ । फ्रेन्च राज्यक्रान्तीको ताका भएको आन्दोलनले यस दरवारलाई कुनै क्षति नपुराए पनि त्यहा भित्र भएका फर्निचरहरुको भने लिलाममा विक्री गरिएको रहेछ । पछि नेपोलियन आफु सम्राट वनेपछि यसै दरवार भित्र एउटा सैनिक विद्यालय पनि संचालन गराउन लगाएका रहेछन् ।

सन १८०४ मा रोमबाट पोप आएर यसै दरवारमा नपोलियनलाई श्री पेच लगाइदिएका रहेछन् । यस क्रममा दरवारलाई वृहतरुपमा सिगार्ने अनि सजाउने कार्य भएको रहेछ अनि राजगद्यीलाई पनि यही ल्याएर राखिएको रहेछ । नेपोलियनले आफनो शासनको अन्तिम दिन यही विताएका रहेछन । कैदीको रुपमा सेन्ट हेलना जानु अघि आफना सैनिकलाई यहीबाट नेपोलियनले अन्तिम सम्वोधन गरेका रहेछन् ।

सन १८७० को फ्रान्स प्रसिया युध्दमा जिते पछि जर्मनहरुले केही समयको लागि यस दरवारलाई सैनिक मुख्यालय पनि वनाएका रहेछन् । पछि तेश्रो गणतन्त्रको स्थापना पछि भने यस दरवारमा विदेशी राजा, राष्ट्राध्यक्ष स्वागत गर्ने परंपरा वसालिएको रहेछ । त्यसक्रममा सर्वियाका राजा अलेक्जेण्डर प्रथम, ग्रीसका राजा जर्ज प्रथम, बेल्जियमका राजा लियोपोल्डो द्धितिय र स्पेनका राजा आल्फोन्सो तेह्रौलाई त्यस दरवारमा स्वागत गरिएको रहेछ ।

दोश्रो विश्व युध्दको शुरुमा जर्मनहरुले यस दरवारलाई सन १९४० को जुन देखि नोभेम्वरसम्मआफनो अधिनमा लिएतापनि पछि एलाइड फोर्सले जर्मनहरुलाई त्यहावाट लखेटेर यस दरवारलाई सन् १९६६ सम्म नाटोको सैनिक मुख्यालयको रुपमा विकाश गरेका रहेछन् । सन् १९६४ देखि चारवर्ष लगाएर राष्ट्रपति चाल्र्स देगालको पालामा यस दरवारको जिणोद्धार गरी यहाँ संस्कृति मन्त्रालय राखिएको रहेछ । मार्च २०१५ मा यस दरवार भित्र रहेको चाइनिज म्यूजियम भित्र चोर पसी वहुमुल्य वस्तु चोर्न सफल भएका रहेछन  जस्मा वर्माको राजाको श्रीपेच, वहुमूल्य तिब्बती मण्डालाहरु लगायतका मानिस र पशुको अंग जोडेर वनाइएको पेन्टींगहरु रहेछन् ।