काठमाडौं ।
साँंस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री हित बहादुर तामाङले इतिहास शिरोमणि बाबुराम आचार्यको योगदानको चर्चा गरेका छन ।
नेपालको अलिखित इतिहास सही रुपमा लेख्नेलगायतका महत्वपूर्ण कार्य उहाँले गरेको भन्दै उहाँ जस्ता राष्ट्रका होनाहार ब्यक्तीत्वहरुको योगदानको कदर गर्न मन्त्रालयले कुनै कसर बाँकी नराख्ने मन्त्रीले बताए ।
नेपाल प्रज्ञा प्रतिष्ठान र इतिहासशिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानको सहकार्यमा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित बाबुराम आचार्यः जीवनी र व्यक्तित्व बिषयक विचार गोष्ठीमा शिरोमणि स्व.आचार्यले सगरमाथाको नाम राखेको लगायतका विषयमा बोल्दै मन्त्रालयले आवश्यकता परेमा सहकार्य गरेर अगाडी बढ्ने बताए ।
मन्त्री तामाङले आफु भर्खरमात्र मन्त्री भएकाले अझै धेरै मन्त्रालयको विषयमा बुझ्न बाँकी नै रहेको भन्दै नेपालका होनाहार ब्यक्तित्व इतिहास शिरोमाणि आचार्य जस्ता धरोहरको सम्मानमा सरकारले सधै अग्रसर देखाउनेमा ढुक्क हुन विश्वास दिलाए । हक्की बिद्वान बाबुराम आचार्य जस्ता विद्वानहरुको कदर गर्नु सरकारको कर्तब्य हुने उनको भनाई थियो ।
१३७ औं जन्मजयन्ती कार्यक्रमका प्रमुख अतिथीसमेत रहेका मन्त्री तामाङ थिए । नेपाल एकेडेमीका सदस्यसचिव डा धनप्रसाद सुबेदीले इतिहाश शिरोमणि बाबुराम आचार्य इतिहासको क्षेत्रमा धरोहर भएको बताएका थिए । उनले आचार्यका अप्रकाशित कृति छन् भन्ने कुरा सुनिएकोले यदि कुनै अप्रकाशित कृति भए नेपाल एकेडेमीले प्रकाशन गर्ने समेत बताए ।
कार्यक्रममा साँस्कृतिबिद डा गोबिन्द टण्डनले इतिहासशिरोमणि बाबुराम आचार्यलाई राट्रिय बिभूति घोषणा गर्न एकदिन पनि ढिला गर्न नहुनेमा जोड दिए । यसैगरी प्रतिष्ठानका उपाध्यक्ष प्रा डा सुरेन्द्र केसीले प्रतिष्ठानको पहलमा साँस्कृति मन्त्रालयमार्फत पुरस्कार रासी दिन थालिएको स्मरण गर्दै सरकारले बिशेष रुपमा चासो दिइ देशलाई योगदान गर्ने ब्यक्तित्वलाई सम्मान गर्न पछि पर्न नहुने बताए ।
समाजका महासचिव बाबुराम आचार्यले इतिहाससिरोमणि बाबुराम आचार्यको योगदानको कदर गर्न यसैगरी सहकार्य गरेर अगाडी बढिरहिएको र सरकारले पनि चासो देखाएको अवस्थामा भूकम्प र कोरोनाका कारण भनेजति काम गर्न नसकिएको भएपनि काम भने भएको र अझै नेपाल एकेडेमी, साँस्कृति मन्त्रालय तथा सरोकारवाला ब्यक्ति तथा संस्थासँग सहकार्य गरेर आगामी दिनमा प्रभावकारी कामहरु गरिने कुरा बताए ।
प्रतिष्ठानका अध्यक्ष प्रा. डा. त्रिरत्न मानन्धरले इतिहाशसिरोमणि बाबुराम आचार्यले राखेको सगरमाथाको नामलाई माउण्ट एभ्रेष्ट राखिएकोमा आपत्ती जनाउँदै सगरमाथा नै भनेर सरकारले प्रचार गर्नुपर्नेमा यसो नभएको बताए । उनले उनले लेखेका कतिपय कृतिमा स्रोत नखुलाएको भन्ने आरोप लागेपनि त्यसबेलाको समयमा अनुसंधान गर्दा स्रोत लेख्ने चलन नभएको हुँदा उहाँले लेखेको कृति सही भएको दावी गरे ।
कार्यक्रममा सामाजिक शास्त्र बिभाग प्रमुख डा कौशिला रिसालले स्वागत गरेकी थिईन् भने सन्ध्या पहाडीले कार्यक्रम संचालन गरेकी थिइन् कार्यक्रममा विभिन्न लब्धप्रतिष्ठित व्यक्तिहरुको बाक्लो उपस्थिती रहेको थियो ।
0 comment