काठमाडौं - मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ खाएका छन् ।

उनलाई मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले शपथ खुवाएका हुन् ।

यादवले दोस्रो पटक मधेश प्रदेश सरकारको नेतृत्व सम्हाल्न लागेका हुन् । यादव जसपा नेपालका मधेश प्रदेश संसदीय दलका नेता हुन् ।

संविधानको धारा १६८(३) अनुसार मुख्यमन्त्री नियुक्त भएका यादवले यसअघि सात दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिने बताएका छन् ।