सिनेमा विभिन्न किसिमका बन्छन बनाइन्छ । कुनै सिनेमा समाजमा घटिरहेका घटनाका आधारमा बन्छन भने कुनै सिनेमा घटन सक्ने घटना वा कुनै सामाजिक सन्दर्भमा व्यक्तीका आरोह अवरोह मिसाउदै सिनेमा बन्छन । सिनेमा मनोरन्जन दिने पनि हुन्छन् भने कुनै सिनेमा विशुद्ध देशभक्तीभावमा डुबेका हुन्छन् भने कुनै माया प्रेमलाई आधार मानेर सिनेमा बनेका हुन्छन् । विशेष गरी दलित समुदायका बेदनामा आधारित भएर बनेको बनाइएका सिनेमाहरु निकै छन । पछिल्लो सिनेमा पुजार सार्की दलितको बेदनामा आधारित भएर बनेको सिनेमा हो । सिनेमाले विशेष गरी धर्ममा जातिय विभेद छैन यो समाजले अभ्यास गरेको कुचलन मात्रै हो भन्ने आसयको भाव पोख्दै सिनेमालाई जिवन्तता दिने प्रयास गरिएको छ । 

पुजार सार्की सिनेमाको कथामा २०४७ सालको जनआन्दोलअघिको परिवेसमा देखाइएयो तर अहिले पनि अन्तरजातिय बिहे गर्दा दलितलाई ज्यानको खतरा भएको कुरा हामीमाझ जिवितै भएको कुरालाई छोप्न खोजेको देखिन्छ  । 

कयौ कालखण्डमा भएको हुँदै आएका राजनीतिक परिवर्तनपछिको नेतृत्वले पनि दलितका मुद्दालाई पाखा लगाएको जातिय विभेद हटाउने सवाललाई छायाँमा पारेको सबै आ–आफ्नै डम्फु बजाउदै धर्मको टेको समाउन पुगेको कुरा सबैमा छर्लङ्गै छ ।  चलचित्रमा दलित समुदायका मुद्दालाई स्वार्थ सापेक्ष प्रयोग गर्ने दृष्य कमरेड लालध्वज प्रवृत्ति हिजो पनि थियो र आज पनि जिवितै छ । जातिय विभेदको समस्या समाधान राजनीतिबाट मात्रै सम्भव छ’ भन्ने भाष्य पनि यार्थथता हो  । 

चलचित्रमा धर्मले शास्त्रले जातिय विभेद गर्दैन शास्त्र वा धर्ममा जातिय विभेद नगर्न भनिएको छ र शास्त्रले उचनिचको भाव राखेकै छैन यो त समाजले अभ्यासमा ल्याएको चलन हो भन्ने भाष्य जबरजस्त चलचित्रमा निर्माण गर्न खोजिएको छ । जुन कुरा अहिलेको समाजसँग मेल खादैन अहिलेको सामाजिक व्यवहारसँग मेल खादैन । पुजार पात्रलाई मैयासँग लसपस गरेको र पुजारले पुजा गर्दा कुल पितृ विटुलो हुने देउता रिसाउने जस्ता कुरा देखाइएको छ । कुलपित्र देउता सबै धर्मसँग साइनो जोडिएको हुन्छ । दलितले छोएमा दलितसँग लसपस गरेमा कुल रिसाउछन पितृ विटुलो हुन्छन् भन्नु नै धर्मको आधार हो । देउता धर्मसँग जोडिएको हुन्छ धर्म सामाजिक अभ्याससँग जोडिएको हुन्छ भने सामाजिक अभ्यास विभेदसँग जोडिएको हुन्छ विभेद जातसँग जोडिएको हुन्छ । अहिलेको बर्तमान समाजको परिदृष्य यही नै हो । यस लेखका पंक्तीकारको भोगाइ छ देउता रिसाउछन् भनेर बाहुनको आगनै टेक्न नहुनेसम्मको भोगाइ शास्त्रकै लय हो । शास्त्रको विभेदयुक्त निर्देशनलाई सहज रुपमा पछयाइरहेको अनुभव छ । 

के शास्त्रमा जातीय विभेद छैन त ? 

नेपालमा जात व्यवस्थाको इतिहासलाई केलाउने हो भने करिब पनि २६ सय वर्षदेखि यो जात व्यवस्था नेपाली समाजले अभ्यास गर्दै आइरहेको तितो सत्य हामीबाट लुकेको छैन । करिब ७ सय वर्षअघि उपत्यका आएका बाहुनहरूले राजा जयस्थिती मल्लमार्फत १४ औं शताब्दीमा छुवाछुत र जातप्रथा कायम गराउन वर्णवादी व्यवस्था लादिएको थियो जुन आधार धर्मसँग प्रत्यक्ष सोइनो थियो । राजा जयस्थिती मल्लको पालादेखि यता करिब ५ सय वर्षमा १८ वटा मात्रै जाती भएको इतिहासमा जंग बहादुर राणाले वि. स. १९१० मा नेपालको पहिलो लिखित कानुनको रूपमा मुलुकी ऐन जारी गरी हिन्दु धर्ममा आधारित वर्णवादी व्यवस्थालाई संस्थागत गरेको कुरा इतिहासमाले लुकाएको छैन । 

हिन्दु धर्मको मूल ग्रन्थ मध्ये सबैभन्दा पूरानो वेद ऋग्वेदको दशौ मण्डलको पुरुष सत्तामा ९० मा ब्राहमण क्षेत्री वैष्य र शुद्र गरेको पाइन्छ । त्यसैले त्यस विराट पुरुषको मुखबाट ब्रामण पाखुराबाट क्षेत्री तिघ्राबाट वैष्य र पैतालाबाट शुद्र अर्थात दलितहरूको उत्पत्ति भएको हो भनी परम्परागत मान्यता प्रस्तुत गरिएको छ । यस कुराको अनुवाद र व्यख्यामा हिन्दूहरूबीच नै एकमत छैन । शुरुमा वर्ण व्यवस्था पेशाका आधारमा थियो । बाबुबाजेले गरेको नै पेसा सन्तानले गर्नुपर्ने बाध्यत्मक स्थिती पहिला थियो । वर्ण व्यवस्थाले ब्रामण क्षेत्रीलाई फाइदा पुर्‍याए पनि वैष्य र शुद्रलाई हिनताबोध अक्रोस बढायो । फलस्वरूप वैष्य र शुद्रले विद्रोह गरे । उनीहरूलाई दमन गरियो । समाजबाट बहिस्कार गरियो । भन्न खोजिएको कुरा के हो भने यसमा पनि धर्मको साइनो कहि न कहि छदैछ भन्ने हो । 

मनुस्मृति अध्याय २ को ३१ श्लोकमा लेखिएको छ की ब्राहमणले मंगल सुचक जनाउँछ क्षेत्री जाति शक्तीसँग सम्बन्धित छ वैश्य सम्पत्तिसँग जोडिएको छ भने शुद्र तुच्छ र निच भनेर भनिएको छ । मनुस्मृतिको अध्याय ८ श्लोक ४ सय १७ मा लेखिएको छ की शुद्रले सम्पत्ती राख्न पाउदैन शुद्रले सम्पत्ति राख्ने कुरा ब्राहमणको लागि लाभदायी हुदैन त्यसैले ब्राहमणले उसको सम्पत्तीमाथी हस्तक्षेप गर्न सक्नेछ जस्ता विभेदपूर्ण कुरा सिकाउने धर्म नै हो । धर्मको आस्थाले विभेदलाई यथास्थितीमा राख्न ठूलो बल पुगेको हामीबाट छिपेको छैन यी र यस्ता विषयलाई चलचित्र मौन छन । शास्त्र पढेर ब्राहमण भइने जनजातिले झन धेरै जातिय विभेद गर्ने धर्मले विभेद नै नगर्ने धर्म भनेको शास्त्रको सङलो पानी हो भन्ने भाष्य जबरजस्त देखाउनु चरम ब्राहमणबादको नमुना हो । मैते ब्राहमण भएर मगरनी युवतिसँग विवाह नगरी मैतेको मृत्यु हुन्छ जुन मृत्यु गाउलेद्धारा खेदाइ खेदाइ कुटेर भएको छ रुकुम पश्चिमको नवराज विकको घटनालाई निम्छरो तवरबाट झल्को दिएको महसुस हुन्छ यो दृश्यले । 

रामायणमा शूद्रले तप गरेमा ठूलो अधर्म हुने कुरा उल्लेख गरिएको छ  । श्रीराम वनवासको क्रममा शूद्र वर्णका शम्बुकले दिव्य तत्त्व प्राप्त गर्ने इच्छाले तपस्या गरिरहेको थाहा पाएपछि श्रीरामले चम्कने तरबार म्यानबाट झिरेर शम्बुकको टाउको गिडिदिएको शास्त्रमा छदैछ । महाभारतमा चण्डालको रङबारे वर्णन गरिएको मात्र छैन कि तीन वर्णले शूद्रको पालन पोषण गर्नुपर्ने र उनीहरूलाई आफूले उपभोग गरिएका फाटेको पुराना कपडा, पगरी आफूलाई लगाउन योग्य छैन भनिएको छ । शास्त्रमा कुन वर्णको रङ कस्तो हुने भन्ने कुराको किटान सम्म उल्लेख गरिएको छ । त्यसैले शास्त्रमा विभेद छैन हैन शास्त्रमा लेखिएका विभेदकारी शब्दहरुको रुपान्तरण गर्ने शास्त्रले सिकाएका गलत भाष्यलाई पुर्नलेखन गर्ने सोच चिन्तनबाट नयाँ पुस्ताको आन्दोलन अगाडी आउनु पर्दछ । आजसम्म दलितले भोग्दै आएका जातिय विभेदको एउटैमात्र जड भनेको धर्म र धर्मले सिकाएको सामाजिक अभ्यास हो भन्ने कुरा छोप्न खोजियो भने दलितमाथी अन्याय हुनेछ ।