कोनार्ड इल्स्टका अनुसार मुस्लिम लिग स्थापनाको जवाफमा सन् १९०६ मा प्रान्तीय रुपमा पंजावमा हिन्दू सभाहरुको गठन भएको थियो । सन् १९१० मा स्थानीय हिन्दू सभाहरुको मोर्चाको रुपमा अखिल भारतीय हिन्दूसभा गठन भयो जुन कागजीरुपमा मात्र थियो । हिन्दू सभाकै जगमा सन् १९२५ मा राष्ट्रिय स्वयंसेवक संघ (रासस) गठन भयो । यसको स्थापना सावरकरको हिन्दुत्वको अवधारणामा आधारित थियो । राससका दोस्रा प्रमुख तथा राससका प्रमुख चिन्तक माधव सदाशिवराव गोललकर थिए । यिनी सन् १९६३ मा शिवरात्रीको अवसरमा काठमाडौं आएका थिए र यिनले राजा महेन्द्रसँग नेपाल–भारत सम्बन्धबारे कुराकानी समेत गरेका थिए । जसको मूल दस्तवेज सन् १९२३ मा प्रकाशित ‘हिन्दूत्व’ नामक पुस्तिका हो । उनले मुगल साम्राज्यका बेला दमनकारी व्यवहारको प्रतिरोधमा हिन्दूत्वको ‘आर्य समाज’ को चर्चा गरेका छन् । तर राजनीतिक विचारधाराको रुपमा हिन्दूत्वलाई स्थापित गर्ने भने सावरकर नै हुन् । त्यसैले भाजपा गान्धीलाई होइन सावरकरलाई आदर्श मान्छ ।
सावरकरले हिन्दूवादले हिन्दूधर्मलाई एउटा सिद्धान्तका रुपमा ग्रहण गर्ने बताएका छन् । तर हिन्दूत्वले हिन्दू हुनुको अभिप्राय बोक्ने उनको ठहर छ । उनका अनुसार प्राचीन इन्डियाका बासिन्दा सबै हिन्दू हुन् । ‘हिन्दूत्व हु इज हिन्दू’ नामक एक लेखमा सावरकरले सिन्ध नदीदेखि समुद्र (श्रीलंका) सम्मको भूमिलाई भारतवर्षको रुपमा चिनाएका छन्, सिन्धुस्तानका रुपमा तर त्यो वेला भारत बर्ष भन्ने नै थिएन। मोदी सरकारले नयाँ संसदभवनमा ‘अखण्ड भारत’ का रुपमा राखेको मुरल (भित्तेचित्र) सावरकरकै विचारको प्रतिविम्व हो । हिन्दूत्वको अवधारणाले भारतवर्षलाई मातृभूमि, पितृभूमि र पवित्र भूमिको रुपमा बयान गर्छ । मातृभूमि जन्म र भूमिप्रतिको मायाँसँग जोडिन्छ । पितृभूमि जन्म र भूमिप्रतिको मायाँसँग जोडिन्छ । सावरकरको हिन्दूत्वको व्याख्याले भारतवर्षमा विकसित सबै धर्म सम्प्रदायलाई हिन्दूभित्रको विभिन्न शाखा मान्छ । बुद्ध, जैन र प्रकृति पूजक सबै हिन्दूकै शाखा मानिन्छन् । इस्लाम र इसाईलाई पराई र अतिक्रमणकारीको दर्जा दिइएको छ । हिन्दूत्वको एजेण्डा भूमि र चिन्तनसँग जोडिन्छ । यसले धर्मलाई राजनीतिक दर्शनका रुपमा लिन्छ । हिन्दूनभएसम्म भारतीय हुन सकिदैन अर्थात् धर्म नै राष्ट्रको आधार हो । हिन्दूत्वको यही अवधारणा अनुसार एमएस गोलवालकरको नेतृत्वमा आरएसएसको जन्म भएको हो । यसलाई दुनियाँ मै सबैभन्दा ठूलो संगठन मानिन्छ । यो एक तालिम प्राप्त सुसंगठित लडाकु प्रतित हुने दस्ता हो, जसले हिंसाको प्रत्यक्ष÷परोक्ष प्रयोग गर्छ । सन् २००४ मा गुजरातमा मुसलमानहरुको कत्लेआम र वावरी मस्जिद ध्वस्तमा आरएसएसकै प्रमुख हात मानिन्छ । हिन्दू महासभा र आरएसएसलाई अलग राखेर भाजपाको उदयलाई बुझ्न सकिदैन । मोदी आरएसएस कै ‘प्रोडक्ट’ हुन् ।
हिन्दूवाद र हिन्दूत्व
अन्यकरण र वहिष्कारण नै हिन्दूत्वको राजनीतिक आधार हो । इस्लाम र मुसलमानलाई दीर्घ दुश्मन करार गरेर यो अवधारणा स्थापना गरिएको थियो । तर महात्मा गान्धी धर्मलाई आस्था, मान्यता र बैचारिक शिविरको रुपमा बुझ्थे । उनको हिन्दूवाद धर्मको सात्विकतासँग जोडिन्छ । धर्मलाई परम्परा र नैतिकताको रुपमा व्याख्या गर्थे उनी । गान्धीको हिन्दूवादमा अहिंसा परस्पर सम्मान र सहअस्तित्व पर्छ । राजनीतिलाई यिनै आदर्शले निर्देशित गरिनुपर्छ भन्ने उनको मान्यता देखिन्छ । उनका अनुसार धर्म अहिंसा हो हिन्द स्वराज पुस्तक गान्धी चिन्तनको आधार हो । हिंसात्मक संघर्षका विरुद्ध उनले सन् १९०९ मा यो पुस्तक लेखेका थिए । यसमा गान्धीले स्वाधीन भारतको परिकल्पना गर्दै उद्यममा आधारित अर्थ व्यवस्था र ग्राम पञ्चायतको राजनीतिक व्यवस्थामा जोड दिएका छन् । तर भारत पुँजीवादी जनतन्त्रले वेलायती मोडलमा गयो, यसमा नेहरुको चिन्तन प्रभावी बन्यो ।
उदारवादी चिन्तनमा आधारित राष्ट्रवादको वकालत गर्थे नेहरु । धर्म निरपेक्ष, समावेशी, सहिष्णु, विवेदरहित राष्ट्रवाद मूलतः नेहरु चिन्तन थियो । व्रिटिस मोडलको शासन प्रणाली अपनाएको भारतमा अहिले पनि यिनै मान्यताहरु छन् । स्वाधीन भारतको संवैधानिक मान्यतामा गान्धीको पूर्वीय चिन्तन होइन नेहरुको पश्चिमी मोडल कल्याणकारी राज्य, जनतन्त्र र धर्मनिरपेक्षता नै हावी छ । राष्ट्रलाई परिभाषित गर्ने सम्बन्धमा कस्तो भारत ? कस्को भारत ? भन्ने विवाद अहिले पनि छ । साम्प्रदायिक हिन्दू वर्चश्व अथवा बहुल सर्वधर्म चिन्तन बहस आज पर्यन्त चलिरहेको छ । स्वाधीन भारतको निर्माण हुँदै गर्दा सावरकरको हिन्दूत्वलाई गान्धीको हिन्दूवादले कमजोर बनाइदिए ।
भारतीय राष्ट्रि कांग्रेस बलशाली भएकैले नेहरु सोच धर्म निरपेक्ष र उदारचरित्रको स्वतन्त्र भारत बन्न पुग्यो । प्रधानमन्त्री नरेन्द्र मोदी यही नेहरु चिन्तनमा आधारित भारतीय संवैधानिक व्यवस्थालाई दुई तिहाई बहुमत ल्याएर उल्टाउन चाहन्थे । भारतीय जनता पार्टी संविधानबाट धर्मनिरपेक्षलाई खारिज गर्ने मकसदमा थियो । भारतलाई हिन्दूराष्ट्र घोषणा गर्दा अमेरिका र युरोपेली राष्ट्रहरुबाट एक्लिने र सम्बन्धमा दरार आउने भएका कारण धर्मनिरपेक्षमात्र हटाएर धर्मप्रति संविधानलाई मौन राख्ने भाजपा र उसको माउ संगठन आरएसएसको राणनीतिलाई यसपटकको निर्वाचनमा मतदाताले सफल हुन दिएनन् । लोकसभा, प्रदेश र ग्राम पञ्चायतको निर्बाचन पनि एकैसाथ गराउने गरि संविधानमा व्यवस्था मिलाउने पनि भाजपाको तयारी थियो । यस्तो व्यवस्था भएमा केन्द्रको प्रभाव स्थानीय तहसम्म पर्ने र तिनै तहका सरकार एउटै पार्टीको बन्न सक्ने खतरा रहन्थ्यो । जसलाई भारतीय मतदाताले भाजपालाई एकल बहुमत नदिएर अस्विकार गरिदिएका छन् ।
0 comment