(पशुपतिनाथ दक्षिण चौसठ्ठीलिङ्ग मुनि खरीको रुखनेर शिवलिङ्गका पादपीठामा)

ॐ आभीरी ख्यातगुणा भाय्र्या परमाभिमानिनः सूनोः पुण्यविवृद्ध्यै भत्र्तुर्देवत्वमितः प्रयातस्य १ पुण्येहनि धननिचयैद्र्विजजनमभिपूज्य दानमानाभ्याम् पुत्रेणानुज्ञाता चकार संस्थापनं शम्भोः २ दत्वा चाक्षयनीवीं वप्रपरिच्छदविभूषादीन् अनुपरमेश्वरसंज्ञाञ्च (ञस्य) शम्भो (र्भु) वनमहितस्यास्य ३ भगवते देवदेवयास्मै स्वयम्   प्रतिष्ठा पिता यानु परमेश्वर संज्ञिताया भ्यङ्गस्नपानाच्र्चन गन्ध धूपबलि निवेदनादि प्रवत्र्तनात्र्थ खण्ड फुट्ट प्रति संस्कारात्र्थञ्च पतिदेभ …. वीरि (क्तयाभीरीभिषि) न्यापतये त्रिदिवस्थाय पुण्याप्यायनात्र्थमायुष्मतादा (म) पत्यानाम् भौमगुप्तादीनाम् भोगारोग्या युरानन्त्वावाप्तये वेण्ढग्रामे स्वयपुपरो पितनदीक्षेत्रखण्डद्वयं दत्तमिति संवत् ४६२ जे(ज्यै) ष्ठमासे तिथौ द्वितीय(या) याम्–
अनुवाद – परमाभियमानी (परमगुप्त) का छोराकी पत्नी प्रख्यात गुण भएकी आभीरीले यहाँबाट देवता हुन पुगेका (स्वर्गेभएका)पतिको पुण्य वढ़ोस भन्नका निमित्त छोराको अनुमति लिई असल दिनमा धनका थुप्राले, दानले मानले व्राह्मणलाई पूजा गरेर महादेवका निमित्त कहिल्यै नाश नहुने मूलधन तथा खेत, सामान, गहनाहरु चढ़ाएर ससारले पूजिएका अनुपरमेश्वर नाम भएका यी महादेवको स्थापना गर्नुभयो । देवताका पनि देवता भएका आफैँले स्थापना गरिएा अनुपरमेश्वर नाम भएका भगवान् यी महादेवलाई तेल घस्नु, नुहाउनु, पूजा गर्नु चन्दन धूप नैवेद्य चढाउनु आदि काम चलाउनाका निमित्त र टुटे फुटका ठाउँमा संस्कार(मरमत) गर्नाका निमित्त…. स्वर्गमा रहेका पतिको पुण्य वढिवढाउ होओस् भन्नानिमित्त चिरञ्जीवी भौमगुप्त आदि सन्तानहरुको सुखभोग आरोग्य आयु धेरै होओस् भन्नानिमित्त वेण्ढ गाउँमा स्वयपुपारी पितनदीखेत दुइ खण्ड गुठी राख्नुभयो । संवत् ४६२ ज्येष्ठ महिना द्वितीयामा ।