अस्पतालमा ल्याएका विरामी उपचारको क्रममा मृत्यु हुँदा डाक्टरमाथी कुटपिट र अस्पताल हाताभित्र हुलहुज्जत गर्ने प्रवृत्ति कुनै नौलो होइन । जब विरामीको मृत्यु हुन्छ डाक्टरमाथी कुटपिट भइहाल्छ । यो मुलुकमा राज्य छ की छैन ? राज्यले आफू भएको अनुभुत जनतालाई कहिले गराउने ? समाजमा मानवीयता भन्ने कुरा नै हराइ सक्यो । काठमाडौं मेडिकल कलेजमा विरामीको मृत्यु भएपछि विरामीका आफन्तले उपचारमा खटिएका डाक्टरमाथी आक्रमण गरेको घटना सञ्चारजगतबाट बाहिर आयो । आक्रमण भएपछि अझै कामको लयमा फर्किन नसकेको डाक्टरको भनाइ छ । यस अघि पनि विभिन्न अस्पतालहरुमा उपचारको क्रममा विरामीको मृत्यु भएपछि डाक्टरमाथी आक्रमण भइरहेका थिए र छन पनि । राज्यले भएका कानुन कडाइका साथ कार्यान्वयन गरी डाक्टरहरुलाई सुरक्षित भएको महसुस गराउनु राज्यको प्रमुख जिम्मेवारी हो तर त्यसो नहुनु निकै दुखद पक्ष भइरहेको छ । समाज उत्श्रृङखलता तिर गइरहेको छ । कानुन सम्बत भन्दा पनि हुलको निर्णयलाई मान्य अभ्यासको विकास भइरहेको पाइन्छ । जुन अभ्यास समाजका लागि घातक छ । कसैले कुनै त्रुटि गरेमा सम्बन्धित निकायमा जाने भन्दा पनि हुल जम्मा गरी कारवाही गर्ने आक्रमण गर्ने प्रवृत्ति मौलाउदो जुन प्रवृत्ति राज्यका लागि पनि चुनौतिको विषय नवन्ला भन्न सकिन्न ।
विरामी भएका सबै मानिसलाई जस्ताको तस्तै बचाउने डाक्टर भगवान त होइनन नी । यसरी डाक्टरमाथी हुने गरेका हमला कुनै पनि हालतमा क्षम्य हुदैनन र हुनु पनि हुदैन । डर र त्रासमा रहेर कुनै पनि डाक्टरले विरामीको उपचार गर्न सक्दैनन र त्यो सम्भव पनि छैन । सबै डाक्टर ठिक हुन्छन भन्ने होइन डाक्टरको गल्ती नै गर्दैनन भन्ने पनि होइन काम गर्ने क्रममा डाक्टरहरुबाट पनि सामान्य त्रुटी नभएका घटना पनि छैनन । डाक्टरको गल्तीमा उजुरी गर्ने सुनुवाइ गर्ने निकाय हुदाहुदै सिधै डाक्टरमाथी आक्रमण गर्नु अपराधी मानसिकताको परकाष्ठ नै हो । डाक्टरी पेशा त्यसैपनि सम्बेदनसिल पेशा मानिसको ज्यानसँग डाक्टरी पेशाको साइनो जोडिएको हुन्छ । कहिलेकाही सामान्य मिष्टेकले विरामी ठिक नहुने अवस्था पनि आउन सक्छ । तर सबै डाक्टर त्यसता हुदैनन ।
डाक्टरमाथी आक्रोसित भएर कुटपिट गर्नु भनेको चिकित्सा क्षेत्रलाई नै त्रसित बनाउनु हो । डाक्टर आफै त्रसित अवस्थामा रहन्छ भने उसले उपचार गरेको विरामी ठिक हुन्छ भन्ने अपेक्षा कसरी गर्न सकिन्छ ?
जादुँजसरी विरामी डाक्टरको छेउमा हुदा केही हुदैन भन्ने सोच्नु विचलित मानसिकता वाहेक केही होइन । डाक्टरमाथी हुने गरेका सांघातिक आक्रमणलाई सरकारले गम्भीर रुपमा दिनु पर्दछ ।
सरकारले आवश्यक कानुनको व्यवस्था गरेर भएपनि डाक्टरमाथी आक्रमण गर्ने प्रवृत्तिमाथी तत्त्काल रोक लगाउनु पर्दछ । भयरहित वातावरणमा विरामीको उपचार गर्ने अवस्था सरकारले सिर्जना गर्नुपर्दछ । जुन सुकै अस्पतालमा पनि डाक्टरकोहरु सुरक्षामा सरकारले विशेष योजना तत्काल कार्यान्वयन गर्न ढिला गर्नु हुन्न । डाक्टरमाथीको आक्रमणलाई अनदेखा गरी चिकित्सा क्षेत्रलाई नै डरको भूमरी बनाउनु राम्रो मानिदैन । जहा जतिखेर पनि व्यक्तीगत आक्रमण गर्नु भनेको यो मुलुकमा कुनै राज्य नै छैन जसले जे गरे पनि हुन्छ भन्ने मान्यता स्थापित हुनु नागारिकको सुरक्षामा गम्भीर प्रश्न हो भन्ने कुरा सरकारले समयमै बुझन जरुरी छ ।
मान्छे कुनै अजम्बरी प्राणी हैन की जन्मीएपछि सदाका लागि यस धर्तीमा रहन्छ ढिलो चाडो सबैको मुत्यु अवस्य छ तर यस प्रक्रियालाई एउटा डाक्टरमाथीको आक्रमण गरेर रिस पोख्नु कति उचित हो ? त्यसको मतलव विरामी भएपछि उपचारै नगर्नु भन्न खोजेको हैन तर डाक्टरमाथीको आक्रमण नै विरामी बाच्ने आधार भने हैन यही हो सत्य । अस्पताल हाताभित्र तोडफोड स्वास्थ्यकर्मीमाथी आक्रमण भएमा २ देखि ५ वर्ष वा २ देखि ५ लाख सम्म जरिवाना हुने कानुनी व्यवस्थालाई सरकारले अक्षरस कार्यान्वयन गर्नु पर्दछ ।
0 comment