शास्त्रदत्त पन्त,
भारतले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेर लामो समयदेखि नेपालको सीमावर्ती क्षेत्र खासगरेर तराईको समथर भू–भागलाई बर्षेनी डुबान हुनेगरी बाँध बनाइ रहेको छ ।
नेपालको भूमि डुबान प्राकृतिक कारणले हैन, अति बर्षात्ले पनि हैन, जनता खराब भएर पनि हैन, अन्जानबाश पनि हैन । भारत सरकारका तीनै तह, केन्द्र, प्रान्त र स्थानीय ब्लक र ग्राम पञ्चायत स्तरबाटै जानीजानीनेपाली जमिन डुबान गराइन्छ । भारतीय तर्कबाट सीमाबलले निरन्तर संरक्षण दिइ रहेको हुन्छ जुन नेपालपक्षबाट भएको छैन ।
लक्ष्मणपुर बाँध, खुर्दलोटन बाँध, खाँडो बाँध जस्ता सीमावर्ती क्षेत्रमा बाँध बाँधेर पानीको निकास थुन्ने र आम मानिसलाई डुबानमा पार्नेजस्ता काम भैरहेका छन् । गैरमानवीय कार्य रोक्न नदीको पर्याप्त निकास खोल्ने बारे पनि नेपालका पिडित जनता चिच्याई रहेका छन् तर इण्डियाले सुन्दै नसुनी कानमा तेल हालेर बसिरहेको छ ।
नेपाली नदीहरु, कोशी, कर्णाली, महाकाली र गण्डकीको पानीको बाँडफाँडसम्बन्धी छलफल पनि नगरि भारतले मात्र उपभोग गरिरहेको छ । त्यस बाहेक नेपालबाट बहने अरु सयौ नदी, खोला खोलेसाहरु नेपाललाई वास्तै नगरी, आफु खुसी तरिकाले प्रयोग गरेको छ । तल्लो तटीय हकले माथिल्लो तटियको हक हनन् गरेको छ । नेपाल कहीँ बोल्न सक्त्तैन कहीँ लेख्न सक्त्तैन । त्यही उद्देश्य पुर्तिकालागि नै नेपालका दलका नाइकेलाई अपाङ्ग बनाएर सत्तामा राखेको छ ।
व्यक्ति बेइमान हुन सक्छ, अपराधिक हुन सक्दछ, आतंककारी पनि हुन सक्दछ तर कुनै मुलुक नै अपराधी हुन्छ भने त्यो आश्यर्चको विषय हुन जान्छ । नेपालबाट भारतभित्र पस्ने हजारौं साना ठूला खोला छन् । नेपालभन्दा भारततिर ओरालो छ । पहिले नेपालको सिमानैमा बाँधेर दायाँ–बायाँ भारतीय भूमि सिँचाई गरिन्छ । त्यसले गर्दा नेपालपट्टी ताल परिदिन्छ । अन्ततः खोला र आसपासका जमीन घर गाउँ डुबानमा पर्दछन् ।



0 comment