काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव मोहम्मद गोलम सरवारले आज राष्ट्रपति कार्यालय शीतल निवासमा बिदाइ भेट गरेका छन् ।
महासचिव सरवार आफ्नो तीनवर्षे कार्यकाल पूरा गरी निकट भविष्यमा स्वदेश फर्कँदै छन् । उनी बङ्गलादेशका कूटनीतिज्ञ हुन् ।


0 comment