काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई वटा अध्यादेश जारी गरेका छन् ।
संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रीपरिषद्को सिफारिसमा शुक्रबार राष्ट्रपति पौडेलले ‘नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान अध्यादेश, २०८३’ र ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३’ जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता धर्मराज गैरेले जानकारी दिए ।
सरकारले संसद् बन्द गरेर राष्ट्रपतिबाट धमाधम अध्यादेश जारी गराएको हो । झन्डै दुईतिहाई बहुमतको सरकारले संसद्को बाटो बन्द गरेर अध्यादेश ल्याएकोमा विपक्षी दलहरुले आपत्ति जनाएका छन् ।


0 comment