काठमाडौं - नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ। प्रदेश सरकारमा सहभागी एमालेका चार जना मन्त्रीले शुक्रबार राजीनामा बुझाएका छन्।

एमालेले मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णलाई सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्रसमेत उनीहरुले बुझाएका छन्। 

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद यादव नेतृत्वको सरकारमा नेपाली कम्युनिस्ट पार्टीसँगै एमाले पनि सहभागी थियो ।अब एमालेले नयाँ सरकार गठनको कसरत अघि बढाउने भएको छ।