२०८२ चैत्र १३ बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री भएको केही समयमै सरकारको मुख्य कामको १०० वटा बुँद्धामा सूची बनाएर सार्वजनिक गरेको थियो । सरकारले आफैले बनाएको सूचीमा कति काम भयो या भएन भनेर एक पटक पनि फर्केर हेरेको पाइएन । अहिले ६ महिनाको उपलब्धी सार्वजनिक गर्दै गर्दा पनि सरकारले १०० वटा सूचीमा कति काम भयो भनेको छैन । तर सुशासनमा अगाडी भैइयो भन्ने दाबी सरकारको छ । प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गरेको उपलब्धीमा शासकीय सुधार पूर्वाधार कृटनीति र सेवा प्रवाहलाई मुख्य प्राथमिकतामा राखेको भनेको छ ।
सरकारले मन्त्रालयको सख्या कटौती गरेका भनेको छ । सरकारले २२ बाट घटाएर १८ मन्त्रालय बनाएको विषयलाई शासकीय सुधारमा निकै हाइलाइट गरये तर सरकारले धेरै संख्यामा सल्लाहकारहरुको भिड बनाएको विषयलाई अदृष्य बनायो । सरकारले यता मन्त्रालय घटाए भन्यो तर सबै मन्त्रीको सल्लाहकारमा ठूलो भिड जम्मा गरी जम्बो सल्लाहकारको टिम बनाएको चाही जनतालाई थाहै छैन भन्ने भ्रम सरकारलाई छ । यो कस्तो सुधार हो ? यसको लेखाजोखा होला नै । सरकारले अर्को कुरा शासकीय सुधारका लागि कार्य सम्पादन गरेको पनि उपलब्धी भनको छ । कार्यसम्पादन गरेको उपलब्ध्ी हैन कार्यसम्पादन गरेपछि त्यसको नतिजा के भयो भन्ने कुरा चाही महत्वपूर्ण हुन्छ सरकारले यसलाई गौण गरेको छ । सरकारले आफ्ना कामको फेहरिस्त भन्दै गर्दा जनताको दैनिकीमा कति सहज भयो ?
निमुखा जनताको हातमुख जोर्ने गरी के परिवर्तन भयो अथवा परिवर्तनको सुरुवात के भयो भन्ने कुराको हेक्का सरकारलाई छैन । सरकारले ६ महिनामा काठमाडौं तथा दर्गम क्षेत्रमा ३५ दशमलव १६ किलोमिटर सडक पिच गरेको भन्यो । १५ वटा सडक पुल र ४९ वटा झोलुङेपुल निर्माण सम्पन्न भएको भन्यो । यो त विगतकै निरन्तरताा हो । विगतका सरकारले पनि यसरी नै सडक पिच गरेको सुनाएको थियो । सडक पिच हुनु पुल बन्नु सडक बन्नु सरकार आएर हुने नत्र नहुने भन्ने हुँदैन । जनतालाई विकासको भ्रम छर्ने राम्रो माध्यक हो यो । विकासको प्रक्रिया गति लय आफ्नै हुन्छ । बालेन ओली देउवा प्रचन्ड प्रधानमन्त्री नभएका भए पनि यो सडक पुल लगायतको विकासका काम सबै निरन्तर रुपमा अगाडी जान्थे जान्छन पनि ।
पुल सडक बनाएको उपलब्धी देखाउनु भनेको लोकप्रियताको भ्रम छर्नु हो । सरकारले निमुखा जनताको दैनिकीमा के प्रभाव परयो । सिमान्तकृत जनता आदीवासी दलित जो समाजको पिँधमा परेका छन पारिएका छन उनीहरुलाई राज्यको मुल प्रभाहमा ल्याउन के गरियो ? निमुखा जनताले न्याय पाए की पाएनन ? ठूलालाई चैन सानालाई ऐन भन्ने व्यप्त अभ्यासलाई यो सरकारले व्रेक गर्यो की गरेन ? भन्ने कुरालाई उपलब्धीमा जोडनु पर्ने थियो । सरकारले जनताको ढाड सेक्नेगरी आकासिएको उपभोग्य बस्तुको मुल्य नियन्त्रण कति गर्यो ।
दैनिक ज्यालामजदुरी गर्ने जनताको घरमा दिनभरी काम गरी बेलुका छाक टार्न निकै मुस्कील भएको छ मुल्य वृद्धि भएर सरकारको ध्यान खोइ त यता ? अनि कस्तो उपलब्धी सुनाउने ? ग्यास अभावको हाहाकार मच्चिएको कति भयो ? मन्त्री नै फेरिदा पनि ग्यासको कहर उस्तै छ । खोइ सरकार कहाँ छ ? ५० वटा भन्दा बढी उद्योगहरुले ग्यास आपूर्ति गरिरहेको भनिएको छ । तर खोइ त बजारमा ग्यास ? सरकारको नियमन खोई । सरकारले आफ्नै ग्यास डिपो बनाउन के गर्दैछ ? यसता विषयलाई उपलब्धीमा जोडनु पर्ने थियो तर खोई पिच बनाए भनेर हुन्छ । अहिलेसम्म सडक सञ्जालमा नजोडिएको कति वटा गाउमा सडक जोडियो त्यसको उपलब्धी खोइ ? आज पनि गरिबले निमुखाले अस्पतालको बाहिर अस्पतालको पेटीमा बच्चा जन्माउनु पर्ने यो कस्तो उपलब्धी हो सरकारको ।
अस्पतालको पेटीमा सुत्केरी हुने अवस्था किन भयो ? यही हो सशासन ? गरिमा चौधरीहरु बलत्कृत भएर मारिन्छन । शान्ति सुव्यवस्थाको सवाल कता हराउदैछ ? जनता कति असुरक्षित भन्न्ने हेक्का सरकारलाई छैन । प्रहरी नै आज असुरक्षित भएका छन । दिउसै गुन्डाहरु प्रहरीमाथी नै जाइलाग्छन सरकार के गर्दैछ ? न्यायलयका प्रमुख चोलेन्द्रलाई प्रहरीले १२ घन्टा चौकीमा लगेर राख्दा ठूलो हल्लीखल्ली भयो । मानव अधिकार आयोग घरमै पुग्यो । तर जनताको सुरक्षामा न सरकारको प्राथमिकता छ न मानव अधिकार आयोगको खबरदारी । जनता मर्दा मारिदा विरालो हो की चरो हो । यसमा सरकारको उपलब्धी खै त ? विगतमा भन्दा पनि अहिले असुरक्षाको चिन्ता धेरै छ । सरकारको भर नै छैन । जनता पनि अव्वहारिक अपरिपक्वा काम गरेको छ । राजदुत नियुक्तीमा खुल्ला प्रतिस्प्रधाबाट भने पनि पि आर पाएका ग्रिन कार्ड पाएका आफ्ना नजिककालाई राजदुत बनायो सरकारले त्यो पनि धेरै ढिला । राजदुत नहुदा कृटनीतिमा कस्तो असर पर्छ भन्ने सामान्य कुराको पनि सरकारले ख्याल गरेन । जनताको आवाज बोल्ने प्रतिनिधि सभालाई प्रधानमन्त्री आफैले बाल दिएनन । जनताको दुख सुन्न नै चाहेनन । यही हो सरकारको उपलब्धी ।
पूरानाले खतम गरे ३० वर्ष देश लुटेर खाए । मुलकलाई कङगाल बनाए एक अर्काको बुइ चढने अनि देश लुटने भनेर जनताले यसपाली रास्वपालाई भोट दिए । तर जनताको आसा र अपेक्षा अनुसार बालेन सरकारको गति नै छैन । जनताको आसा र भरोसा अनुसार बालेन सरकारले आफ्नो लय नै टिपेको छैन । दुई तिहाइको सरकार छ । एकल सरकार छ । यसले धेरै काम गर्न सक्छ । जनजीविकाको सवालमा सरकारले तत्काल लय टिप्छ । कायापलट नै त सम्भव छैन तर कम्तीमा परिवर्तनको संकेत देखिनु पर्दछ देखाउनु पर्दछ । सरकारको म्यान्डेट यही हो ।


.jpg)
0 comment