रास्वपाका सांसद खगेन्द्र सुनारले दलितका लागि दलित अभियान चलाउदादेखि नै विभिन्न विवादमा तानिएका थिए । त्यस समयमा पनि खगेन्द्रले एउटा कुनै बन्द कोठामा नानाभाती बोल्दै मुख छाडदै धर्नाको योजना बनाएको भिडियो बाहिर आएको थियो । त्यस भिडियोमा खगेन्द्र आफैले स्वीकार गरी कोठामा कसले के बोल्छ कस्तो बोल्छ भन्ने कुरा सुनीराख्नु पर्ने आवश्यक छैन । योजना हो के भनिन्छ के के बोलिन्छ भन्दै जवाफ दिएका थिए । खगेन्द्रले दलितका लागि दलित अभियान चलाउदा दलितका नाउमा आन्दोलनको आधीवेहेरी ल्याउने भनेर भारतबाट ठूलो रकम ल्याउएका थिए भन्नेहरु पनि धेरै थिए । खगेन्द्रले कसैको सहयोग नभइ कसैले सहयोग नगरी ४५ दिनसम्म माइतीघरको चिसो सडकमा कसरी धर्ना बस्न सक्छन ? भन्नेहरु पनि थिए । खगेन्द्र गलामा साङलो लगाएर एकदम आक्रमक रुपमा प्रस्तुत हुन्थे ।
कांग्रेसको राजनीतिबाट उदाएका पत्रकार पेशामा आवद्ध खगेन्द्र नवराज विकको हत्यापछि फिल्डमै उत्रेर दलित अधिकारका कुरा गर्थे । कहिले प्रहरीमाथी जाइलागेको कहिलो अस्पतालमा डाक्टरमाथी नै जाइलागेका त कहिले न्याधिसलाई लताभावी गाली गरेका जस्ता दर्जनौ मुद्धा अझै खगेन्द्रले खेपिरहेका छन । खगेन्द्र अझै अदालतमा तारिख खेप्छन । उनीमाथी दुव्र्यवहार हिंसा लगायतका आरोपहरु जिवित नै छन । उनी विगतदेखि नै विवादित नै पात्र हुन जुन अहिले माननीय हुँदा पनि ताजै छ । खगेन्द्रको विवादित पृष्ठभूमीको बारेमा बेखबर रवि पक्कै होइनन । खगेन्द्रको चर्तिकलालाई नदेखेका नथाहापाएका बालेन पक्कै होइनन । रवि लामिछाने जेलमा हुँदा पनि धेरैजसो समय जेलमा भेट गर्ने खगेन्द्र नै थिए भनिन्छ । जे होस जान्नेलाई छान्ने भन्ने रास्वपाको अभियानलाई खगेन्द्र प्रकरणले ठेस त लाएकै छ । महिला तथा बालबालिकाको सुरक्षा संरक्षणमा समेत एउटा गम्भीर प्रश्न उठेको छ । खगेन्द्रको विवादित अडियो भोली सही गलत जे भए पनि आधिकारिक निकायले पत्ता लगाउला नै त्यसको वास्ताविकता वाहिर आउला नै तर त्यससँग जोडिएको सवाल भनेको सुरक्षाको हो महिला हिंसाको हो ।
एउटी महिलामाथी त्यति तल झरेर अश्शील्लता पोख्न हिम्मत गर्ने मान्छे जनताको प्रतिनिधि कसरी बन्न सक्छन ?
खगेन्द्रको सवालको जाँच परिक्षणको पाटो त छदैछ तर खगेन्द्रलाई सांसदको टिकट खुसुक्क दिने रवि लामिछानेको निष्पक्षतामाथी पनि यो प्रश्न हो । खगेन्द्रले आफ्नै नेतृत्वमा राजनीतिक दल नै दर्ता गराएका थिए । खगेन्द्रलाई राम्रो थाहा थियो कि दलितको पार्टी त्यही पनि भर्खर जन्मीएको पार्टी भोट पक्कै पनि आउदैन तर मैदानमा भिडेको भन्ने नाम बाहेक केही प्रगति छैन भन्ने राम्रो अध्ययन गरेका मिडिया जिब्रो फड्कार्न सिपालु खगेन्द्र रवि लामिछानेसँग एकाएक मिसिन पुगेका थिए । उनलाई थाहा थियो अवको भविष्य भनेको अवको विकल्प भनेको रास्वपा हो । उनको अडकल अन्दाजमा केही खोट छैन त्यो स्वभाविक पनि हो तर उनलाई भित्रयाउनेले चाही राम्रो हेक्का राख्नु पर्ने थियो की भोलीको समस्यालाई कसरी जवाफदेही बनाउने भनेर तर त्यसमै चुकेकोमा कुनै संका नै छैन ।
प्रहरीमा अहिलेसम्म कुनै पनि जाहेरी किटानी नपरेको हुनाले प्रहरीले उनलाई पक्राउ गरेको छैन र उनका विवादित अडियोको सन्दर्भमा कुनै धारणा पनि बनाएको छैन । धेरैको आसंका छ की खगेन्द्रको विवादित अडियोको सन्दर्भमा पार्टीभित्रकै अनुशासन आयोगले गठन गरेको छानविन समितिमार्फत नै आरोपको सत्यतथ्य खोज भइरहेको हुनाले रास्वपाले खगेन्द्रलाई चोख्याउछ भन्ने पनि छ । त्यो आसंका स्वभाविक पनि हो किनभने रास्वपाभित्र विवादित व्यक्तीहरुको निकै ठूलो भिड छ । त्यो त प्रष्टै छ । जे भए तापनि रास्वपा ३ करोड जनताले भारी भरोसा गरेका पार्टीको रुपमा उदाएको हुनाले यसभित्रका पात्रहरुको शैली पृष्ठभूमिका सन्र्दभमा चाही रास्वपा नेतृत्वले निकै गम्भीर सुजबुजका साथ मात्रै विवादित पात्रहरुलाई अवसर दिनु पर्ने थियो तर त्यसको विपरित हुनु दुर्भाग्यपुर्ण छ ।
महिलाप्रति हिंसा गर्ने बालबालिकामाथी दुव्र्यवहार गर्ने जनताको प्रतिनिधि कसरी हुन्छन भनेर गम्भीर रुपमा खगेन्द्र सुनारमाथी प्रश्नहरु उठिराखेका छन । हुन त नेपाली राजनीतिमा दुधले नुहाएका कुनैपनि विवादमा नपरेका मान्छे नेता पाउन कठिन छ । राजनीतिमा कुनै न कुनै विवाद समस्या आरोप लागेका व्यक्तीहरुको नै बहुल्यता रहेको छ । कसैमा अलिक धेरै कसैमा अलिक थोरै तर सबैमा थिए र छन पनि । खगेन्द्र सुनारले विवादित अडियोको आवाज मेरो हुँदै होइन त्यो एआइले बनाएको भने उता विवादमा परेकी हिंसामा परेकी भनिएकी महिलाले पनि मिडियमा त्यो मेरो होइन त्यो हिसमा परेकी महिला म होइन त्यो मेरो आवाजै हैन भनिन तर ती महिलालाई नजिकबाट थाहा पाउनेहरुले भनेका छन खगेन्द्र सुनार र ती महिलावीच पहिलादेखि नै हिमचिम थियो ।
यी सबै विगतका घटनाक्रमहरुलाई हेर्दा खगेन्द्रको विवादित अडियोले गम्भीर रुपमा महिला सुरक्षाका प्रश्न मात्रै उठाएको छैन सिङगा सुरक्षामाथी नै चुनौति थपिएको छ । संसद पदमा रहेर त्यसको गरिमालाई ख्याल भएन भने त्यसको भ्याल्लु खस्कीन्छ । विवादित पात्र भन्दा पनि त्यो पात्रलाई सरासर भित्रयाउनेहरुमाथी नै जनताले अव प्रश्न गर्नु पर्दछ की छान्ने भन्दा पहिला उसका बारेमा गहिरो गरी जान्ने की नजान्ने ? जसलाई छानिन्छ उसलाई छान्नु भन्दा पहिला नै गहिरो गरी जान्ने अनि छान्ने परिपाटीको विकास गर्न आवश्यक छ । खगेन्द्र प्रकरणमा पार्टीको आन्तरिक छानविनले काम अन्तिम चरण पुर्याएको जनाएको छ । खगेन्द्रलाई कारवाही हुन्छ की हुँदैन भन्ने विषयले अहिले निकै चर्चा पाएको छ । तर यस प्रकरणले महिलामाथी सुरक्षामा गम्भीर प्रश्न उठाएको छ ।


0 comment