गोर्खा र भोटको मुद्रा सन्धि– शोक १७१२ सं। १८४७ ई। १७९०
१। भोट –तिब्बत) तथा गोर्खाका जनता एवं महाजनहरुमा सुगमता प्रदान गर्नको लागि गोर्खाली राजाको एक मोहर तिब्बत (भोट)मा चलि आएको मोहरको दुइ मोहरमा साटिने कुरा मञ्जुर गरिन्छ ।
२। तिब्बतले गोर्खाली राजाको टकसार चलाउने कामवाट वञ्चित रहन मञ्जूर गर्छ औं गोर्खाले सुक्का सुक्की छाप्ने छ र यस्को प्रचलनको लागि भोट( तिब्बत)मा पठाउने छ ।
३। भोटका उच्च अधिकारीले यस सम्झौतालाई परिवर्तन गर्ने इच्छा गरे पनि भोट तथा गोर्खाले परिवर्तन गर्ने छैन । जो कोहीले यस सम्झौतका परिवर्तन गर्छ त्यस माथि गोर्खाली राजाले कृदृष्टि लगाउने छन् र जो कोहीले यस सम्झौतालाई मान्यता दिने छ त्यसलाई गोर्खाली राजाले सुदृष्टि लगाउने छन् यसमा सहि छाप गर्ने मानिस निम्ननिखित छन्:–
पोतला लामा(दलाई लामा)का प्रतिनिधि दुनर सेल हुन थोन डुप फुनछोप; धुरिन काजीका प्रतिनिधि पुर्दुन्; ठूलो लामाका प्रतिनिधि अर्जवेगी; एसेठाच्यान्
साक्षीहरू : – तासी इहुम्पोका प्रतिनिधि स्यामर्पा लामा, साफ्य लामाका प्रतिनिधि ढेवा लोपसाङ थिनदेन्
४। ककंट संक्रान्तिको महिना दिनभित्रै काठमाण्डुमा तिर्ने गरि ल्हासाको (दलाइ) लामाले गोर्खाका माहाराजालाई वार्षिक ५०,०० १ रु। दिनेछ ।
साक्षीहरु – स्वस्तिश्री गिरिराजेत्यादि श्रीमद् वडा वमसाहदेव; श्री हरिहर उपाध्याय। खजाञ्ची श्यामलाल पांडे। श्री धुरिन काजी तेन्जिङ् खजाञ्ची दिवकु; स्यामर्पा लामाजी ध्याय; वद्हुन एवं पाण्डे तुण्डुप; साक्य झिनपुन औ इसे देवा दुनर; ढुण्डु फेञ्जेलिख; खरिदार विष्णु प्रसाद; खरिदार विष्णु शंकरको भाइ मेजर ध्यान शंकर। यो सम्झौता सम्वत् १८४७ साल वैशाख सुदि २ मा सम्पन्न भएको हो ।
नेपाल सरकार र अंग्रेज सरकारको व्यापार सन्धि हाम्रा सरकारका तर्फबाट गयाको
शाके १७१३; सम्वत् १८४८; सन् १७९२;
कम्पनिका सरकारवाट नेपाल मुलुकका रैयतहरुका महसूल सुविस्ता गर्नाको कामको जिम्मा लिने औ श्री महाराजे रणवाहादुरसाह बाहादुरसँग नेपाल मुलुकका र कम्पनि अंगरेज बाहादुरका मुलुकको रैयतहरुको महसुलको ठेगाना गर्न र बेपारको करार पत्र गर्ना निमित्त कलकत्ताका कौसल कचहरिमा कम्पनि अंगरेज बाहादुर र वादसाही फौजको सर्दार गौरनर जनरल वाटा लिसयसर्ल कारनावालिस वाहादुरका तर्फबाट मुषतार भयाको अमिनुलु मुकुल म तालु छौ ँ । ।। डन्किन साहेव वाहादुर गजनफ जङ्गले आफनु वकिल मौलवी अब्दूल कादिरखाँ का संगमा पठायाको वकिल मजकूरले नेपालमा माहाराजा रणवाहादुरसाहका हजुर्मा पुर्याउँदा त्यस करार पत्र वमोजिम म महाराज रणबाहादुरसाह वाहादुर सम्सेर जङ्गका मोहरले सहि गर्याको करारपत्र सरकार नेपालवाट लेखि वकिल मजकूरका सपुर्द भयाको तपसील हो ।
पहिलो यो हो
कम्पनीका मुलुकको र नेपालका मुलुकको सर्दारहरुको नेकनामि सौदागरहरु र व्यापारीहरुलाई सुविस्ता गरि दिनाले हुन्छ तसर्थ दूवै सरकारवाट कस्तो करार भयो भन्या दूवै सरकारका आम्दानिका मालका मोलमा सयकडी अढ़ाइ रुपियाँको हिसाबले जुन मालका रुपियाँमा महसुल लाग्ला त्यो महसुल व्यापारीहरुका मालको विजक वमोजिम लिएला । व्यापारीहरूले विजय फेर्न नपावोस भन्ना निमित्त महसुल लि सक्या पछि दुवै व्यापारीहरुलाई दिइयला कदापित व्यापारी संग बुझ्दा ठहरिएन भने सायरका काम गर्नेले बजारका भाउमा ठीक मोल ठहराइ त्येसै मोलका हिसाबले सैकडि अढ़ाइ रुपैयाँको हिसाबले महसूल लगाइ लिनु–
दोश्रो यो हो
दुइ सरकारका सिमाना भित्रका मलुकुमा दूवै मुलुकका व्यापारीहरु सँग महसूल लिने जग्गा तपसिल बमोजिम ठेगाना गरि दिनु। एक फेरा मसूल दि…। पछि मुलुक भरमा फेरी महसूल लिन हुँदैन।
तेश्रो यो हो
दुबै सरकारका काम गन्र्या कारिन्दाहरु मध्ये जस्ले वन्दोवस्त भया वमोजिम भन्दा बढ़ता लियो भन्या जुन सरकारका तालुकको मानिसले गर्ला त्यसै सरकार वाट त्यस्को शासना गर्नु किन भन्या त्यस्लाई ठूलो सासना भयो भने अरु विदुत् गर्ने हरुलाई डर होला र रैयतहरुलाई सुविस्ता होला…।
चौथो यो हो
दुवै सरकारका मुलुक भित्र कोहि जग्गामा सौदागरहरुको माल चोरि भयो लुटियो भन्या त्यस जग्गाको फौज्दारले आफ्नु आफ्नु सरकारमा इत्तला पेश गरि कुनै कुनै डवल संग भयो केकही तफावत नपारी तेस जग्गाको मालिकहरू र जिमिदारहरुवाट पत्ता लगाइ सौदागरहरूलाई देखाइ दिउ(नु)
पाँचौँ यो हो
दुइ सरकारका मुलुक भित्र कदाचि सौदागरहरू(मा) जुलुम विदुत भयो भन्या सर्दारहरूले तुरून्त तेस्को नालिस सुदि त्यस्को निसाफ गरि विदुत गन्र्या लाई सासना गर्नु।
छैठौं यो हो
दुवै सर्कारका मुलुकका सौदागरहरूले ठेगाना भयाका ठाउँमा वन्दोवस्त भया वमोजिम् महसुल दि सक्या पछि आफ्नु माल उतार्नु माल वोकि गयो भन्या बढिया भयो, कदाचित दूवै सरकारका इलाकाको कारिन्दा फेरी महसुल नलिनु आफना मुलुकका सिमानामा रोकटोक नगरि सह्यार संभार संग जान दिनु।
सातौं यो धारा
दुवै सरकारका भयाका र हुन्या सर्दारहरूका निमित्त यो करार पत्रको व्योहरा सहि छ। भनि बुझी कस्तो गर्नु बाकि छ भन्या दूवै सरकारका बीचमा वेपारको करार पत्र –८ दोस्तिको जरो हो भनि संझि सदा सर्वदा दुवै सर्कारवाट रैयत हरूलाई सुविस्ता हुन्या र दोस्ति बढ्न्या काम गर्दै रहनु हिजरि सम्वन् १२०६…। महिनाको तारीख ५ औ फसलि सम्व्त ११९९ औं ईस्वी सम्वत् १७९२ महिना मारच तारिख १ औं सम्वत् १८४८ फागुण सुदि ७ रोजमा एकै वेहोराको करार पत्र दुवै सरकारका निमित्त लेखियो औं माथि लेखियाको हुकुम वमोजिम दुवै सर्कारका कारिन्दारहरूले हुकुम मानि सम्वत् १८४९ मिति वैशाष वदि ३ देखि काम चलाई आर्को हुकुम आउनाको वाटो नहेर्नु भनि दूवै सर्कार वाट कबुल भयो जग्गाको तपसील महसुल लिन्या जग्गा चिसा पानी …।। १ महसुल लिन्या जग्गा पौवा…।। १
0 comment