राजनीतिमा उचित निर्णय गर्नका लागि मलाई लाग्दछ, कुनै महामानव हुनुपर्दैन, त्यसको निम्ति ठूलो विद्वान पनि हुन पर्दैन । तपाई इमान्दार हुनुुहुन्छ भने र अलिकति तपाईसँग अनुभव छ र इमान्दारीपूर्वक तपाइँ निर्णय गर्नुहुन्छ भने त्यो निर्णय उचित र सुझबुझको निर्णय हुन्छ ।

मेरो एउटा ठूलो गुनासो छ –यहाँका राजनीतिकहरूसँग, जो भन्दाखेरि मलाई ती दम्भी भन्दछन् । उनीहरू बडो साँगरो दायरामा राजनीति गर्दछन्, संकीर्ण दायरामा सोच्दछन् र तातै खाउँ जली मरौँ– जस्तो गर्दछन् । ती अलिहेको प्राप्ति मात्र सोच्दछन्, कुनै लामो अविधिको कुरा साच्ने सक्तैनन् । मभन्दा बुद्धिमान मानिसहरू छन् देशमा । मैले यो कुनै तिनमूता देखाएर होइन । यहाँ राजनीतिमा काम गर्ने मानिसहरू मभन्दा धेरै पढेलेखेका छन् ।

तर मलाई एउटा कुरा अहिले पनि के लागेको छ भने बडो हलुको खालको राजनीतिमा ती सबै लागेका छन् ।

टंक प्रसादजीले एकचोटी, हो, आफ्नो प्राणको बाजी लगाएर राजनीति गरे । ११ वर्ष जेलमा बसे । त्यस बखत उनका साथमा लागेका व्यक्तिहरू – चूडाप्रसाद शमाृ, रामहरि शर्मा र अरु पनि धेरै मासिनहरूले ठूलो जोखिम उठाइकन राजनिित गरे र त्यस बखतमा त्यो एउटा ठूलो इमान्दारीको राजनीति थियो । जसले आफ्नो प्राणलाई पनि संकटमा हाल्न सक्तछ, त्यसलाई हलुको खालको राजनीति गरेको भन्न सकिँदैन । बरु, भन्न सकिन्छ कि त्यो अव्यवहारिक खालको राजनीति भयो । चूडाप्रसादसँग त्यस बाटोमो जानुभन्दा अघि मैले आफ्नो मतभेद व्यक्त गरेको थिएँ ।

तर यहाँ म २०।२५ वर्षदेखि के देखिरहेको छु भने राजनीतिका जति ठूला मासिनको वक्तव्य आउँदा पनि त्यो तत्काल कुनै घटनामा लाभ उठाउन सकिन्छ कि भनेर आउँछ । चारजना मिलेर वक्तव्य दिए तत्काल कुनै लाभ पाइन्छ कि भनेर, लाभ नहुने वित्तिकै फेरि कोटेर गए ।

जहाँँसम्म मेरो कुरो छ, अरु कुरा ममा छ कि छैन त्यो त मलाई थाहा छैन । तर व्यक्तिगत अनुभव मलाई धेरै भएको छ ।हिन्दुस्थानको राजनीतिमा पनि पसियो, त्यहाँ पनि धेरै कुराहरू नजिकबाट देखियो । त्यहाँका ठूलाठूला मानिसहरूसँग बराबरीमा भएर पनि काम गरियो । उनीहरू सँगसँगै जेलमा पनि बसियो । र, त्यहाँ लाठीचार्ज इत्यादि जे जे भए, त्यो पनि खाइयो त्यसको नि मलाई अनुभव भयो । अनि नेपालमा आएपछि त्यस अनुभवको आधारमा कामहरू पनि गरियो । त्यसले गर्दा अनुभवहरूको एउटा पृष्ठभूमि मसँग छ । म स्पष्टसँग भन्न सक्तिन, के हो त त्यो अनुभव ? अनभुवले त विवेक दिन्छ, बुद्ध दिँदैन । त्यसले एउटा विवेक दिन्छ । त्यसो हुनाले, एउटा अनुभव मसँग छजस्तो लाग्छ । त्यो अरु अरु जस्तो अनुभव होइन, ज्यानलाई पटकपटक खतरामा हालिकन प्राप्त गरेको अनुभव हो, त्यो मसँग छ ।
अहिले नेपालको परिप्रेक्ष्यमा साँच्चै भन्ने हो भने, साधारण अर्थमा जसलाई राजनीति भन्दछन् त्यो राजनीति त यहाँ सम्भव नै छैन । त्यो म सधैँ भन्दछु र त्यो मैले इलाज गर्न जाँदा अमेरिकनहरूलाई पनि भने, केनेडीहरूलाई पनि भने । हामीहरूकहाँ आधारभूत मानवीय आत्मसम्मानको रक्षा, मान्छेको मर्यादाको रक्षा कसरी हुन सक्तछ, त्यसको राजनीति छ । अरु अधिकारहरूको प्राप्ति, मन्त्री वा प्रधानमन्त्री बन्नेभन्दा पनि जरुरी कुरा मान्छेको मर्यादा कसरी पुनस्र्थापित गर्ने भन्ने भएको छ ।
राणा शासनको अनुभव मलाई छ । राणाहरूले कसरी हामीहरूलाई थिचेका थिए भन्ने कुराको अनुभव मलाई छ । म यहाँ आधारभूत मानवीय आत्मसम्मानको रक्षा, मान्छेको मर्यादाको रक्षा कसरी हुन सक्तछ, त्यसको राजनीति छ । अरु अधिकारहरूको प्राप्ति, मन्त्री वा प्रधानमन्त्ती बन्नेभन्दा पनि जरुरी कुरा मान्छेको मर्यादा कसरी पुनस्र्थापित गर्ने भन्ने भएको छ ।

राणा शासनको अनुभव मलाई छ । राणाहरूले कसरी हामीहरूलाई थिचेका थिए भन्ने कुराको अनुभव मलाई छ । म यहाँ बस्दाखेरी निस्सासिन्थेँ राणाहरूको शासनबाट । त्यो निस्सासिनुपर्ने कुरा म चाहन्न भन्ने नै यहाँको राजनीति थियो । म अधिकारमा बसुँ वा प्रधानमनत्ती हुँ भन्ने थिएन, अहिले पनि त्यही कुरा छ ।

यहाँको र हिन्दुस्थानको राजनीतिमा फरक छ । त्यहाँ एउटा व्यवस्था बसेको छ । सामयिक चुनाव हुन्छ । त्यहाँ विवाद उठ्न सक्छ चुनाव राम्रो भयो कि भएन, चुनावको प्रक्रिया राम्रो भयो कि भएन भन्ने यहाँ त इमान्दार रहेर इज्जतका साथ हामी बाँच्न पाउँ भन्ने कुरा ल्याउनु परेको छ । यो त राजनीतिको कुरामात्र भएन । मलाई सोध्यो डवषर्् केनेडीले “होइन, हामी बुझ्न सक्दैनौँ, यतियति वर्षसम्म जेलमा बस्यौ, फेरि पनि थुनिन जान थालेका छौँ, जेलमा पर्छौं कहाँबाट यो बल पाउँछौ ? यस्तो प्रेरणा तिमीलाई कहाँबाट पाउँछौ ? ”

मैले उनलाई जवाफ दिएँ, उनलाई पनि र अरुहरूलाई पनि । केनेडी नामी मान्छे भएकोले मैले उनको नाम लिएको हुँ । तर यी कुरा अरु अमेरिकनहरूले पनि सोद्धथे ।
म भन्दथेँ–“ तिमीहरूकहाँ राजनीति भनेको केहो त ? त्यो प्रजातान्त्रिक दलहरूको बीचको कुरा हो र राष्ट्रपतिको सत्ता हेरफेर भएको कुरा मात्र हो । ”
त्यस बखत त्यहााँ चुनाव भइसकेको थिएन, अर्को वर्ष हुनेवाला थियो । मैले भने –“तिमीहरूकहा राष्ट्रपति को हुन्छ, त्यो तिमीहरूको राजनीति हो । ”
तिनताको मेयरको चुनाव हुन लागेको थियो न्यूयोर्कमा ।

“ मेयर को हुन्छ, यो पार्टीको कि त्यो पार्टीको भन्ने बहस चलिरहेको छ तिमीहरूकहाँ । हामीहरूकहाँ यो सब छैन । यस्तो बहसको कुरामा जेल जानु पर्‍यो भने तिमीहरू भन्न सकौँला, – ल भइहालो, जुनसुकै पार्टीको राष्ट्रपति भए पनि हुन्छ, दसदस वर्ष त्यसको लागि जेल किन जाने । किनभने त्यस परिप्रेक्ष्यमा यत्रो यातना किन ? त्यस यातानको कुनै मूल्य छ र दिनु पर्छ भने तिमीहरूले भनौला, जो भए पनि हुन्छ । हामीहरू कहाँ त्यतिले हुँदैन । हामीहरूकहाँ त साधारण सवला मान्छेको हैसियतले बाच्न पर्ने भए जलेमा बस्नुपर्छ भन्ने विकल्प छ । बाहिर बस्यौभने मान्छेको हैसियतले बस्न पाउँदैन भन्ने जो हामीलाई विकल्प छ, त्यस बखतमा हामीहरूलाई निर्णय गर्न गाह्रो पर्दैन– त्यो मूल्य चुक्ता गनर्ए । मान्छेको हैसियतले बाँचनलाई बरु जेलभित्र हामी बस्छौँ भन्न हामीलाई गाह्रो पर्दैन– त्यो मूल्य चुक्ता गर्न । मान्छेको हैसियतले बाँच्नलाई बरु जेलभित्र हामी बस्छौँ भन्न हामीलाई गाह्रो पर्दैन । ”

मलाई ऐले त्यही कुरो लाग्दछ यहाँको राजनीतिमा । त्यसै हुनाले, म कसैसँग डराउँदा पनि डराउन्न । राजासँग पैलो दिन भेट हुँदा नै मैले भनेको थिएँ, “सरकार, म त यहाँ निर्धक्क कुरा गर्छु । 

(प्रस्तुत रचना वी.पी कोइरालाले आफ्नो जीवनको अन्तिम समयताका विभिन्न प्रश्नहरुका उत्तरस्वरुप मौखिक रुपमा भन्नुभएका कुराहरुको टेपको उतार हो । )