प्रा.डा. रामप्रसाद उपाध्याय
नेपालका पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले प्राचीन नेपालमा छपाएको एक लेखअनुसार सेनहरु वङ् देशका सेनवंशी थिए । बङ्गालमा सेनहरु दक्षिणबाट आएका हुन् । यिनीहरु ब्राम्हण थिए । सेन शब्दको उत्पत्ति श्रेणिकबाट भएको हो । श्रेणिकहरु दक्षिणका चोलराजाका भारदार थिए । यिनका आदिपुरुष सामन्त सेन थिए । ११९९ मा मुसलमानको आक्रमणपछि सेनहरु एक समूह बङ्गालबाट हिमाल पसेका हुन् । मातृकाप्रसाद कोइरालाको विचारमा हिमव्त खण्डमा सेनहरुलाई मकवानीय सेन भनेको हुनाले पाल्पाका सेनहरु मकवानपुरबाट नै गएका थिए ।
सत्रौँ शताब्दीको मध्यतिर नेपालको पूर्वी तथा मध्यभागमा सेनवंशको शासनको स्थापना भएको थियो । सेनवंशावलीअनुसार मुसलमानी आक्रमणपछि चितौरका राजवंशी सेनहरु नेपाल प्रवेश गरेका थिए । यिनै सेनवंशीहरु पूर्वतर्फबाट अगाडि बढ्दै पाल्पामा आई आफ्नो स्वतन्त्र राज्यको स्थापना गरे । सेन राजाहरमध्ये रत्नसेनका एघारौँ पुस्ताका राजा रुद्रसेनले पाल्पाको स्वतन्त्र राज्यको स्थापना गरेका थिए । राजा रुद्रसेन चन्द्रसेनका छोरा थिए ।
रुद्रसेन : रुद्रसेन सेनवंशका प्रथम प्रमाणिक राजा थिए । वि.सं. १५७१ (सन् १५१४) मा लेखिएको रुद्रसेनको शासनकालको एक ऐतिहासिक कागजमा श्रीमन् रुद्रसेनदेवानां सदा समर विजयिनाम भनी लेखिएको छ । उक्त लेखाइबाट रुद्रसेन स्वतन्त्र र प्रामाणिक राजा थिए भन्ने थाहा पाइन्छ । उक्त कागजबाट यिनी विजयी राजा पनि थिए भन्ने बुझिन्छ । पण्डित भवदत्तले तयार गरेको सेनवंशावलीमा पनि पाल्पा राज्यका संस्थापक भनी लेखेखेका छन् । वि.सं. १८२५ (सन् १७६८) मा तयार गरिएका पाल्पाली सेन राजपरिवारको वंशवृक्षमा रुद्रसेनले मध्यदेश (मधेस) को राजकुमारी आसनमाला र प्युठानकी राजकुमारीसँग विवाह गरेका थिए । यस वैवाहिक सम्बन्धले गर्दा रुद्रसेनको राजनीतिक स्थिति अझै सुदृढ हुन गयो भनी लेखिएको छ । रुद्रसेनको राज्यसञ्चालनमा सहयोगीका रुपमा बुद्धजुर थापा, पालसिंह थापा, पालसिंह थापा, मिराव रावल, वनकार उपाध्याय, मसधर कुँवर, रामसिंह थापा, विष्णुसिंह, विश्राम खत्री, अमृत खड्गा, दरवार गनिदेव थापा, विकवलन्त जैसी र चन्द्र कुँवर सक्रिय रहेका थिए ।
रुद्रसेनको शासनकालमा खस बाहुनका साथै अन्य जातजातिलाई पनि संलग्न गाएको थियो । रुद्रसेनलाई मगर र खस क्षेत्रीहरुले पनि सहयोग पुर्याएका थिए । रुद्रसेन उदार र दयालु राजा थिए । यिनी दान–धर्ममा पनि दत्तचित्त रहन्थे । यिनले पाल्पा सर्देवाका बासिन्दा नरनारयाणदास उपाध्यायलाई भूमिदान दिएको स्याहा, मोहर पाइएबाट पनि उक्त कुरा पुष्टि हुन्छ । यिनकै शासनकालदेखि मगरहरुले पनि हिन्दू संस्कृतिलाई अँगाल्दै आएको देखिन्छ ।
मुकुन्दसेन प्रथम :
मुकुन्दसेन प्रथम पाल्पाका प्रसिद्ध राजा थिए । यिनी वरी तथा पराक्रमी राजा थिए । यिनको शासनकालमा पाल्पा राज्य तराईको बुटबलदेखि टिस्टा नदी र पहाडमा तिमालदेखि इलामसम्म फैलिएको थियो ।
हिमवत्खण्ड (पुराण) मा मुकुन्दसेन प्रथमको राज्यविस्तारको कुरा यसप्रकारको लेखिएको छ :
पूर्व वाराहक्षेत्रान्तय, मुक्ति क्षेत्रान्त मुन्तरम ।
पश्चिम रुरुक्षेत्राान्तम्, हरिक्षेत्रावधोत्यवाक
पूर्वमा वाराह क्षेत्रको अन्तयसम्म (नेपालको मोरङ, झापा र भारतको पूर्णीया र जलपाईगुडीसम्म) पश्चिम रुर–रिडी क्षेत्रको अन्त्यसम्म (रिडी, अर्घाखाँची र गुल्मी), उत्तरमा मुक्ति क्षेत्रसम्म (वाग्लुङ, मुस्ताङ भोटसम्म) र दक्षिणमा हरिहरक्षेत्रसम् मभारतको मुसफफरपुर, हपरा जिल्लाको हजिपुर र सोनपुरको गाङ्गा किनारसम्म) फैलिएको थियो ।
मुकुन्द सेन प्रथमले कान्तिपुरका राजा रत्न मल्ललाई भोटेहरुको उपद्रो दमन गर्न सहयोग गरेका थिए । त्यस बखत पाल्पाको सिमाना नेपाल उपत्यकासँग जोडिएको थियो ।
वि.स. १७७१ (सन् १७१४) मा काशीराम नाम गरेका काश्यप गोत्रीय ब्राह्मणले लेखेको गण्डकी महात्मय नामको ग्रन्थमा गण्डकी गर्मदेशमा गाई र ब्राह्मणले लेखेको गण्डकी महात्मय नामको ग्रन्थमा गण्डकी गर्भदेशमा गाई ब्राम्हणहरुको हित, रक्षा गर्ने मुकुन्दसेन नाम गरेका बुद्धिमान् राजपुत्र हुनुभयो । उहाँ पूर्वमा वराहक्षेत्रको अन्त्यसम्म, पश्चिममा रुरुक्षेत्रको अन्त्यसम्म, उत्तरमा मुक्ति क्षेत्रको अन्त्यसम्म र दक्ष्णिामा हरिक्षेत्रसम्मको भूखण्डलाई जितेर चक्रवर्ती हुनुभयो । उहाँले पहाड, मधेस र नेपाल उपत्यकाका राजालाई पनि जित्नुभयो भनी लेखिएको छ । यहाँ राजपुत्र भन्नाले युवराज भन्ने बुझिन्छ । यो लेखाइ पनि मुकुन्दसेन प्रथम युवराज हुँदा नै लेखिएको हो । यस लेखाइबाट यिनी युवराज हुँदादेखि नै पराक्रमी थिए भन्ने थाहा पाइन्छ ।
मुकुन्दसेन प्रथम राजा भएपछि विशाल सेन राज्यका हिन्दूप्रति हुने सम्मान प्राप्त गरेका थिए । यिनको सम्मानमा लेखिएको प्रशस्तीमा यिनलाई हिन्दूपति राजाजेश्व श्रीमन्मुकुन्दसेनदेव भनी लेखिएको छ ।
मुकुन्द सेन प्रथमले आफ्ना जीवनका अन्तिम समय देवघाटमा तपस्या गरेर व्यतीत गरेका थिए । यिनको देहान्त पनि देवघाटमा नै भएको थियो । यिनको जीवनको पूर्वाद्र्धमा तपस्यामा व्यतीत भएको हुँदा यिनलाई मुनि मुुकुन्दसेन भनिएको हो । मुनि मुकुन्दसेनले वि.सं. १५७५ (सन् १५१८) देखि वि.सं. १६१० (सन् १५५३) सम्म पैँतीस वर्षसम्म राज्य गरेका थिए ।
वि.सं. १८५९ (सन् १८०२) मा फ्रान्सिस बुचानन हेमिल्टन नेपाल आएको बखत लेखिएको पुस्तकमा मुकुन्दसेन प्रथमले देवघाटमा एउटा राम्रो मन्दिर बनाए । त्यही ठाउँमा उनको देहान्त भयो । मन्दिरभित्र शिवको शिवको मूर्ति स्थापना गरिएको छ जसलाई स्थापना गर्नेको नामबाट मुकुन्देश्वर भनिन्छ । त्यहाँ शिवरात्री र माघे सङ्क्रान्तिमा भक्तजनहरुको ठूलो मेला लाग्दछ भनी लेखेका छन् ।
मुकुन्दसेन प्रथम महात्वकाङ्क्षी राजा थिए । यिनले आफ्ना छिमेकी राज्यहरुसँग वैवाहिक सम्बन्ध गाँसेर भए पनि पाल्पा राज्यलाई बलियो बनाउने प्रयास गरेका थिए । यसै क्रममा यिनले पार्कोटे मगर राजाकी छोरी सुवर्णमालासँग विवाह गरी पश्चिमका मगर राज्यलाई आफ्नो पक्षमा मिलाएका थिए । मगरहरुसँगको सामीप्यताले गर्दा यिनलाई मगर राजा र यिनका सेनालाई मगर सेना भनिथ्यो ।
मुकुन्दसेन प्रथमले गुल्मीकी राजकन्या पुष्पमाला र प्युठानकी राजकन्या महिमावतीसँग पनि विवाह गरेका थिए । यो वैवाहिक सम्बन्धले गर्दा यिनलाई पश्चिमतफीबाट कुनै खतरा भएन र पूर्वतर्फ बढ्न सजिलो भएको थियो ।
मुकुन्दसेन प्रथमले आफ्नो विजय अभियानलाई पूर्वतर्फ केन्द्रित गरेका थिए । वि.सं. १५८१(सन् १५२४) मा यिनले तनहुँमाथि अधिका गरेपछि गोरखा र धादिङ हुँद फागुन १९ गते थानकोटमाथि आक्रमणगेका थिए । महेशराज पतन र दिनेशराज पन्तद्वारा अनुदित नारदस्मृति ग्रन्थअुनसार मुकुन्दसेन प्रथमले दुइपटक काठमाडाँैँ उपत्यकामा आक्रमण गरेका थिए । पहिलो आक्रमणको समयमायिनका साथ विक्रमसेन, भुवनसेन र रुद्रसेनसमेत ११ जना सेनापति र ठूलो संख्यामा पाल्पाली फौज थिए । पाल्पाली फौजले थानकोट र कीर्तिपुरमा आक्रमण गरी आगोसमेत लगाएका थिए । यस फौजले चार दिनसम्म व्यापक लुटपाट मच्याई २०० जनालाई समातेर लगेका थिए । यस फौजले दण्ड उठाई फर्केको कुरा उल्लेख गरिएको छ । यस आक्रमणको समयमा कान्तिपुरमा सुर्य मल्ल भक्तपुरमा जीत मल्ल र प्राणमल्लको संयुक्त शासन थियो । वि.सं १५८२ चैत्र ११ गते मुकुन्दसेन प्रथमको पाल्पाली फौजले दोस्रो पटक काठमाडाँै उपत्यकामा आक्रमण गरे । यो आक्रमण पहिलोभन्दा भयङ्कर डरलाग्दो थियो । यसपटकको आक्रमणमा पाल्पाली सेनाले कीर्तिपुर, पाटन, ठिमी, बोडे, चापागाउँ, सिम्बु, ठमेल, नक्साल र धर्मस्थलीमा व्यापक लुटपाट मच्याएको थियो ।
मुकुन्दसेन प्रथम विद्वान् तथा तपस्वी राजा थिए । त्यसले यिनलाई ‘मनि मुकुन्दसेन’ पनि भनिएको छ । यिनले आफ्ना जीवनका अन्तिम सयतिर आफ्ना राजयका विभिन्न क्षेत्रका प्रशासन हेर्ने जिम्मा आफ्ना छोराहरुलाई दिएका थिए यस्तै समयमा यिनको देवघाटमा मृत्यु भयो । यिनको मृत्युपछि यिनका छोराहरुले पालअन्तर्गत पर्ने विभिन्न प्रशासनिक एकाइहरुलाई स्वतन्त्र राज्यको रुपमा घोषित गरे । यिनको मृत्युपछि यिनका कान्छा छोरा लोहाङसेनले मकवानपुरको छुट्टै स्वतन्त्र राज्यको स्थापना गरे । लोहाङसेनले मकवानपुर राज्यको विस्तार गरेर पूर्वका सम्पूर्ण कोसी क्षेत्रलाई आफ्नो राज्यमा गाभेका थिए । लोहाङसेनको मृत्युपछि यिनका छोरा राघवसेन मकवानपुरका राजा थिए । राघवसेनको मृत्युपछि हरिहरसेन मकवानपुरका राजा भए । हरिहरसेनले आफ्ना राज्यको सीमाना उत्तर भारतको गोण्डवारासम्म पुर्याएका थिए । यिनले हिन्दूपतिको उपाधि धारणा गरेका थिए ।
हरिहरसेन र कान्तिपुरका राजा प्रताप मल्लले भारतका राजपरिवारसँग वैवाहिक सम्बन्ध कायम गरेका थिए । हरिहरसेनको विवाह कुचविहारका राजा वीरनारायणका दुई छोरी हमादेवी र माहेश्वरीसँग भएो थियो । त्यसैगरी प्रताप मल्लले वीरनारायणकी अर्की दुई छोरी रुपमती र अनन्तप्रियासँग विवाह गरेका थिए ।
सन् १६६४ मा बङ्गालका मुसलमानहरुले आक्रण गरेपछि हरिहरसेनले यिनीहरुलाई हात्ती र केही रकम दिने गरेका थिए । यिनले मकवानपुर राज्यलाई दुई भागमा विभाजित गरिदिए । यिनले कोसी नदीदेखि पश्चिमको भाग कान्छा छोरा महाकुमार शुमसेनलाई र पूर्वको भाग नाति इन्दुविधातासमेनलाई बाँडिदिए । यस विभाजनअनुसार महाकुमार शुभसेन मकवानपुर र इन्दुविधातासेन विजयपुरको गद्दीमा बसेका थिए । महाकुमार शुभसेनपछि माणिक्यसेन मकवानपुर र महिपतिसेन(मान्धातासेन)ले विजयपुरको गद्दीमा बस्ने अवसर प्राप्त गरेका थिए । माणिक्यसेनपछि यिनका छोरा हेमकर्णसेन मकवानपुरका राजा भए । यिनै हेमकर्णसेनकी छोरी इन्द्रकुमारीको विवाह श्री ५ पृथ्वीनारायण शाहसँग भएको थियो । हेककर्णसेनका छोरा दिग्बन्धनसेनको शासनकालमा मकवानपुर विशाल नेपालको एक भाग हुन पुग्यो ।
0 comment