१) केरुङ युद्ध:

पूर्व शर्त अनुसारका मुद्रा नपठाइको तिव्वतले सिक्किमको अर्को वाटो खोलेको तथा दाजुसँग बेमनस्यता भएका श्यामर्पा लामालाई नेपालले शरण दिएकोले १७८८ (वि सं १८४५) मा दामोदर पाण्डेको नेतृत्वको फौजले आक्रमण गरी कुति केरुङ झुङर सिकारजुङ कव्जा गरेकाले नेपाल र तिव्वत विच १८४६ जेठमा केरुङ सन्धी भयो ।

२) वेत्रावती युद्ध :

केरुङ सन्धी अनुसार वर्षेनी ५७६०० नदिनु तिव्वतले नेपाली सामानको भन्सार वढाउनु नुनमा धुलो मिसाउनु जस्ता कारणले नेपालले १८४८ श्रावणमा दामोदर पाण्डेको नेतृत्वमा फोजगइ तिव्वत लुटेर नेपाल पठायो । पछि चिनले लुटेको धन र श्यामर्पा लामा फिर्ता माग्दा नेपालले नपठाएकाले चिनले सेना पठायो । अन्तमा १८४९ मा वेत्रावतिमा ठूलो लडाइ पश्चात वेत्रावती संधि भयो ।

३) नेपाल–अङग्रेज युद्ध :

वुटवल स्युराजलगायतका भूमिमा खिचलो झिकेर लर्ड हेस्टीङले१८७१ कार्तिकमा युद्धको घोषणा गरे ।त्यसवेला भिमसेन थाप नेपालका प्रधान मन्त्री थिए । यस कालमा धेरै लडाईहरु भए ।
क) खलङगा नालापानी वलभद्र कुवर (जिलेस्पी)
ख) जैथक जसपाउ थापा र रणजोर थापा (लड्लो)
ग) देउथल भक्ती थापा विरगती प्राप्त गरे(स्ट्रोवेस)
घ) मलाउ अमरसिं थापा (अक्टरलोनी)
ङ) जितगढी उजिरसिह थापा । नेपालले विजय गरेको ।
च) अल्मोडा अमरसिंलाई सहयोग गर्न गएको टोली माथी आक्रमण हुदा हस्तीदल थापा मारिए र वमशाह अल्मोडा सुम्पीएर उम्किए । युद्ध नेपालको विपक्षमा भएकाले गुरु गजराज मिश्र तथा चन्द्र शेखर गए । नेपालले तराईका अधिकांश भूमि छाड्न पर्यो । १८७२ मार्गमा यो सन्धी भएको थियो ।

४) नेपाल–तिव्वत युद्ध:

नेपाली व्यापारी माथी द्रव्यवहारलगायतका कारण झिकी जंग वहादुरले सेना पठाएका थिए । तिव्वतले प्रत्याक्रमण गरे पनि कव्जा गरेका भूभाग फिराउन सकेनन् । पछि तिव्वतले वार्षिक १० हजार दिने कुरा जनाए पछि कुराकानी भइ १९१२ माघमा थापाथली सन्धी भयो ।

५) पहिलो विश्वयुद्ध :

भारतले १८४७ को सैनिक विद्रोह दवाउन सघाए वापत नया मुलुक प्राप्त ग¥र्यो भने ५६ हजार ५ सय ८० युवा र ववर तेज तथा पद्म समशेरको नेतृत्वमा २२ हजार सेना चन्द्र समशेरले पठाएका थिए । लडाइ जिते पछि चन्द्र सम्शेरको माग अनुसार राजालाई हिज मजेस्टी तथा प्रधानमन्त्रीलाई हिज हाइनेस भन्न थालियो ।

६) दोश्रो विश्व युद्ध

जुद्ध सम्शेरले ८ हजार सेना १४ शजार नया सेना भर्ना गर्ने स्वीकृति तथा ३ लाख ६० हजार नगद सहयोग गरे । युद्धको समापन पछि नेपाललाई एकमुष्ठ १० लाख र विपत्तीमा काम लगाउन ३ लाखको सहयोग प्राप्त भयो ।
राजनीतिक प्रमुख घटनाहरु

वासठ्ठीहरण

वनारसमा वस्दा अंग्रेजले सहयोग नगरेको तथा लागेको ऋण मोचनका लागी १८६२ मा रण वहादुरले बाह्मणलाई दिएको विर्ता राईहरुको किपट फिर्ता गर्ने घोषणा गरे । यसलाई वासठ्ठीहरण र वाहुनहरु तथा राईले मिलेर माझ किरातमा विद्रोह गर्दा उनीहरुको दमन गरियो जसलाइ “वाग्यान“ वा ६४ सालको पर्व भनिन्छ ।

कोतपर्व

राजा सुरेन्द्रकि कान्छी रानी राज्यलक्षमीले आफ्ना विश्वास पात्र गगन सिंहको हत्यारा पत्ता लगाउन १९०३ आश्वीन २ गते सबै भारदारलाई वोलाइन । जंगवहादुर सेना सहित त्यहाँ पुगे । रानीले मेरा सत्रुको नाश गर भन्नासाथ जंगवहादुर र उनका भारदारले ४० जना जतिको हत्या गरे । यसैलाई कोत पर्व भनिन्छ ।

भण्डारखाल पर्व

जंग वहादर राणा प्रधानमन्त्री वनेपछि रानीले जेठी महारानी साम्राज्यलक्ष्मीका छोरा युवराज सुरेन्द्र र उनका भाइ उपेन्द्रलाई मारी रजेन्द्रलाई राजा वनाउनभनेको कुरा नमान्दा भण्डारखालको भोजमा विष खुवाइ जंग वहादुरलाइ मार्ने योजना वनाइन तर यो कुराको पोल खुलेकाले जंग वहादुरले १९०३ कार्तीक १२ गते भण्डारखाल गइ वाकीलाई पनि सखाप पारी रानी र छोरालाई देश निकाला गर्ने व्यवस्था समेत मिलाए । यसैलाई भण्डारखाल पर्व भनिन्छ ।

अलौ पर्व

जंगवहादुरलाई समाप्त गर्न फत्तेजंगका भाइ गुरुप्रसादलगायतले विरगन्ज नजिकै अलौमा सानो सेना तयार गरे तर यस सेनाले काम गर्न नसके पछि राजाले सैनिक विद्रोह गर्न खोजे । तर जंगवहादुरले सनक सिंह र वमवहादुरको नेतृत्वमा सेना पठाई राजा वाहेक सवैको हत्या गरे राजा समातिए । १९०४ श्रावणको यो घटनालाई अलौ पर्व भनिन्छ ।

३८ सालको पर्व

युवराज नरेन्द्रको नेतृत्वमा रणोद्दीपलाई गुह्येश्वरी पुजा गर्न जादा मार्ने योजना वनाएकोमा यसको भेद खुली यो योजना सफल हुन सकेन ।
४२ सालको पर्व १९४२ मा रावलपिडीमा सैनिक प्रदर्शनी भाग लिन जान दिउको सेना प्रयवगरी डम्वर सम्सेरद्वारा रणोद्दीपको हत्या गरियो । यसपछि धीर समशेरका १७ भाइ छोराको रोलक्रम तयार भयो । जंग वहादुरका छोरा जगतजंगको यसै घटनामा हत्या भएको थियो ।

मकैको खेती

कौशल अड्डाका सुव्वा कृष्णलाल अधिकारीले १९७३ लेखको मकैको खेती नामक पुस्तकको भूमिकाले राजाको गाथ ताकेको आरोप लगाई किताव जफत तथा उनलाई ९ वर्ष र सहयोगी ४५ जनालाई ५ वर्षको कैद सुनाइयो ।

छिन्ताङ कान्ड

२०३६ साल कार्तीक १७ गते प्रधानमन्त्री सूर्य वहादुर थापाका पाला धनकुटाको छिन्ताङमा १५ जना अनिकालले ग्रस्त विद्रोहकारीलाई मारिएको घटना । २०४० माघ १ गते सिन्धुपाल्चोक पिस्करको महादेन स्थानमा सक्रान्ति मेला मनाउन भेला भएका मानिस माथी गोली प्रहार गरि दमन गरिएको घटना ।