डि.राज कोइराला

नेपाल भारत मैत्री तथा शान्ति सन्धि १९५० र सन्धिसंग आदान प्रदान गरिएका पत्र असमान् छन भनेर गरेको गलत व्याख्या सुनेका भरमा तेरो कान कागले लग्यो भन्दा कान नछामी कागका पछि लाग्ने पार्टी जुन सुकै होस सत्जन नेपाली नागरिकहरुले जान्न पर्ने बिषय यो पनि भएकाले विवेचना सहित पत्रको धारा २ को व्यहोरा प्रस्तुतगरिएको हो ।

Article II 

Any arms, ammunition or warlike material and equipment necessary for the security of Nepal that the Government of Nepal may import through the territory of India shall be so imported with the assistance and agreement of the Government of India . The Government of India will take steps for the smooth and expeditious transport of such arms and ammunition through India. 

धारा २

नेपाल सरकारले नेपालको सुरक्षाकोलागि आवश्यक पर्ने कुनै पनि हात हतियार गोलाबारुद वा युद्धसामग्री र उपकरणहरु भारतीय भूभागको बाटो गरी आयात गर्दा भारतसरकारको सहायता र सम्झौता अनुसार ल्याउन सक्ने छ भारतीय भूभागको बाटो गरी ल्याइने यस्ता हात हतियार र गोलाबारुदहरु छिटो छरितो र निर्विध्नतापूर्वक परिवहनकालागि भारत सरकारले उपयुक्त कदमहरु चाल्ने छ ।

नेपाललार्इ आवश्यक पर्ने हातहतियार गोला बारुद वा युद्ध सामग्रीहरु तेश्रो मुलुकबाट किनेर ल्याउँदा भारतीय भूभागबाटै ल्याउनै पर्छ यो भन्दा अरु उपाय अपनाउँदा हाम्रो देश भूपरिवेष्टित मूलुक भएकाले अनेकौ कठिनार्इका कारणले असम्भव नै छ । हात हतियार गोला बारुद आदि भनेका चीनबाट ल्याउने जुत्ता थाइल्याण्डबाट ल्याउने कपडा कोरीया र जापानबाट ल्याउने डटपेन मसी घडी रेडियो र मोवाइल फोन जस्तो होइन ।

भारतसंग सल्लाह नगरी सहयोग नमागी तेश्रो मुलुकबाट खरिद गरी भारतको बाटो आयात गरिने हातहतियार बोकेका कण्टेनरहरु कलकत्ता वा बिशाखापत्तन बन्दरगाहबाट ल्याउँदा बाटामा लुटियो र हातहतियारको दुरुपयोग भयो भने त्यस्को जिम्मवारी कस्ले लिने ? नेपालका गतिछाडा शासकनेताहरुको सरकार र हुतिहारा प्रबुद्ध वर्गले जिम्मेवारी लिन्छन ? कि पत्रको यो व्यहोरा नै असमान छ भनेर व्याख्या गर्ने धुरन्धर पण्डितहरुले जिम्मा लिन्छन ?

यस्ता व्यख्याताहरुले नेपाली नागरिकहरुलार्इ कति दिग्भ्रमित पार्न सकेको हो ? यस्तो गलत व्याख्या गर्ने विज्ञहरुले गर्न खोजेको चै के हो ? कसलार्इ तर्साउन खोजेको हो ? यही बिषयलार्इ लिएर नेपाल तल पर्न गयो सन्धि असमान भयो भनेर हल्ला गर्नु भनेको नेपाली नागरिकलार्इ भारत बिरोधी बनाउने र शासकनेताहरुलार्इ भारतको तावेदारी गर्दै सत्तामा पुग्ने र हडिने तानाबाना बुन्नु बाहेक अरु केही होइन ।

हात हतियार गोला बारुदहरु खरिद गरेर भारतीयबाटोबाट ल्याउँदा आफ्नो सुरक्षा निकाय नभएकै कारणले भारतमा हातहतियार गोलाबारुद लुटियो भन्ने अफवाह फैलाएर नेपाली नागरिकलार्इ भारत विरोधी बनाउने यस पछि शासकनेताहरुले चै म वा मेरो पार्टी सत्तामा रहुन्जेल भारतबाट फिर्तालिनु पर्ने टिष्टा काङ्गडाको कुरै नगर्ने बरु भारतको विरोधगर्ने नेपाली नागरिकलार्इ ठीक पार्ने भन्दै भारतीयहरुको तावेदारी गर्ने बाटो खुल्ला बनाउन मात्र खोजेको हो ।

सरकारमा बसेका ठूलाठालुहरु मिलेर किर्ते कम्पनी हावदारी बिल्टी नक्कली बील भरपार्इ बनाउने अनि मिलेर सरकारी ढिकुटीबाट मोटो रकम हजम गर्ने योजना बनाउँनकालागि नेपालका शासकनेताहरुको सरकारले भारत र भारतीयहरुलार्इ खुसी पार्न मात्र सन्धि संसोधनको अभिनय गराएको मात्र हो सन्धि असमान होइन ?

सन्धि असमान हो भन्ने गलत व्याख्या गर्ने पण्डितज्ञानीहरु, ठूला–ठूला डिग्रीधारी बिद्वानहरु, गतिला कहलिएका परराष्ट्रविदहरु तथ्य लुकाउन सक्ने इतिहासविद्रहरु, विना अर्थका अनेकौ सार्वजनिक सरोकारका मुद्दा सर्वोच्च अदालतमा दायर गरी बहस गरेर मुद्दा जितेबापत नाम कमाउन अति नै लालायित कानूनविद्हरु तथा ।

नियमित पारिश्रमिक पाउने आशाले ठूला संचार गृहका साहुहरुका सम्पादकहरुले भनेअनुसारको लेख लेखिदिने लेखकहरु पत्रकारहरु तथा राजनीतिका नामको दलाली गर्दै जासुसी गर्नेहरु र यस्तै मानिसहरुका कुरा सुनेर देश हाक्ने शासकनेताहरुको नियत मात्र असमान हो नेपालका हितमा भएको पूर्णरुपले इमान्दारीपूर्वक कार्यान्वयन गराउनु पर्ने सन्धि असमान होइन ।

विभिन्न पार्टीमा लागेकैले यस्ता घृणित र निन्दित कामलार्इ समर्थन गर्न बाध्य भएका बाध्य पारिएका नेपाली नागरिकहरुले पनि सचेत देशप्रेमी इमान्दार नेपाली नागरिकका नातले छातीमा हात राखी चिन्तन गरेर भन्नु होस त असंलग्न परराष्ट्र नीति र पन्चशिलको शिद्धान्त अपनाउने राष्ट्र नेपाललार्इ १० वटा धारा भउको नेपाल भारत मैत्री तथा शान्ति सन्धी र सन्धि सगको ५ वटा धारा भएको पत्र कार्यान्वयन गर्दा नोक्सान हुने के छ तथा संसोधन गर्दा राष्ट्रलार्इ आधात पर्ने चै के छ ? सन्धि असमान हो कि, सरकारप्रमुख प्रधानमन्त्रीहरुको स्वार्थपूर्ण खोटी नियत असमान हो ?  आम नेपाली प्रष्टहुन् जरुरि छ ।