एक्काईसौं शताब्दीको प्रविधिको कुरा कुनैपनि दार्शनिकहरुले देखेका थिएनन्, यदि माक्र्सले यस अवधिको प्रविधि देखेका भए वस्तु र वर्गलाई मात्र आधार मानेर दर्शन निर्माण गर्ने थिएनन् होला ? किनकि माक्र्सले बस्तुबाट विचारको उत्पति हुन्छ भन्ने कुरालाई प्राथमिकतामा राखेर जोडदिएका छन् र विषेस महत्वका साथ फोकस गरेका छन् । उनले प्रविधिको कुरा देखेका थिएनन् तर अहिले एक्काईसौ शताब्दीको अबस्थामा दर्शन लेखेका भए, प्रविधि, वस्तु, मानव, परिस्थिति, समग्रतालाई विचार गरेर लेख्ने थिए । अन्य दार्शनिकहरुले पनि भिन्नै प्रकारले सोच्ने थिए । माक्र्सवाद यही रूपमा हुने थिएन ।

यसै सताब्दी सुहाउदो मानवीयताको कल्याणकारी विचार बन्ने थियो, र जबरजस्ती मारकाटको स्थिति एकले अर्कालाई निषेध गर्ने, दस्तावेज बन्ने थिएन । लडाईको मुख्य माध्यम अहिलेको शताब्दीमा यही माक्र्सवाद मात्रै बनाईएको छ । यस अर्थमा बर्गीयताको नाममा झगडा र लडाई को नक्कल गरी क्रान्तिको नाम दिएको अबस्था छ, त्यतिबेला समस्या समाधानका अन्य उपायहरु, प्रविधि नभएको कारण र वैचारिक चिन्तन विकसित नभएको कारण लडाईको सहारा लिएका थिए, तर अहिलेको एक्काईसाँै शताब्दीका प्रविधिको प्रयोग गरी सजिलो तरिकाले हरेक समस्या हल गर्न सकिने हुनाले अब पनि पुरानै, ढुङ्गेयुगको तरिका प्रयोग गर्नुपर्दछ भन्नु मूर्खता सिबाय अरु केहीहुन सक्दैन ।

अहिलेको अवधिमा प्रविधिको विषेश महत्व हुनेहुदा यी कुरालाई मध्यनजर गर्नु अनिवार्य छ । अहिलेको युग अब शस्त्र, अस्त्रको युग होईन, यो युग त शास्त्र, आस्त्रको युग हो, जसले अधिराज्य भरका वौद्धिक व्यक्तित्व विचारकहरुको भेला गरी राष्ट्रका समस्याहरु समाधानमा समय, लगानी र त्यसको प्रतिफलको लेखाजोखा सहित कम लगानी, कम समय र शतप्रतिशत समाधान दिनसक्ने उपाय सहितको शस्त्रअस्त्रको माध्यमको युग हो । यस युगमा माक्र्सवाद, साम्यवाद र समाजवादका नाममा रक्तहोली मनाउनु, जङ्गली रक्तपिपासु हिंस्रक जनावरको व्यवहार वाहेक केही हुन सक्दैन ।

प्रविधिको प्रयोगलाई प्रमुखतामा राखेर समस्या समाधान गर्ने र जीवन सुखमय बनाउने तरिका अपनाउनु पर्दछ । आज सम्मको प्रयोगको आधारमा माक्र्सबादको महत्व र माक्र्सको दाबी अनुसार १ प्रतिशत पनि सिद्ध भएको छैन । सोभियत रुसदेखि पुर्बि युरोप, चिन, भियतनाम, उत्तरकोरिया,  क्युवा सम्मको अबस्था हेर्दा शतप्रतिसतरूपमा माक्र्सवाद झुटो साबित भएको छ । कल्पनाको नाममा काटमार मात्र भएको छ । माक्र्सवादको नाममा दुःखमात्र भएको छ ।