हालै बंगलादेशमा भएको जनआक्रोसले तानाशाह ठहर गरिएकी र १५ वर्ष देखि लगातार प्रधानमन्त्रीको रुपमा शाशन गर्दै आएकी शेख हशिनालाई देश छोडेर जान बाध्य पारेको छ । छोराछोरी विदेशमा भएकी उनले अब बाँकि जीवन त्यतै बिताउलिन् । उनले गर्दा बंगलादेशका राष्ट्रपिता मानिने शेख मुजिव रहमानको शालिकमात्रै बिद्रोहीहरुले ढाली दिएका छैनन् वल्की उनको नाममा रहेको म्यूजियम समेत बमले उडाइएको छ । उहिल्यै यि रहमानको हत्या हुँदा यिनलाई भारत समर्थित भएको आरोप लागेको थियो । राजधानी ढाका पुरै विद्रोहीहरुको कब्जामा गएको रहेछ भन्ने कुरा प्रधानमन्त्री कार्यालय भित्र घुसेर विद्रोहीहरुले गरेको लुटपाट र तोडफोडले प्रष्ट गरेको छ । स्वतन्त्रताका सेनानी र तिनीहरुका सन्तानलाई मात्रै सरकारी सेवामा ९० प्रतिशतसम्म आरक्षण गरिएको विरुद्धमा विद्रोहको आगो सल्किएको थियो जुन हिंसापूर्ण हँुदै जाँदा सयौंले ज्यान गुमाए । हाल सेनाले शासनमा कब्जा जमाएता पनि अन्तरिम सरकार बनाएर नयाँ चुनाव गरी शासनलाई निरन्तरता दिने कुरा बाहिर आएको छ । प्रधानमन्त्री हसिना भागिसकेको कारण सायद विद्रोहले निरन्तरता नपाउन पनि सक्तछ किनकी विद्रोह सडकचाडको रुपमा खुसियालीमा परिणत हुँदै गएको मेडियाले प्रशारण गरिरहेको अवस्था छ अहिले । विद्रोहीहरु रमाइ रमाइ सडकमै सेल्फी खिच्न ब्यस्त रहेको कुराले पनि अब आन्दोलनले विश्राम लिन्छ की भन्ने कुरा अपेक्षा गर्न सकिन्छ यद्यपि सैनिक जनरले टिभीबाट सम्बोधन गरेको अवस्थामा पनि इन्टरनेट सेवा बन्द नै थियो ।
शेख हसिना नेपालका नेताहरु जस्तो भ्रष्ट भएको समाचार अघि कहिल्यै पढन पाइएको थिएन बल्की दशौलाख गरिब जनतालाई गरिबीबाट उकास्न सफल र बंगलादेशको आर्थिक समृद्धिको संवाहकको रुपमा उनी सेलिव्रेटी बन्न पुगेकी थिइन् भनिन्थ्यो तर उनी देश छोडेर भाग्ने अवस्था आइपुग्दा जनताले उनलाई क्रुर तानाशाह र भ्रष्टको संज्ञा दिन पुगे । अहिले बंगलादेशी जनमानशमा एकातर्फ अब झनै राम्रो हुन्छ भन्ने आशा पलाएको छ भने अर्को तर्फ परिस्थिति बिग्रेर कतै देशनै टुक्रिने वा नरहने हो की भन्ने डर र चिन्ता छाएको छ । डरको कुरा चाहि के हो भने धार्मिक अल्पसंख्यक माथि मुस्लिमहरुको आक्रमण रोकिएन भने बंगलादेशमा विदेशी विशेष गरेर भारतको हस्तक्षेप नहोला भन्न सकिन्न । त्यस अवस्थामा अखण्ड भारतको सपना देखिरहेका मोदिले बंगलादेश खान कत्ति वेर लाग्दैन भन्नेहरु पनि छन् । किनकि शेख हसिनाको अवामी लिग मुस्लिम कट्टरवादको सधै बिपक्षमा उभिने गथ्र्यो । बंगलादेशमा हिन्दुहरु माथि हुने अत्याचारको बारेमा लेखिएको र नोवेल पुरस्कार पाएको “लज्जा” नामक उपन्यासकी लेखिका तसलिमा नसरिनलाई अहिलेपनि बंगलादेश छिर्न त्यहाँका कट्टर मुस्लिम पन्थीहरुले दिएका छैनन् । यस अवस्थामा वाग्लादेश गृह युध्दमा प्रवेश नगर्ला भन्न सकिन्न । एक अर्का थरिहरुले बंगलादेश समृद्धिको बाटोमा त लागैको हो तर त्यसको फाइदा एक मुठ्ठी धनीहरुको हातमा गएको र साधारण जनताले केहि नपाएको कारण पनि विष्फोट हुने अवस्था आएको भनेका छन् ।
बंगाली विद्रोह र नेपाल
बंगलादेश र नेपालको अर्थराजनीतिक अवस्था हेर्ने हो भने बंगलादेशको भन्दा नेपालको अवस्था झनै खतरनाक छ । यहाँ गरिवी निवारणमा सरकारले उल्लेख्य काम गर्न सकेको छैन । भ्रष्टाचार संस्थागत भएको छ र उनीहरु कारवाहीको दायरामा आउनु त कता हो कता झर्नै मन्त्रि पद पाएर सुशोभित भएका छन । राष्ट्रिय ढुकुटी नेताको निर्वाचन क्षेत्रमा अनुत्पदानशील भ्यू टावर वनाउन खर्च गरिन्छ तर दैवि प्रकोप पिडित जनतालाई राहत दिन सरकारसँग पैशा हुँदैन । साधारण खर्च चुलिएको छ । असारे विकास प्रवृत्तिको कारण विकास कार्यको गुणस्तर धेरै खस्किएको छ । वाग्लादेशले त निर्यातमा रेकर्डनै कायम गरी व्यापार वचत गर्ने देशको सूचीमा आफुलाई दर्ज गर्न सकेको छ भने नेपाल संसारको सबै भन्दा ठूलो ब्यापारघाटा भएको देशमा सूचिकृत छ । हरेक वर्ष आउने समुद्रि आधि (साइक्लोन) बाट वाग्लादेश त्यति विचलित छैन जति विचलित र अब्यवस्थित वाढी, पहिरो र आगलागीको कारण नेपाल छ । सुशाशनको कुरा गर्ने हो भने त बंगलादेश भन्दा नेपाल ज्यादै पछाडि छ । स्वदेशी वस्तुको उत्पादन उपभोग र प्रयोगको कुरा गर्ने हो भने बंगलादेशी राष्ट्रवादको हरेकले प्रशंसा गर्नु पर्छ । नेपालजस्तो शत प्रतिशत आयातमूखी र भन्सार राजश्वबाट मात्रै राज्य चल्ने देश वाग्लादेश होइन । जावो एउटा आरक्षणको कुरा उठदा त देशको प्रधानमन्त्री भागेर विदेश जानु पर्ने स्थिति बंगलादेशमा आउँछ तर नेपालमा भने राष्ट्रघाती र भ्रष्टाचारीहरु शासनमा छाइरहदा केहि पनि हुदैन । न जनता जाग्छन न सेना । सबैले आफूलाई राजनीतिक दलको झोलेमा परिणत गरिसकेको कारण बंगलादेशी विद्रोहको आगो नेपाल आउला भन्ने कुरा त्यति अपेक्षा गर्न सकिदैन । यहाका विद्यार्थी संगठनहरु पनि राजनीतिक दलहरुका झोलेहरुनै भएको कारण तिनीहरुबाट पनि देशले केहि अपेक्षा गर्न सकिने अवस्था छैन । तर राष्ट्रवादीहरु, सुशासनका पक्षपातीहरु, सक्षम नेतृत्व दिन सक्ने दक्ष र सादगीहरु एक ठाउमा आई विद्रोहको आगो सल्काई हरेक राजनीतिक दलको हेडक्वार्टर ध्वस्त गर्ने र नेता भनाउदाहरुलाई जहा भेट्यो त्यही छप्काउने हो भने नेपाली सेना भित्रका देशभक्त जर्नेलहरुले पनि साथ दिन सक्ने वातावरण तयार गर्न सकिन्छ । वाग्लादेशी विद्रोहबाट राष्ट्रवादी नेपाली जनता र सेनाले सिक्ने पाठ भनेको अहिलेलाइै त्यति मात्रै हो । तसर्थ नेपालमा बंगाली आगो सल्काउने उपयुक्त बेला आएको छ ।
2 comments
misras बिहीबार, ३१ श्रावण, २०८१
Why ? To destroy Nepals economy even more ?
Ram Chhetri शनिबार, १ भाद्र, २०८१
One of the best articles about contemporary politics and corruption in Nepal with a comparative viewpoint on Bangladesh.As an earnest and honest patriot KD Bhattarai had suggested that Nepal must be purged of about 500-100 scumbags by introducing the capital punishment by fast track courts aided by the Army so that the most corrupt judges cannot give their arbritary verdicts in favor the convicts as happening at present for the last several decades.Thanks to Dhakal jee for his courageous writing.