१. भारतमा कानून र व्यवस्थाको स्थापनार्थ भारत सरकारले नेपाल सरकार समक्ष सहयोगको लागि गरेको अनुराधलाई उत्तर दिने क्रममा शान्ति स्थापनाका सबै सवालमा भारतलाई सहयोग प्रदान गर्नु नेपाल सरकार उचित ठान्दछ । त्यसैले १० बटालियन सैनिकहरुको एउटा सैन्यदल पैँचाको रुपमा भारत पठाउन नेपाल सरकार सिद्धान्ततः सहमत भएको छ । त्यसरी भारतमा सैनिक पठाइँदा उक्त सम्बन्धमा भारतसँग भएको सम्झौताको शर्तको अधीनमा रही काम गर्ने गरी पठाइनेछ ।
२. नेपाल सरकारले अन्तर्राष्ट्रिय कानून र परम्परा अनुसार विदेशी सैनिकहरुको उपस्थितिलाई अनुचित ठह¥याउने परिस्थिति निर्माण भएमा वा पूर्वानुमान नगरिएको कुनै संकटकालीन स्थितिको सामना गर्न नेपाली सैनिकहरुको खाँचो राष्ट्रलाई परी ती सैनिकहरु फिर्ता गर्नु आवश्यक रहको अनुभव गरी सेना त्यसलाई कुनै अमैत्रीपूर्ण कार्यको रुपमा लिने छैन ।
३. भारतमा पठाइने सैनिकहरुको सेवा सम्बन्धी सर्तहरुबारे काठमाडौँमा भारत र नेपालका प्रतिनिधिहरुबीच १९४८ को जुलाई १३ र १४ तारिखमा छलफलका विषय बनेका थिए र त्यस सम्बन्धमा भएको सहमति यो स्मृतिपत्रको परिशिष्ट एकमा समावेश गरिएको छ ।
४. दुवै सरकारका प्रतिनिधिहरुले दुई राष्ट्रबीच भएका छलफल अत्यन्त हार्दिक र सद्भावपूर्ण वातावरणमा सम्पन्न भएका कुरालाई अभिलेखवद्ध गर्ने इच्छा व्यक्त गरेका छन् र दुई स्वतन्त्र राष्ट्रबीच विद्यमान मैत्रीपूर्ण सम्बन्ध भारतलाई पैँचोको रुपमा प्रदान गरिने नेपाली सैनिकहरुको सम्बन्धमा भएको यो प्रवन्धको परिणामस्वरुप झन सुदृढ हुनेमा दुवै मुलुकका प्रतिनिधिहरु विश्वस्त छन् ।
५. ईश्वी संवत् एक हजार नौ सय अठ्चालिसको जुलाई महिनाको अठार तारिखका दिन काठमाडौँमा यो सम्झौताको दुई प्रतिमा हस्ताक्षर सम्पन्न भयो ।
हस्ताक्षर/सुरजीत सिंह मजिठिया
निमित्त भारत सरकार
हस्ताक्षर/मोहन शमशेर ज.व.रा.
निमित्त नेपाल सरकार
(नेपाल–भारत र चीन सन्धिबाट)
0 comment