वित्त भन्ने वित्तिकै १) खर्चको अनुमान (वजेट) २) वजेट अनुसारको खर्चको लेखा र ३) भएको खर्च नियम अनुसार छ वा छैन भन्ने कुराको परिक्षण लाई जनाउछ । त्यसैलै Financial Management भन्ने वित्तिकै Budgeting, Accounting र Auditing भन्ने ३ कुरामा मात्रै सिमित हुन्छ । 

मुद्रा भन्ने वित्तिकै कुनै निश्चित देशमा चलेको कागजी नोट वा धातुको सिक्कालाई जनाउछ । हरेक स्वतन्त्र देशको आफनो मुद्रा हुन्छ तर जसरी एक देशले अर्को देशको स्वतन्त्रता, सार्वभौमिक र प्रादेशिक अखण्डतालाई मान्यता दिएको हुन्छ तर त्यस देशको मुद्रालाई स्वीकार नगर्न सक्छ । तसर्थ मौद्रिक नीतिको मुख्य उध्देश्य भनेको आफनो देशको मुद्रालाई विदेशमा पनि ग्राह्य गराउनु हो ।  

नेपालकै कुरा गर्ने हो भने नेपाली मुद्रा न भारत न चीन न अन्य, कुनै देशमा पनि चल्दैन । ठीक त्यस्को विपरित चीन, भारत, अमेरिका लगायत धेरै देशका मुद्रा नेपाली वजारमा ग्राह्य छ । डलर, युआन, आइसि र यूरो लगायतका मुद्राले सजिलै नेपाली रुपैया किन्न सक्छ तर नेपाली रुपैयाले विदेशी मुद्रा किन्न सक्तैन । बैकहरुवाट विदेशी मुद्रा किन्नको लागि कि त आयातको लाइसेन्स कि त विदेशी देशको भीसा लागेको प्रमाण प्रस्तुत गर्न सक्नु पर्छ । नेपाल प्रवेश गर्ने कुनै पनि विदेशीले नेपाल छिर्ने वित्तिकै आफनो मुद्रा सटही गरी नेपाली रुपैया किन्न सक्छ सोही कुरा नेपाली रुपैयाले विदेशमा विदेशी मुद्रा किन्न सक्तैन । 

त्यसो भए स्वदेशी मुद्रा विदेशमा कसरी ग्राह्य हुन्छ त ?

स्वदेशी मुद्रा विदेशमा ग्राह्य हुनको लागि स्वदेशी केन्द्रिय बैकमा विदेशी मुद्राको राम्रो संचिति हुनु पर्दछ । अनि मात्रै स्वदेशी मुद्राले विदेशमा पनि मान्यता पाउछ । विदेशको कुनै पनि बैकमा पुगेको नेपाली रुपैया नेपालमा फिर्ता पठाउदा जव नेपालले आफनै मुद्रा फिर्ता लिइ सो वरावरको विदेशी मुद्रा भुक्तानी गर्ने क्षमता राख्छ भने मात्रै नेपाली मुद्राको विदेशमा मान्यता र सटही कारोवार हुन सक्तछ । 

स्वदेशमा विदेशी मुद्राको संचिती कसरी वढाउन सकिन्छ त ?

स्वदेशमा विदेशी मुद्राको संचिती ५ तरिका वाट बृध्दि गर्न सकिन्छ १) स्वदेशी वस्तु विदेशमा निर्यात गरेर २) स्वदेशमै उत्पादन वृध्दि गरी आयात क्रमस वन्द गर्दै लगेर ३) स्वदेशमा पर्यटनको विकाश गरेर ४) सहयोग अनुदान, प्रत्यक्ष विदेशी लगानी वा ऋण वापत विदेशी मुद्रा देशमा भित्राएर र ५) विदेशमा काम गर्न गएकाहरुले कमाएको विदेशी मुद्रा हुण्डी वा अन्य तरिकाबाट स्वदेशमा पठाएर ।  

त्यसकारण विदेशी मुद्राको संचिती वढाउन

१) निर्यात प्रवध्र्दन गर्नु पर्यो

२) आयात प्रतिष्थापन गर्नु पर्यो

३) पर्यटनको आम विकाश गर्नु परयो

४) देशमा विदेशी लगानी प्रवध्र्दन गर्नको लागि सुरक्षित र विदेशी लगानीकत्र्तालेपनि विश्वाश गर्ने लगानी नीति ल्याउनु पर्यो

५) वैदेशिक रोजगारलाई सुरक्षित र सम्मानजनक वनाउनु पर्यो ।

माथि भनिएका ५ कुरा मध्य नेपालको वैदेशिक मुद्राको कमाइमा हुण्डी मात्र प्रमुख श्रोत भएको र अन्य ४ श्रोतहरु प्राय धेरै कमजोर अवस्थामा रहेको छ । हुण्डीबाट हुने कमाइ पनि सुरक्षित र सम्मान जनक छैन ।

नेपाल भन्ने देश आर्थिकरुपमा कायम हुनुको पछाडि यस देशसंग ११ वा १२ महिनाको आयात धान्ने विदेशी मुद्राको संचिति भएर मात्रै हो । आयात गरी भन्सार राजश्वबाट प्राप्त रकमले यस देश चलिरहेको परिप्रेक्ष्यमा उक्त राजश्वबाट प्राप्त रकम अहिले आएर देशको साधारण खर्च धान्न पनि नसक्ने अवस्थामा पुगेको छ । विकाश खर्च स्वदेशी र विदेशी ऋणमा निर्भर हुन पुगेको छ ।

विदेशी ऋणको ब्याज बुझाउनमै देशले कमाएको विदेशी  मुद्राको ठूलो अंश खर्च भइरहेको छ । यसो हुनुको मुख्य कारण देश मौद्रिक नीतिमा पुरै असफल छ भन्दा हुन्छ । 

वित्तिय नीति मार्फत मौद्रिक स्थिति सुधार गर्न सम्भव छ त ?

अवश्यै छ । त्यसको लागि निम्न कार्य गर्नु जरुरी हुन्छ । १) बैकहरुलाई उत्पादनवृध्दि र उत्पादित वस्तुको वजारीकरणमा लगानी गर्न वाध्य पार्नु पर्छ र त्यस्तो लगानीको सुरक्षाको जिम्मा सरकारले लिनु पर्दछ । अहिले बैकमा जम्मा भएको खरवौ रुपैया लगानी कर्जाको रुपमा प्रवाह हुन नसक्नुको पछाडी सरकारको कमजोर वित्तिय नीति हो । २) उत्पादन वृध्दि भइ स्वदेशी वस्तुको निर्यात प्रवध्र्दन गर्न सरकारले आर्थिक कुटनीतिलाई सवल वनाउनु पर्छ । देशको लागि विदेशी मुद्रा कमाइदिने स्वदेशी र विदेशी ब्यवशायीहरुलाई आमरुपमा वित्तिय र गैर वित्तिय सुविधाहरु प्रदान गर्नु पर्दछ । ३) सरकारी खर्च भ्यू टावर जस्तो अनुत्पादनशील क्षेत्रमा खर्च गर्न दिनुनै हुदैन । ४) यूवाहरुलाई विदेशी शिक्षण संस्था पढन जान दिने होइन स्वदेशमानै विदेशी विद्यार्थीहरु समते पढन आउन आकर्षित होउन भन्ने किसिमले गुणस्तरीय उच्च शिक्षाको हवको रुपमा देशको शिक्षा प्रणालीको विकाश गर्न वित्तिय लगानी गर्नु पर्छ । ५) वचाएर (व) चलाउने (च) तरिका (त) याने  वचत (Theory of Frugality) लाई मध्य नजरमा राखेर अनावश्यक संवैधानिक र  सरकारी संगठनहरु खारेज गर्दै साधारण खर्चमा ब्यापक कटौति गरी विकाश खर्च वढाउने किसिमले सार्वजनिक प्रशासनको उत्पादकत्व वढाउन पर्दछ । वित्तिय नीति राम्रो भएमा उत्पादनको क्षेत्रमा लगानी वढछ र आन्तरिक उत्पादनमा वृध्दि हुन्छ भने मौद्रिक नीति राम्रो भएमा स्वदेशी वस्तुको निर्यात प्रवध्र्दन र आयात प्रतिष्थापन हुन जादा विदेशी मुद्राको संचीति वलियो भइ नेपाली मुद्राले विश्वब्यापी मान्यता पाउदछ । यसर्थ वित्तिय नीति र मौद्रिक नीति फरक फरक कुरा भएता पनि एक अर्काका परिपुरक हुन्छन ।